सिट्रोनले ल्याउँदै ई–सी३ एक्स, पहिलो टिजर सार्वजनिक
सिट्रोनले आफ्नो लोकप्रिय इलेक्ट्रिक ह्याचब्याक ई–सी३ को अपडेट भर्सन...
सिट्रोनले भारतीय बजार आफ्नो लोकप्रिय ह्याचब्याक सी३ को स्पोर्ट्स एडिसन लन्च गरेको छ। यस नयाँ संस्करणमा विशेषत: भिजुअल वा कस्मेटिक परिवर्तन गरिएको छ, जसले यसलाई पहिलेभन्दा झन् आकर्षक र स्पोर्टी बनाएको छ।
स्पोर्ट्स एडिसनमा कारको बाहिरी तथा भित्री भागमा स्पोर्टी टच दिइएको छ। यसमा स्पोर्टी डेकल्स, कस्टम स्पोर्ट थीम सिट कभर, स्पोर्टी पेडल किट, मिल्दो कार्पेट म्याट, सिट बेल्ट कुशन र एम्बियन्ट लाइट जस्ता सुविधा समावेश गरिएको छ । साथै, ग्राहकले ड्यास क्याम र वायरलेस चार्जर जस्ता अतिरिक्त फिचर पनि वैकल्पिक रूपमा थप गर्न सक्नेछन् ।
यद्यपि सो संस्करण भिजुअल रूपमा नयाँ देखिए पनि, यसको इन्जिन यथावत् राखिएको छ। सिट्रोन सी३ स्पोर्ट्स एडिसनमा १.२ लिटरको टर्बो पेट्रोल इन्जिन प्रयोग गरिएको छ, जसले १०८.६ बीएचपी पावर र २०५ एनएम टर्क उत्पादन गर्छ। यससँगै ६ स्पिड अटोमेटिक ट्रान्समिसन पनि दिइएको छ ।
सो स्पोर्ट्स एडिसनको मूल्य नियमित भेरिएन्टभन्दा २१ हजार भारु बढी राखिएको छ। ड्यास क्याम र वायरलेस चार्जर जस्ता सुविधाका लागि ग्राहकले थप १५ हजार भारुसम्म तिर्नुपर्ने हुन्छ। हाल सिट्रोन सी३ को मूल्य ६ लाख २३ हजारबाट सुरु हुन्छ भने यसको टप भेरिएन्टको मूल्य १० लाख १९ हजार भारुसम्म पुग्छ।
सिट्रोन सी३ ले बजारमा मारुती स्विफ्ट, वागन आर जस्ता ह्याचब्याकहरू र टाटा पन्च, निसान म्याग्नाइट, रेनो काइगर जस्ता सब-कम्प्याक्ट एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...