विद्युतिय सवारी साधनको आयातमा कडाई गरिँदै, यी मापदण्ड पुरा गर्नुपर्ने
यातायात व्यवस्था विभागले सवारी साधन आयात, उत्पादन तथा जडानसम्बन्धी...
फ्रेन्च कार निर्माता सिट्रोनले भारतमा बनेको आफ्नो नयाँ इलेक्ट्रिक मोडल सिट्रोन ई–सी३ लाई केही समय अगाडि नेपालमा ल्याएको थियो । अहिले नेपाली बजारमा हाई रेन्जदेखि लो रेन्ज सम्मको इलेक्ट्रिक गाडीहरु पर्याप्त उपलब्ध छन् । यस्तो अबस्थामा सिट्रोन ई–सी३ मिड रेन्ज कम्प्याक्ट एसयुभीको पर्फेक्ट विकल्प बनेर नेपाली बजारमा आएको हो ।
सिट्रोन ई–सी३ को आगमनसँगै नेपाली अटोमोटिभ क्षेत्रमा एक किसिमको तरङ्ग आएको छ । सिट्रोन ई–सी थ्रीले यसै वर्ष न्युयोर्कमाआयोजितन्युयोर्क अटो शोको १९औँ वल्र्ड कार अवार्ड समारोहमा ‘वल्र्ड अर्बन कार अफ द इयर २०२३’ जित्न सफल भएको थियो ।
२९.२ किलोवाट क्षमताको ब्याट्री भएको यस कार पूर्णरुपमा डिसी फास्ट चार्जिङ प्रदान गर्ने यस सेगमेन्टकै पहिलो गाडी हो । रिजेनेरेटिभ ब्रेकिङको साथ आउने यस विद्युतीय गाडीमा हरेक पटक ब्रेक लगाउँदा स्वतः चार्ज हुन्छ । त्यसैगरी पूर्णत अटोम्याटिक ड्राइभ फिचर भएको ई–सी३ मा ई–टगल र अटोमेटिक गियरबक्स पनि उपलब्ध रहेको छ ।
विद्युतीय गाडी किन्दा हाम्रो दिमागमा सबैभन्दा पहिला आउने प्रश्न भनेको यसले दिने रेन्ज हो । यो प्रश्नलाई सिट्रोन ई–सी३ ले चित्त बुझ्नेगरि सम्बोधन गरेको छ । कम्पनीका अनुसार गाडीले सिङ्गल चार्जमा ३२० किलोमिटरको (एमआइडिसि साइकलअनुसार) रेन्ज दिन्छ भने ब्याट्री पनि जम्मा ५६ मिनेटमा नै ०% देखि ८०% सम्म चार्ज हुन्छ ।
सुरक्षाको मामिलामा पनि ई–सी३ मा केही कमी नरहेको कम्पनीको दाबी छ । सेफ्टि फिचर अन्तर्गत यसमा एबिएस, इएसपी र मल्टिपल एयर ब्याग लगायत अन्य प्रशस्तै फिचर पाउन सकिन्छ । क्याबिन र सिटहरू पनि फराकिलो र आरामदायी रहेको यस कारमा २६ सेन्टि मिटरको सिट्रोन कनेक्ट टच स्क्रिन डिस्प्ले, वायरलेस स्क्रिन मिररिङ र सिमलेस स्मार्टफोन कनेक्टिभिटी दिइएको छ ।
वारेन्टीको कुरा गर्नुपर्दा गाडीमा ३ वर्ष अर्थात १ लाख २५ हजार किलोमिटरको वारेन्टी दिइएको छ भने ब्याट्रीमा ७ वर्ष अर्थात १ लाख ४० हजार किलोमिटरको वारेन्टी पाउन सकिन्छ । त्यसैगरी मोटरमा भने ५ वर्ष अर्थात १ लाख किलोमिटरको वारेन्टी छ ।
ई–सी३ प्रयोग गर्दै आएका ईभी पारखीले यस कारका वारेमा निकै राम्रो र सकरात्मक प्रतिक्रिया ब्यक्त गर्न थालेका छन् । यो नयाँ कार प्रयोग गर्दै आएका डीडी सेक्युरिटी सर्भिस प्रालिका कार्यकारी निर्देशक मनोहर कोइरालाले भने, “जब म पेट्रोल गाडीबाट सिट्रोन ई–सी३ मा स्वीच गरेँ, मेरो पुरै ड्राइभिङ एक्सपिरिएन्स नै परिवर्तन भयो । यो भन्दा अगाडि मलाई काठमाडौँको रोडहरू नेभिगेट गर्न यस्तो सजिला ेकहिल्यै भएको थिएन । मेन्टेनेन्स र चार्जमा खर्च त कम भयो नै, मेरो मासिक खर्चहरू पनि कम हुँदै गएको छ । जब–जब म यो कार चलाउँछु, मैले मेरो लागिमात्र नभएर दिगो भविष्यको लागि पनि सही निर्णय गरेछु भन्ने लाग्छ ।”
रेन्ज, ब्याट्री, डिजाइन सबैमा उत्कृष्ट सिट्रोन ई–सी थ्रीखरिद गर्न पनि उत्तिकै सजिलो छ । जम्मा २०% डाउन पेमेन्टमा यसलाई आफ्नो बनाउन सकिने र बाँकी ८०% भुक्तानीको लागि ९.४९% ब्याज दरमा ७ वर्षको बैँक ऋण उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
यातायात व्यवस्था विभागले सवारी साधन आयात, उत्पादन तथा जडानसम्बन्धी...
काठमाडौं – नेपालमा विद्युतीय मोटरसाइकल निर्माण गरेको यात्री मोटरसाइकलले...
सेगवे ई–स्कुटरको नेपालका लागि आधिकारिक वितरक आईहब प्रालिले पोखराको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...