परीक्षणको क्रममा देखियो सिट्रोन ईसी३ को साइन भेरिएन्ट, अर्को साता नेपालमा लन्च हुँदै

काठमाडौं – सिट्रोनको इलेक्ट्रिक कार ईसी३ साइन परीक्षणको क्रममा नेपाली सडकमा देखिएको छ । नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले सो गाडी परीक्षण गरेको अनुमान गरिएको छ ।

नेपाली बजारमा पहिले देखि नै सिट्रोन ईसी३ इलेक्ट्रिक कार उपलब्ध छ । पहिले फिल र लाइभ भेरिएन्ट उपलब्ध भएकोमा भारतीय बजारमा टप स्पेक भेरिएन्ट साइन समेत लन्च गरिएको थियो । तर सो साइन भेरिएन्ट नेपाली बजारमा उपलब्ध थिएन ।

सो नयाँ भेरिएन्टमा इलेक्ट्रोनिकल्लि एड्जस्टेवल ओआरभीएमएस, रियर पार्किङ क्यामेरा, १५ इन्चको डायमन्ड कट अलोय ह्विल, फ्रन्ट र रियरमा स्किड प्लेट, रियर वाइपर एबं वासर, रियर डिफगर र लेदरले वेरिएको स्टेयरिङ ह्विल थप गरिएका छन् । बाँकी फिचर र मेकानिकल पक्षमा भने कुनै परिवर्तन गरिएको छैन ।

नेपाली बजारमा समेत उपलब्ध ईसी–३ मा २९.२ किलोवाट आवरको ब्याट्री र ४२ किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ । ३.३ किलोवाट अनबोर्ड एसी चार्जर दिइएको यो ईभीलाई एकपटक फुल चार्ज गरेपछि ३२० किलोमिटरसम्म यात्रा गर्न सकिने एआरएआईले दावी गरेको छ ।

साथै यसको पावर ५६ बीएचपी र टर्क १४३ एनएम रहेको छ । १०७ किलोमिटर टप स्पिड भएको यसलाई डिसी फास्ट चार्जरको साहयतामा ५७ मिनेटभित्रै १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

सांग्रिला मोटर्सले बिक्री गर्दै आएको यो इलेक्ट्रिक कारको मूल्य नेपाली बजारमा ३२ लाख ९९ हजार र ३४ लाख ९९ हजार निर्धारण गरिएको छ ।

कम्पनी स्रोतका अनुसार सायद अर्को सातातिर नयाँ साइन भेरिएन्टको समेत औपचारिक रुपमा बिक्री–वितरण शुरु हुनेछ । यसको मूल्य ४० लाख रुपैयाँ भन्दा कम हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

नेपालकै पहिलो प्रिमियम ७ सिटर एमपीभी बीवाईडी एम६ को बुकिङ खुला भएको घोषणा

नेपालकै पहिलो प्रिमियम ७ सिटर एमपीभी बीवाईडी एम६ को बुकिङ खुला भएको घोषणा

बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले बहुप्रतीक्षित...

एथर ४५० एक्स अर्को महिना नेपाल आउने, बिक्रेतामा बैद्य  इनर्जी नियूक्त

एथर ४५० एक्स अर्को महिना नेपाल आउने, बिक्रेतामा बैद्य  इनर्जी नियूक्त

काठमाडौं– भारतको प्रख्यात इलेक्ट्रिक टु–ह्विलर ब्रान्ड एथर नेपाल आउने...

चल्दै छ चेम्बर एक्सपो, सवारी साधन देखि अन्यको आकर्षण

चल्दै छ चेम्बर एक्सपो, सवारी साधन देखि अन्यको आकर्षण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौँ चरणको ‘चेम्बर एक्स्पो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...