परीक्षणको क्रममा देखियो सिट्रोन ईसी३ को साइन भेरिएन्ट, अर्को साता नेपालमा लन्च हुँदै

काठमाडौं – सिट्रोनको इलेक्ट्रिक कार ईसी३ साइन परीक्षणको क्रममा नेपाली सडकमा देखिएको छ । नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले सो गाडी परीक्षण गरेको अनुमान गरिएको छ ।

नेपाली बजारमा पहिले देखि नै सिट्रोन ईसी३ इलेक्ट्रिक कार उपलब्ध छ । पहिले फिल र लाइभ भेरिएन्ट उपलब्ध भएकोमा भारतीय बजारमा टप स्पेक भेरिएन्ट साइन समेत लन्च गरिएको थियो । तर सो साइन भेरिएन्ट नेपाली बजारमा उपलब्ध थिएन ।

सो नयाँ भेरिएन्टमा इलेक्ट्रोनिकल्लि एड्जस्टेवल ओआरभीएमएस, रियर पार्किङ क्यामेरा, १५ इन्चको डायमन्ड कट अलोय ह्विल, फ्रन्ट र रियरमा स्किड प्लेट, रियर वाइपर एबं वासर, रियर डिफगर र लेदरले वेरिएको स्टेयरिङ ह्विल थप गरिएका छन् । बाँकी फिचर र मेकानिकल पक्षमा भने कुनै परिवर्तन गरिएको छैन ।

नेपाली बजारमा समेत उपलब्ध ईसी–३ मा २९.२ किलोवाट आवरको ब्याट्री र ४२ किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ । ३.३ किलोवाट अनबोर्ड एसी चार्जर दिइएको यो ईभीलाई एकपटक फुल चार्ज गरेपछि ३२० किलोमिटरसम्म यात्रा गर्न सकिने एआरएआईले दावी गरेको छ ।

साथै यसको पावर ५६ बीएचपी र टर्क १४३ एनएम रहेको छ । १०७ किलोमिटर टप स्पिड भएको यसलाई डिसी फास्ट चार्जरको साहयतामा ५७ मिनेटभित्रै १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

सांग्रिला मोटर्सले बिक्री गर्दै आएको यो इलेक्ट्रिक कारको मूल्य नेपाली बजारमा ३२ लाख ९९ हजार र ३४ लाख ९९ हजार निर्धारण गरिएको छ ।

कम्पनी स्रोतका अनुसार सायद अर्को सातातिर नयाँ साइन भेरिएन्टको समेत औपचारिक रुपमा बिक्री–वितरण शुरु हुनेछ । यसको मूल्य ४० लाख रुपैयाँ भन्दा कम हुने अनुमान गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...