जुलाईमा लन्च हुँदै सिट्रोन सी३, यस्ता विशेषता भएको कम्प्याक्ट एसयूभी नेपाल आउन सक्ने

सिट्रोनले जुलाईमा भारतीय बजारमा सी३ कम्प्याक्ट एसयूभी लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले सिट्रोन सी३को नयाँ टिजर जारी गरेको छ, जसमा यसको इन्टेरियर, एक्सटेरियर र केही फिचर देखाइएको छ ।

कम्पनीले हाल सो एसयूभीको परीक्षण गरिरहेको छ । भारतमा लन्च गर्दा सिट्रोन सी३ले सब फोर मिटर साना कारहरू हुन्डाई भेन्यु, किया सोनेट, निसान म्याग्नाइट, रेनो काइगर, मारुती सुजुकी भिटारा ब्रेजा, टाटा नेक्सन, महिन्द्रा एक्सयूभी३०० र टाटा पन्चसँग प्रतिस्पर्धा गर्नेछ ।

सिट्रोन सी३ एसयूभी कम्पनीको कमन मोड्युलर प्लेटफर्म (सीएमपी) मा निर्माण गरिने छ । सो एसयूभी ६ देखि १० लाख भारुमा लन्च गर्ने सम्भावना छ । सिट्रोन सी३ तमिलनाडु प्लान्टमा उत्पादन हुनेछ ।

सिट्रोन सी३ ७८ विभिन्न एसेसरिज र कैयौ कस्टमाइजेशन विकल्पको साथ आउने अपेक्षा गरिएको छ । सिट्रोन सी३ ठूलो १० इन्च टचस्क्रिन सिस्टमको साथ आउनेछ जसले एप्पल कारप्ले, एन्ड्रोइड अटो, नेभिगेसन र धेरै कनेक्टिभिटी फिचर प्रदान गर्ने सम्भावना छ ।

सो एसयूभी पेट्रोल र इथानोल दुबैमा चल्ने भारतको पहिलो एलेक्स इन्जिन कार हुन सक्छ । यद्यपि कम्पनीले यसबारे आधिकारिक जानकारी दिएको छैन । यसको पेट्रोल भर्सनमा १.६ लिटर नेचुरल्ली एस्पिरेटेड इन्जिन दिइएको छ भने फ्लेक्स फ्युल भर्सन १.२ लिटर टर्बोचार्ज इन्जिनमा आउन सक्छ । यो इन्जिन ५ स्पिड म्यानुअल र ५ स्पिड अटोमेटिक गियरबक्समा उपलब्ध हुनेछ ।

सिट्रोन ब्रान्ड नेपाली बजारमा समेत बिक्री भइरहेको छ । यसका आधारमा भविष्यमा यो कार नेपाली बजारमा पनि उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...