स्टार क्रिकेटर धोनीको नाममा आयो सिट्रोन सी३ एयरक्रस, १०० यूनिटमात्रै उत्पादन हुने

सिट्रोन इन्डियाले भारतीय बजारमा सी३ एयरक्रसको धोनी संस्करण लन्च गरेको छ । सो मिड साइज एसयूभी भारतीय स्टार क्रिकेटर महेन्द्र सिंह धोनीको जर्सीमा आधारित छ। यसको नाम सी३ एयरक्रस ७-धोनी एडिशन हो र यो ५+२ सिट कन्फिगरेसनमा मात्र उपलब्ध हुनेछ।

सिट्रोएन सी३ एयरक्रस को धोनी संस्करण १०० युनिट मात्र उत्पादन हुनेछ। कम्पनीले कारसँगै धोनीको अटोग्राफ गरिएको विकेट-किपिङ ग्लोभ्स पनि उपलब्ध गराएको छ । साथै एउटा कारमा विशेष उपहार पनि राखिएको छ ।

कम्पनीले यसको मूल्य ११ लाख ८२ हजार भारु राखेको छ । सिट्रोन सी३ एयरक्रसले हुन्डाई क्रेटा, किया सेल्टोस, मारुती ग्रान्ड भिटारा, टोयोटा हाइराइडर, फक्सवागन टाइगुन, स्कोडा कुशाक र एमजी एस्टोरसँग प्रतिस्पर्धा गर्नेछ ।

स्पेशल एडिसनको इन्टेरियरको ड्राइभर सिटमा ७ नम्बर ब्याजिङ र अगाडिको यात्रु सिटमा धोनीको सिग्नेचर राखिएको छ । यस बाहेक धोनीको जर्सी नम्बर र हस्ताक्षर सहित कुशन, इल्लुमिनेटेड सिल प्लेट र सीट बेल्ट कभर अपडेट गरिएको छ ।

कम्पनीले सिट्रोन सी३ एयरक्रस एसयूभीमा १.२ लिटर जेन-३ टर्बो पेट्रोल इन्जिन दिएको छ । यसले ५५०० आरपीएममा १०८ बीएचपीको पावर र १७५० आरपीएममा १९० एनएमको पीक टर्क जेनेरेट गर्छ। ट्रान्समिसनका लागि एसयूभीमा ६ स्पिड म्यानुअल ट्रान्समिसनसँगै अटोमेटिक ट्रान्समिसनको विकल्प उपलब्ध छ ।

कारमा ड्यासक्याम बाहेक कुनै नयाँ फिचर समावेश गरिएको छैन । एसयूभीमा १०.२ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले कनेक्टिभिटी, म्यानुअल क्लाइमेट कन्ट्रोल, ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, ड्युअल फ्रन्ट एयरब्याग, एबीएस, ईबीडी, हिल होल्ड असिस्ट, रियर पार्किङ सेन्सर, टायर प्रेसर मोनिटरिङ सिस्टम र रियरभ्यू क्यामेरा जस्ता फिचर दिइएको छ ।

सम्बन्धित समाचारहरू

नेपालमा सार्वजनिक भयो भारतमा बनेको नयाँ सिट्रोन सी३, यस्तो छ मूल्य र फिचर

नेपालमा सार्वजनिक भयो भारतमा बनेको नयाँ सिट्रोन सी३, यस्तो छ मूल्य र फिचर

काठमाडौं – नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले...

इभीको चर्चाले ओझेलमा पर्दै कम्वसन कार, यी नयाँ कारमा छैन ग्राहकको आकर्षण

इभीको चर्चाले ओझेलमा पर्दै कम्वसन कार, यी नयाँ कारमा छैन ग्राहकको आकर्षण

इलेक्ट्रिक कारको वढ्दो लोकप्रियताले कम्वसन इन्जिनयुक्त नयाँ कार ओझेलमा...

लोभलाग्दा फिचर सहितको सिट्रोन ई–सी३ : १०० भन्दा बढी बुकिङ, १ लाखमा बुकिङ गर्न सकिने

लोभलाग्दा फिचर सहितको सिट्रोन ई–सी३ : १०० भन्दा बढी बुकिङ, १ लाखमा बुकिङ गर्न सकिने

काठमाडौं – फ्रेन्च डिएनएको सिट्रोन ई–सी३ (ईसीथ्री) को बुकिङ हाल चलिरहेको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...