स्टार क्रिकेटर धोनीको नाममा आयो सिट्रोन सी३ एयरक्रस, १०० यूनिटमात्रै उत्पादन हुने

सिट्रोन इन्डियाले भारतीय बजारमा सी३ एयरक्रसको धोनी संस्करण लन्च गरेको छ । सो मिड साइज एसयूभी भारतीय स्टार क्रिकेटर महेन्द्र सिंह धोनीको जर्सीमा आधारित छ। यसको नाम सी३ एयरक्रस ७-धोनी एडिशन हो र यो ५+२ सिट कन्फिगरेसनमा मात्र उपलब्ध हुनेछ।

सिट्रोएन सी३ एयरक्रस को धोनी संस्करण १०० युनिट मात्र उत्पादन हुनेछ। कम्पनीले कारसँगै धोनीको अटोग्राफ गरिएको विकेट-किपिङ ग्लोभ्स पनि उपलब्ध गराएको छ । साथै एउटा कारमा विशेष उपहार पनि राखिएको छ ।

कम्पनीले यसको मूल्य ११ लाख ८२ हजार भारु राखेको छ । सिट्रोन सी३ एयरक्रसले हुन्डाई क्रेटा, किया सेल्टोस, मारुती ग्रान्ड भिटारा, टोयोटा हाइराइडर, फक्सवागन टाइगुन, स्कोडा कुशाक र एमजी एस्टोरसँग प्रतिस्पर्धा गर्नेछ ।

स्पेशल एडिसनको इन्टेरियरको ड्राइभर सिटमा ७ नम्बर ब्याजिङ र अगाडिको यात्रु सिटमा धोनीको सिग्नेचर राखिएको छ । यस बाहेक धोनीको जर्सी नम्बर र हस्ताक्षर सहित कुशन, इल्लुमिनेटेड सिल प्लेट र सीट बेल्ट कभर अपडेट गरिएको छ ।

कम्पनीले सिट्रोन सी३ एयरक्रस एसयूभीमा १.२ लिटर जेन-३ टर्बो पेट्रोल इन्जिन दिएको छ । यसले ५५०० आरपीएममा १०८ बीएचपीको पावर र १७५० आरपीएममा १९० एनएमको पीक टर्क जेनेरेट गर्छ। ट्रान्समिसनका लागि एसयूभीमा ६ स्पिड म्यानुअल ट्रान्समिसनसँगै अटोमेटिक ट्रान्समिसनको विकल्प उपलब्ध छ ।

कारमा ड्यासक्याम बाहेक कुनै नयाँ फिचर समावेश गरिएको छैन । एसयूभीमा १०.२ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले कनेक्टिभिटी, म्यानुअल क्लाइमेट कन्ट्रोल, ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, ड्युअल फ्रन्ट एयरब्याग, एबीएस, ईबीडी, हिल होल्ड असिस्ट, रियर पार्किङ सेन्सर, टायर प्रेसर मोनिटरिङ सिस्टम र रियरभ्यू क्यामेरा जस्ता फिचर दिइएको छ ।

सम्बन्धित समाचारहरू

सिट्रोन गाडी किन्ने र बुकिङ गर्ने दुवैलाई छुट र उपहार

सिट्रोन गाडी किन्ने र बुकिङ गर्ने दुवैलाई छुट र उपहार

काठमाडौं–  सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला...

२० प्रतिशत डाउनपेमेन्टमै सिट्रोन सी३ को पेट्रोल भर्सन किन्न पाइने

२० प्रतिशत डाउनपेमेन्टमै सिट्रोन सी३ को पेट्रोल भर्सन किन्न पाइने

काठमाडौं – सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले...

सांग्रिला मोटर्सले शुरु ग-यो सिट्रोन ई–सी३ को हस्तान्तरण

सांग्रिला मोटर्सले शुरु ग-यो सिट्रोन ई–सी३ को हस्तान्तरण

काठमाडौं – नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...