३० लाखमै आयो नयाँ नामी बक्स ई२, यस्तो छ रेन्ज र फिचर
काठमाडौं–डोङफेङ नामीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि...
काठमाडौं– सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले नाडा अटो शोमा प्रि–बुकिङ गरेका ग्राहकहरूलाई दशैं अघि नै नयाँ गाडी डेलिभर गर्न सुरु गरेको छ । सांग्रिलाको यो कदमले आफ्ना ग्राहकहरुलाई सर्वोत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धतालाई झल्काएको छ ।
भर्खरै सम्पन्न भएको नाडा अटो शोमा धेरै ग्राहकहरूले सिट्रोनको नयाँ विद्युुतिय गाडी सिट्रोन ई–सि३ र पेट्रोल गाडी सिट्रोन सि३ बुकिङ गरेका थिए । सिट्रोन ई–सि३ भारतमा बनेको कम्प्याक्ट एसयुभी सेग्मेन्टमा सबैभन्दा आकर्षक मुल्यमा उपलब्ध ईभि हो । आफ्ना ग्राहकहरुको उत्साहजनक प्रतिक्रियाको लागि कृतज्ञता व्यक्त गर्न सिट्रोनले दशैं अगावै गाडीहरुको डेलिभरी प्रक्रिया सुरु गरेको हो ।
नाडा अटो शोमा ग्राहकहरुले देखाएको माया र साथप्रति आधार प्रकट गर्दै कम्पनीका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले भने, ‘जतिपनि गाडीहरु नाडा अटो शोमा बूक भएका थिए तिनीहरु सबै दशैँ अगाडि नै वहाँहरुको हातमा पु¥याइसक्ने उद्देश्यले हामीले यी गाडीहरुको डेलिभरी पनि सुरु गरिसकेका छौँ । आशा छ हाम्रा ग्राहकहरुले यो वर्षको दशैँ तिहार सिट्रोनको नयाँ गाडीसँग रमाइलो तरिकाले मनाउनु हुनेछ ।’
सांग्रिला मोटर्सले पोखरा र चितवन लगायत थापाथली, बिर्तामोड, इटहरी, विराटनगर, बुटवल, नेपालगंज, दाङ्ग र धनगढीमा पनि आफ्ना नयाँ शोरुमहरु विस्तार गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...