सेफ्टि टेष्टमा कमजोर देखियो सिट्रोन ईसी–३, पायो जिरो स्टार रेटिङ

सिट्रोनले भारतमा उत्पादन गरेको इलेक्ट्रिक कार ईसी–३ सेफ्टि टेष्टमा निकै कमजोर देखिएको छ । ग्लोबल एनक्यापले गरेको क्र्यास टेष्टमा सो ईभीले जिरो स्टार रेटिङ पाएको हो । यद्यपी यसले बाल सुरक्षाको लागि भने १ स्टार रेटिङ पाएको छ ।

कारले वयस्क यात्रु सुरक्षाका लागि २०.८६ अंक र बालबालिकाको सुरक्षाका लागि १०.५५ अंक प्राप्त गरेको छ । अगाडिको प्रभाव परीक्षणमा कारले चालक र यात्रुको टाउको र घाँटीमा राम्रो सुरक्षा प्रदान गरेको जनाएको छ । साइड इम्पेक्ट टेस्टमा कारले टाउकोमा मार्जिनल सुरक्षा र छातीमा पर्याप्त सुरक्षा प्रदान गरेको उल्लेख छ । साइड पोल प्रभावको भने परीक्षण गरिएको थिएन।

पछिल्लो क्र्यास टेष्टको नतिजाको प्रतिक्रियामा स्टेलान्टिसले एक विज्ञप्ति जारी गर्दै आफ्ना सवारी साधनहरूले हालको स्थानीय बजार नियमहरूको पालना गर्ने र १ बर्षभित्र ६ वटा एयरब्यागहरू र अतिरिक्त सुरक्षा सुविधाहरूको साथमा सुरक्षाको लागि आफ्नो प्रतिबद्धता पुरा गर्ने बताएको छ ।

ईसी–३ नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको इलेक्«िट्रक क्रसओभर हो । कारमा २९.२ किलोवाट आवरको ब्याट्री प्याक र ४१ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । दुई भेरिएन्टमा उपलब्ध यसको मूल्य ३३ र ३५ लाख तोकिएको छ । यो कारले सिंगल चार्जमा ३२० किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।

सम्बन्धित समाचारहरू

हाइब्रिड र इलेक्ट्रिक पावरट्रेनसहित न्यु जेनेरेसन सिट्राेन सी५ एयरक्रस

हाइब्रिड र इलेक्ट्रिक पावरट्रेनसहित न्यु जेनेरेसन सिट्राेन सी५ एयरक्रस

सिट्रोनले आफ्नो लोकप्रिय एसयूभी मोडल सी५ एयरक्रसको नयाँ जेनेरेसन...

सिट्रोनले ल्याउँदै ई–सी३ एक्स, पहिलो टिजर सार्वजनिक

सिट्रोनले ल्याउँदै ई–सी३ एक्स, पहिलो टिजर सार्वजनिक

सिट्रोनले आफ्नो लोकप्रिय इलेक्ट्रिक ह्याचब्याक ई–सी३ को अपडेट भर्सन...

सिट्रोन सी३ एयरक्रसको ईभी भर्सन सार्बजनिक, ७ सिटर एसयूभीको रेन्ज ३०० किलोमिटर

सिट्रोन सी३ एयरक्रसको ईभी भर्सन सार्बजनिक, ७ सिटर एसयूभीको रेन्ज ३०० किलोमिटर

सिट्रोनले युरोपेली बजारमा सी३ एयरक्रसको ईभी भर्सन सार्बजनिक गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...