स्टेलान्टिसले घाटामा रहेका ब्रान्डलाई बन्द गर्ने, नेपालमा तीनवटा ब्रान्ड उपलब्ध
स्टेलान्टिस ग्रुपले घाटामा रहेका ब्रान्डलाई बन्द गर्ने घोषणा गरेको छ ।...
सिट्रोनले भारतमा उत्पादित इलेक्ट्रिक कार ईसी–३ लाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न थालेको छ । मेड–इन–इन्डिया ईसी–३ को पहिलो ब्याच हालै इन्डोनेसियामा पठाइएको हो । यससंगै भारतमा उत्पादन गरेर विश्व बजारमा ईभी निर्यात गर्ने पहिलो मल्टिनेश्नल ब्राण्डका रुपमा सिट्रोनले आफ्नो पहिचान कायम गरेको छ । नेपालमा भने उक्त कार भारतमा लन्च भएको केही समयपछि आएको थियो ।
ईसी–३ मा २९.२ किलोवाट आवर क्षमताको ब्याट्री प्याक दिइएको छ । जसले सिंगल चार्जमा ३२० किलोमिटर रेन्ज प्रदान गर्ने दावी गरिएको छ । कारम दिइएको फ्रन्ट माउन्टेड इलेक्ट्रिक मोटरले ५६ बिएचपी पावर र १४३ एनएम टर्क जेनेरट गर्छ । कारको टप स्पिड १०७ किलोमिटर प्रतिघण्टा छ ।
स्टेलान्टिस इन्डियाका सीईओ एबं एमडी आदित्य जयराजले भारत एक रणनीतिक बजार मात्र नभई स्टेलान्टिस समूह भित्र सवारी साधन, कम्पोनेन्ट र मोबिलिटी टेक्नोलोजीका लागि प्रमुख सोर्सिङ हब पनि रहेको बताए ।
इलेक्ट्रिक कार ईसी–३ बाहेक भारतमा उत्पादित पेट्रोलियम कारलाई सिट्रोनले आसियान र अफ्रिकी बजारहरूमा निर्यात गर्दै आएको छ ।
स्टेलान्टिस ग्रुपले घाटामा रहेका ब्रान्डलाई बन्द गर्ने घोषणा गरेको छ ।...
काठमाडौं – नेपाली बजारमा भारतमा उत्पादन भएको फ्रेन्च कार ‘सिट्रोन सी३’...
काठमाडौं– सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...