इभी वजारमा नयाँ खेलाडीको उदय, सिट्रोन ई–सी३ को कस्तो रहला बजार

नेपाली इभी बजारमा अर्को नयाँ इलेक्ट्रिक कार सिट्रोन ई–सी३ को उदय भएको छ । फ्रेन्च अटो ब्रान्ड सिट्रोनले भारतमा उत्पादन गरेको सो कारको आधिकारिक विक्रेता सांग्रिला मोटर्सले एक महिना अघि वुकिङ खुलाएको थियो । वुकिङ खुलेको छोटो समयमै १०० भन्दा वढी ई–सी३ बिक्री भएको कम्पनीले जनाएको छ ।

अवको केही सातापछि ग्राहकलाई डेलिभरी दिन शुरु हुने वताइएको सो इलेक्ट्रिक क्रसओभरले नेपाली इभी पारखीलाई नयाँ विकल्प दिएको छ । ३० देखी ४० लाख हाराहारीको वजेट इभीमा सी३ को सुरुवाती इनिङ सन्तोषजनक देखिएको छ । सो मूल्यको रेन्जमा टाटा नेक्सन र नेटा भीले राम्रो बजार लिइरहेको छ भने यो नयाँ कारले भोलीका दिनमा पनि राम्रो प्रतिक्रिया पाउने आँकलन गर्न सकिन्छ ।

ई–सी३ लाइभ र फील गरी कुल दुई भेरिएन्टमा नेपाल आउन लागेको हो । जसको मूल्य क्रमश ३२ लाख ९९ हजार र ३४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । कारमा २९.२ किलोवाट आवरको व्याट्री प्याक जडान गरिएको छ भने यसको पावर ५७ एचपी र टर्क १४३ एनएम छ । यसलाई एकपट फुल चार्ज गरेपछि ३२० किलोमिटर गुडान सकिन्छ । ३.३ किलोवाटको एसी चार्जरले १० घन्टा ३० मिनेटमा फुल चार्ज गर्न सकिने ई–सी३ लाई डीसी फास्ट चार्जरको साहयतामा ५७ मिनेट भित्रै ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।

अत्याधुनिक प्रविधि र कनेक्टिभिटी सुविधाहरू सहितको ई–सी३ मा टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, स्मार्टफोन इन्टिग्रेसन र ड्राइभर–असिस्ट सिस्टमहरू रहेको छ । सो कारलाई १०७ किलोमिटर प्रतिघन्टाको उच्च गतीमा हाँक्न सकिन्छ । यसमा रिजेनेरेटीभ ब्रेकिङ सिस्टमसहित इको र स्ट्याण्डर्ड गरी दुई ड्राइभिङ मोड पाउन सकिन्छ ।

सांग्रिला मोटर्सले कम्वसन इन्जिनमा एयरक्रस सी५ र सी३ बिक्री गर्दै आएपनि यी गाडीले राम्रो बजार पाउन सकिरहेको छैन । यस्तोमा हाल अत्याधिक माग रहँदै आएको इभी सेग्मेन्टमा नयाँ कारलाई उतारेर कारोवार थाल्दै गर्दा कम्पनीसामू बिक्री पछिको सेवा र चार्जिङ पूर्वाधार निर्माणमा पनि उत्तिकै जोड दिनुपर्ने चुनौती थपिएको छ ।

सम्बन्धित समाचारहरू

नेपालमा चार्जिङ पार्टनरको खोजीमा भारतको प्रतिष्ठित कम्पनी आर्गो ईभी स्मार्ट

नेपालमा चार्जिङ पार्टनरको खोजीमा भारतको प्रतिष्ठित कम्पनी आर्गो ईभी स्मार्ट

भृकुटी मण्डपमा चलिरहेको ईभी नेपाल एक्सपो २०२२ मा विभिन्न चार्जिङ सोलुसन...

नेपाल प्रिमियर लिग २०२४ को ‘ड्रिभन बाई’ सह–प्रायोजकमा ओमोडा एन्ड जेइको, गरियो एमओयु

नेपाल प्रिमियर लिग २०२४ को ‘ड्रिभन बाई’ सह–प्रायोजकमा ओमोडा एन्ड जेइको, गरियो एमओयु

काठमाडौँ – ओमोडा एन्ड जेइकोले नेपाल क्रिकेट संघ (क्यान)द्वारा आयोजना हुने...

नानो भन्दा सानो कार ‘माइली’ आउँदै

नानो भन्दा सानो कार ‘माइली’ आउँदै

फ्रान्सेली अटोमोबाइल कम्पनी लिगियरद्वारा डिजाइन गरेको माइली इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...