सिट्रोनले ल्यायो न्यु इयर बोनान्जा : सी३ मा २ लाख र ई–सी३ मा १ लाख सम्मको लाभ

काठमाडौं – नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा ‘न्यु इयर बोनान्जा’ अफर ल्याएको छ ।

सो अफर अन्तर्गत ग्राहकहरूले सिट्रोनका दुई लोकप्रिय मोडलहरू–सिट्रोन सी३ (पेट्रोल भर्सन) र सिट्रोन ई–सी३ (विद्युनीय भर्सन) मा नगद छुट लगायत अन्य फाइदाहरु प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार ग्राहकहरुले सिट्रोनको १.२ लिटर इन्जिन क्षमताको पेट्रोल भर्सन सिट्रोन सी३ मा दुई लाख रुपैयाँ र विद्युतीय भर्सन सिट्रोन ई–सी३ मा एक लाख रुपैयाँसम्मको लाभ पाउन सक्नेछन् ।

नयाँ वर्षको विशेष उपहारको रूपमा ग्राहकले प्रत्येक खरिदमा निःशुल्क सडक कर, एक वर्षको लागि निःशुल्क बिमा र निःशुल्क कार वास पाउन सक्नेछन् । यसबाहेक ग्राहकहरूले क्यास बेनिफिट र एक्सचेन्ज बोनस पनि प्राप्त गर्नेछन् जसले आफ्ना ग्राहकहरुको नयाँ वर्षमा नयाँ उमंग थप्ने विश्वास कम्पनीले लिएको छ ।

यस न्यु इयर बोनान्जा सिट्रोनका नेपालभर रहेका सम्पूर्ण आधिकारिक डिलरहरु मार्फत उपलब्ध हुनेछ ।

भारतमा बनेको फ्रेन्च डिएनए कार ब्रान्डको रुपमा विश्व प्रसिद्ध सिट्रोन इनोभेसन र स्टाइलको लागि नेपाली अटोमोबाइल उद्योगमा छुट्टै नाम बनाउन सफल भएको कम्पनीको दावी छ ।

सम्बन्धित समाचारहरू

इभी वजारमा नयाँ खेलाडीको उदय, सिट्रोन ई–सी३ को कस्तो रहला बजार

इभी वजारमा नयाँ खेलाडीको उदय, सिट्रोन ई–सी३ को कस्तो रहला बजार

नेपाली इभी बजारमा अर्को नयाँ इलेक्ट्रिक कार सिट्रोन ई–सी३ को उदय भएको छ ।...

सिट्रोन सी३ पेट्रोल गाडीको मूल्यमा एकै पटक ६ लाख ५० हजार कमी, अब नयाँ मूल्य २९ लाख ९९ हजार

सिट्रोन सी३ पेट्रोल गाडीको मूल्यमा एकै पटक ६ लाख ५० हजार कमी, अब नयाँ मूल्य २९ लाख ९९ हजार

काठमाडौं – सिट्रोन गाडीहरूको नेपालका लागि आधिकारिक वितरक साङ्ग्रिला...

सिट्रोनले बसाल्ट एसयूभी लन्च गर्ने, नयाँ टिजर सार्वजनिक

सिट्रोनले बसाल्ट एसयूभी लन्च गर्ने, नयाँ टिजर सार्वजनिक

सिट्रोनले आफ्नो ५औं कार बसाल्ट कुपे एसयूभी भारतमा लन्च गर्ने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...