सिट्रोनले ल्यायो न्यु इयर बोनान्जा : सी३ मा २ लाख र ई–सी३ मा १ लाख सम्मको लाभ

काठमाडौं – नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा ‘न्यु इयर बोनान्जा’ अफर ल्याएको छ ।

सो अफर अन्तर्गत ग्राहकहरूले सिट्रोनका दुई लोकप्रिय मोडलहरू–सिट्रोन सी३ (पेट्रोल भर्सन) र सिट्रोन ई–सी३ (विद्युनीय भर्सन) मा नगद छुट लगायत अन्य फाइदाहरु प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार ग्राहकहरुले सिट्रोनको १.२ लिटर इन्जिन क्षमताको पेट्रोल भर्सन सिट्रोन सी३ मा दुई लाख रुपैयाँ र विद्युतीय भर्सन सिट्रोन ई–सी३ मा एक लाख रुपैयाँसम्मको लाभ पाउन सक्नेछन् ।

नयाँ वर्षको विशेष उपहारको रूपमा ग्राहकले प्रत्येक खरिदमा निःशुल्क सडक कर, एक वर्षको लागि निःशुल्क बिमा र निःशुल्क कार वास पाउन सक्नेछन् । यसबाहेक ग्राहकहरूले क्यास बेनिफिट र एक्सचेन्ज बोनस पनि प्राप्त गर्नेछन् जसले आफ्ना ग्राहकहरुको नयाँ वर्षमा नयाँ उमंग थप्ने विश्वास कम्पनीले लिएको छ ।

यस न्यु इयर बोनान्जा सिट्रोनका नेपालभर रहेका सम्पूर्ण आधिकारिक डिलरहरु मार्फत उपलब्ध हुनेछ ।

भारतमा बनेको फ्रेन्च डिएनए कार ब्रान्डको रुपमा विश्व प्रसिद्ध सिट्रोन इनोभेसन र स्टाइलको लागि नेपाली अटोमोबाइल उद्योगमा छुट्टै नाम बनाउन सफल भएको कम्पनीको दावी छ ।

सम्बन्धित समाचारहरू

लोभलाग्दा फिचर सहितको सिट्रोन ई–सी३ : १०० भन्दा बढी बुकिङ, १ लाखमा बुकिङ गर्न सकिने

लोभलाग्दा फिचर सहितको सिट्रोन ई–सी३ : १०० भन्दा बढी बुकिङ, १ लाखमा बुकिङ गर्न सकिने

काठमाडौं – फ्रेन्च डिएनएको सिट्रोन ई–सी३ (ईसीथ्री) को बुकिङ हाल चलिरहेको छ...

सिट्रोनको इलेक्ट्रिक कार ई–सी३ दुई भेरिएन्टमा नेपालमा उपलब्ध हुने

सिट्रोनको इलेक्ट्रिक कार ई–सी३ दुई भेरिएन्टमा नेपालमा उपलब्ध हुने

काठमाडौं – सिट्रोनको इलेक्ट्रिक कार ई–सी३ नेपाली बजारमा दुई भेरिएन्टमा...

यी हुन् सिट्रोन सी ३ का प्रतिस्पर्धी, यस्ता छन् फिचर

यी हुन् सिट्रोन सी ३ का प्रतिस्पर्धी, यस्ता छन् फिचर

नेपालमा पछिल्लो एक वर्षमा विद्युतीय सवारीको बजारले प्राथमिकता पाउन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...