सिट्रोनको इलेक्ट्रिक कार ई–सी३ दुई भेरिएन्टमा नेपालमा उपलब्ध हुने
काठमाडौं – सिट्रोनको इलेक्ट्रिक कार ई–सी३ नेपाली बजारमा दुई भेरिएन्टमा...
फ्रेन्च अटो निर्माता सिट्रोनले भोली नयाँ एसयूभी कुपेको ग्लोबल डेब्यू गर्ने भएको छ । भारतीय बजारलाई लक्षित गरी आउन लागेको सो नयाँ एसयूभीलाई कम्पनीले ‘बासल्ट भिजन’का रुपमा यसको प्रि प्रोडक्सन कन्सेप्ट देखाउन लागेको हो । नयाँ एसयूभी यसै बर्षको मध्यतिर लन्च हुनसक्ने अनुमान गरिएको छ ।
कम्पनीले यसको एक टिजर समेत सार्बजनिक गरेको छ । उक्त टिजरमा स्लोपिङ रुफलाइन र स्क्वायर एलइडी टेल ल्याम्प देख्न सकिन्छ । यसअघि सार्बजनिक भएको स्पाई तस्विरमा कारको ड्यासबोर्ड सि३ र सी३ एयरक्रसको जस्तै देखिएको थियो ।

सो नयाँ एसयूभीमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, पुस बटन स्टार्ट, ६ वटा एयरब्याग, १०.२ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एप्पल कार प्ले एबं एन्ड्रोइड अटो, पूर्णत डिजिटल ड्राइभर डिस्प्ले, स्टेरिङ माउन्टेड अडियो कन्ट्रोल र किलेस इन्ट्रि लगायत फिचर उपलब्ध हुने अनुमान गरिएको छ ।
एसयुभीमा ११० पीएस पावर भएको १.२ लिटर टर्बो पेट्रोल इन्जिन जडान हुनसक्ने आँकलन गरिएको छ । ६ स्पिड म्यानुअल र ६ स्पिडकै टर्क कन्भर्टर अटोमेटिक ट्रान्समिसन उपलब्ध हुने कारको मूल्य ८ लाख भारु हाराहारी तय हुने अनुमान छ । सो नयाँ एसयूभीले टाटा कर्भसंग प्रतिस्पर्धा गर्ने देखिन्छ ।
काठमाडौं – सिट्रोनको इलेक्ट्रिक कार ई–सी३ नेपाली बजारमा दुई भेरिएन्टमा...
सरकारले विद्युतीय गाडीमा लाग्ने कर घटाएसंगै नेपालमा विद्युतीय गाडी...
फ्रेन्च अटो निर्माता सिट्रोनले आफ्नो वहुप्रतिक्षित मिड साइज एसयूभी सी३...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...