स्कोडाको स्पोर्टी र टियर भेरियन्ट एपिक स्पोर्टलाइन विश्व बजारमा सार्वजनिक
स्कोडाले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी एपिकको स्पोर्टी र टियर भेरियन्ट...
काठमाडौं – सिट्रोनको भारतमा हालै सार्वजनिक भएको एसयूभी सिट्रो«न सी३ सन् २०२२ को पहिलो चौमासिकमा नेपाल भित्रिने भएको छ । नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले हालै पहिलो एसयूभीको रुपमा सी५ एयरक्रस भित्र्याएको छ । सो गाडीको वारेमा जानकारी दिदै सांग्रिला मोटर्सले सी३ समेत आउने जानकारी दिएको हो ।
यो एसयुभीको फ्रन्ट ग्रिल यसअघिको सी५ मा जस्तै फराकिलो देखिन्छ । जहाँ डबल लेयर हेडल्याम्प क्लस्टलाई आकर्षक तवरबाट समायोजन गरिएको छ । तस्बिरमा देखाइएका अनुसार यसको एक्सटेरियर डुअल टोन कलरमा आधारित छ ।
त्यसैगरी स्पोर्टी देखिने एलोई ह्विल, सी सेप एलइडी टेल ल्याम्प, टु टोन बम्पर, फ्रन्ट एन्ड रियर स्किड प्लेट र टेलगेटमा बिचमा दिइएको ठूलो आकारको सिट्रोन लोगोले यसलाई आकर्षक र स्पोर्टी बनाएको छ । यो एसयुभीमा १.२ लिटर क्षमताको टर्बो चार्जड् पेट्रोल इन्जिन जडान गरिएको छ । ५ स्पिड म्यानुअल ट्रान्समिसनको साथै डुअल क्लच अटो अप्सनमा समेत यो एसयुभी उपलब्ध हुने बताइएको छ । मूल्य नखुलाइएपनि यसलाई प्रतिस्पधी ब्रान्डको यहि सेग्मेन्टका अन्य एसयुभीकै हाराहारीमा उतारिने जनाइएको छ ।
यसको सिधा टक्कर हाल बजारमा उपलब्ध हुन्डाई भेन्यू, किया सोनेट, सुजुकी ब्रेजा, टाटा नेक्सन, होन्डा डब्लुआरभी, निशान म्याग्नाइट र रेनो काइगर लगायतसंग हुनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...