नाडा अटो शोमा बीवाईडीको आकर्षण : एट्टो२ सुपेरियर, सिलायन७ र शार्क६
बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले जारी नाडा अटो...
काठमाडौँ–बीवाईडीले हालै आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा जिल्ला लगायतका क्षेत्रमा राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड रुपैयाँ योगदान गर्ने घोषणा गरेको छ ।
बाढी प्रभावित क्षेत्रका नागरिकले कठिन परिस्थितिको सामना गरिरहेको यस समयमा बीवाईडी र यसको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपाली जनता तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता र प्रतिबद्धता व्यक्त गर्दै उक्त सहयोग घोषणा गरेका हुन् ।
सहयोग रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सरकारको आधिकारिक संयन्त्रबाट राहत तथा पुनस्र्थापनाका कार्यमा परिचालन गरिनेछ । यो सहयोगबाट बाढी प्रभावित क्षेत्रमा सरकारद्वारा सञ्चालन भइरहेका उद्धार, उपचार, तत्कालीन राहत, पुनस्र्थापना तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलगायतका कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
हालैको बाढीका कारण ठूलो क्षति व्यहोरेको रसुवा जिल्ला नेपाल र चीनलाई जोड्ने महत्वपूर्ण प्रवेशद्वार तथा व्यापारिक मार्ग हो । नेपालमा बीवाईडीका सवारीसाधन आयात हुने प्रमुख व्यापारिक मार्गका रूपमा समेत यस क्षेत्रको विशेष महत्व रहेको छ ।
सहयोग घोषणा गर्दै बीवाईडी ग्रुपका उपाध्यक्ष तथा बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ स्युएलियाङले नेपालमा बाढीका कारण भएको विनाशप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
उनले प्रभावित परिवार, उद्धार टोली र घटनास्थलमा खटिएकाहरूप्रति सहानुभूति प्रकट गर्दै एकता र सामूहिक प्रयासमार्फत प्रभावित समुदाय अझ बलियो भएर पुनःउभिने विश्वास व्यक्त गरेका छन् ।
साइमेक्स इंकका प्रतिनिधिहरूले पनि देशको दिगो विकास र कठिन समयमा जनताको साथमा उभिने आफ्नो निरन्तर प्रतिबद्धता दोहोर्याएका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...