अब सिट्रोनको नयाँ गाडी हुनेछ बेसाल्ट, सार्वजनिक भयो कन्सेप्ट

सिट्रोनले भारतमा नयाँ कूपे एसयूभीको कन्सेप्ट मोडल सार्वजनिक गरेको छ । कम्पनीले सो गाडीलाई ’बेसाल्ट भिजन कूपे एसयूभी’ भनेको छ र यसको उत्पादन भारतमा हुनेछ ।

सिट्रोन बेसाल्ट सी–क्यूब प्रोग्राम अन्तर्गत उपलब्ध हुने कम्पनीको तेस्रो गाडी हुनेछ, जस अन्तर्गत सिट्रोनले पहिले नै सी३ र सी३ एयरक्रस उपलब्ध गराइसकेको छ ।

यो प्रोग्राम विशेष गरी भारत र दक्षिण अमेरिकी बजारका लागि तयार गरिएको छ, जसको उद्देश्य विकसित र किफायती मोडल पेश गर्नु हो ।

सिट्रोन बेसाल्ट नामको यो प्रसिद्ध गाडीलाई भारतीय बजारमा यस वर्षको सेकेन्ड हाफ सम्म ल्याउने योजना छ। त्यसपछि साउथ अमेरिकी बजारमा प्रस्तुत गरिनेछ। यसको मुल्य ८ लाख भारु देखि प्रारम्भ हुन सक्ने अनुमान गर्न सकिन्छ । नेपालमा पनि त्यसपछि नै उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

यस सेग्मेन्टमा सिट्रोनको सो एसयूभीले टाटाको कूपे एसयूभी कर्र्भसँग प्रतिस्पर्धा गर्न सक्छ । यद्यपि मूल्य अनुसार भने यो सँग प्रतिस्पर्धा गर्न सक्ने अन्य कारहरु हुन्डाई क्रेटा, किया सेल्टोस, फक्सवागन टाइगुन, मारुती ग्रान्ड भिटारा, टोयोटा हाइराइडर, स्कोडा कुशाक र होंन्डा एलिभेट हुन सक्छन् ।

नयाँ कूपे बेसाल्ट एसयूभी सीएमपी प्लेटफर्ममा विकसित गरिएको छ । यो भन्दा पहिले सी३ र सी३ एयरक्रस समेत यही प्लेटफर्ममा बनेका छन् । गाडीको लुक पनि सी३ र सी३ एयरक्रसबाट प्रेरित छ। यसको अगाडि क्रोम फिनिस भएको स्प्लिट ग्रिल र स्प्लिट हेडल्याम्प छ। यहाँ प्रोजेक्टर हेडल्याम्पहरू हुनेछ। तलको भागमा, एयर भेन्टको चौकोर डिजाइन इलिमेन्ट एयरक्रसबाट लिइएको छ।

साइड प्रोफाइल बाहेक यहाँ स्लोपिङ रूफलाइन, स्क्वायर ह्विल आर्क, साइड बडी क्लेडिङ र डुअल–टोन अलोय ह्विल्स दिइएको छ। यसकारण गाडी स्पोर्टी देखिन्छ। एसयूभीलाई कुपे स्टाइल प्रदान गर्नका लागि पछाडिको प्रोफाइल उच्च पारिएको छ र यसमा बुट लिडलाई थोरै उच्च देखाइएको छ। यसमा राउन्ड एलईडी टेललाइट र सिल्भर स्किड प्लेटसहित उच्च बम्पर पनि दिइएको छ।

सिट्रोनले बेसाल्ट भिजन कन्सेप्ट मोडलको इन्टेरियर सार्वजनिक गरेको छैन। यसको इन्टेरियर सी३ एयरक्रस जस्तै हुने अनुमान गरिएको छ । कम्पनीका अन्य गाडीहरुको तुलनामा यसमा धेरै फिचर हुने अनुमान गरिएको छ । यसमा क्रूज कन्ट्रोल, अटोमेटिक एसी, पुश बटन स्टार्ट/स्टप र किलेस इन्ट्री जस्ता फिचर्स दिन सकिने अनुमान छ ।

त्यसैगरी यसमा १०.२ इन्च टचस्क्रिन र ७ इन्च डिजिटल ड्राइभर डिस्प्ले समावेश छ । सुरक्षाका लागि गाडीमा ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, पछाडिको पार्किङ क्यामेरा र टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता फिचर्स दिइएको हुन सक्छ।

सिट्रोन बेसाल्ट भिजन कुपेमा परफर्मेन्सका लागि सी३ ह्याचब्याक र सी३ एयरक्रसको १.२ लिटर टर्बो पेट्रोल इन्जिन दिइएको हुन सक्छ, जसले ११० पीएस पावर र २०५ एनएम टर्क जेनेरेट गर्छ । इन्जिनका साथ ६–स्पिड म्यानुअल र ६–स्पिड अटोमेटिक गियरबक्स दिन सकिने छ ।

सम्बन्धित समाचारहरू

साङ्ग्रिला मोटर्सले ‘नयाँ वर्ष एक्सचेन्ज कर्निभल २०२५’ आयोजना गर्दै

साङ्ग्रिला मोटर्सले ‘नयाँ वर्ष एक्सचेन्ज कर्निभल २०२५’ आयोजना गर्दै

काठमाडौं– साङ्ग्रिला मोटर्स प्रालिले नयाँ वर्षको विशेष अवसर पारेर ‘नयाँ...

सिट्रोनको इलेक्ट्रिक कार ई–सी३ दुई भेरिएन्टमा नेपालमा उपलब्ध हुने

सिट्रोनको इलेक्ट्रिक कार ई–सी३ दुई भेरिएन्टमा नेपालमा उपलब्ध हुने

काठमाडौं – सिट्रोनको इलेक्ट्रिक कार ई–सी३ नेपाली बजारमा दुई भेरिएन्टमा...

चीतवनमा सिट्रोनको नयाँ शोरुम, इलेक्ट्रिक र कम्बस्चन दुवै गाडी उपलब्ध हुने

चीतवनमा सिट्रोनको नयाँ शोरुम, इलेक्ट्रिक र कम्बस्चन दुवै गाडी उपलब्ध हुने

चीतवन– सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...