नवाङ मोक्तान बनिन् रेसनारी २०२५ राउन्ड १ विजेता
काठमाडौं – महिला मोटरसाइकल रेसरहरुको प्रतियोगिता रेसनारी २०२५ को राउन्ड १...
चितवन - चितवन महिला मोटर -याली तथा नेपाल अटो जिमखाना सफलतापूर्वक सम्पन्न भएको छ । बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसनको आयोजनामा भएको सो प्रतियोगितामा चितवनका महिला ड्राइभरहरु सहभागी भएका थिए ।
सोमबार भरतपुरस्थित उद्योग वाणिज्य संघ परिसरबाट प्रारम्भ भएको -याली पोखरा बसपार्क, पुल्चोक, चौबिसकोठी, मंगलापुर, रामपुर, चनौली, पर्साढाप, मेघौली हुँदै गोलाघाट पुगेको थियो ।
त्यसैगरी ब्रेक पश्चात बाराही होटल चोक, साना किसान चोक, मेघौली एयरपोर्ट, कसरा चोक, टाउन स्कुल चोक हुँदै रिभर बैंक जंगल रिसोर्टमा पुगेर समापन भएको थियो । त्यसपछि बिसहजारी ताल हुँदै सौराहा पुगेको थियो ।

टाइम, स्पिड र डिस्टेन्स (टीएसडी) का आधारमा आयोजना गरिएको प्रतियोगितामा नैना श्रेष्ठ मास्के र रोमासा शिवाकोटीले पहिलो स्थान हासिल गरे भने शोभा बराइली र रेनु तामाङले दोस्रो तथा चन्दना कोइराला र आशा देवी श्रेष्ठले तेस्रो स्थान हासिल गरे । उनीहरुले ड्राइभर र नेभिगेटरको रुपमा भूमिका निभाएका थिए ।
त्यसैगरी सौराहास्थित चित्रसारी ग्राउन्डमा आयोजित नेपाल अटो जिमखाना प्रतियोगितामा अनिता श्रेष्ठ विजयी बनिन् भने कल्पना पौडेल र सावित्री रेग्मीले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरिन् ।

यस बिचमा रिभर बैंक जंगल रिसोर्टमा आयोजित एक कार्यक्रममा अष्ट्रेलिया देखि नेपाल सम्म गाडीमा यात्रा गरेर आएका दिनेश कठायत र स्पेनको भ्यालेन्सियामा सम्पन्न मोटर स्पोर्ट्स गेममा सहभागी प्रज्ञा कँडेलले आफ्ना अनुभव सुनाएका थिए ।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) का अध्यक्ष दशरथ रिसाल, एफआईए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष राजन पिया, चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार शाक्य, नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका अध्यक्ष गोपाल भट्टराई लगायतले फ्ल्याग डाउन गरेर शुभारम्भ गरेको सो कार्यक्रमका सबै सहभागीहरुले खुसी व्यक्त गरेका थिए ।

कार्यक्रम समापनको अवसरमा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) का अध्यक्ष दशरथ रिसाल, एफआईए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष राजन पिया लगायतले विजयी खेलाडीहरुलाई प्रमाणपत्र र नगद पुरस्कार लगायत वितरण गरेका थिए भने विभिन्न प्रायोजक कम्पनीहरुले गिफ्ट ह्याम्पर प्रदान गरे ।

आयोजक बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष राजन पियाले सहभागी सबै खेलाडी र कार्यक्रम आयोजना गर्न सहयोग पु-याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत यस्ता कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे ।
काठमाडौं – महिला मोटरसाइकल रेसरहरुको प्रतियोगिता रेसनारी २०२५ को राउन्ड १...
काठमाडौं – त्रिभुवन विश्वविद्यालय अन्तर्गतको थापाथली क्याम्पसले...
लुम्बिनी प्रदेशको एक प्रमुख सहर नेपालगन्जमा आइतबार ‘दिगो विकास र सुरक्षित...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...