चितवनमा ४० हजार चालकलाई कारबाही

काठमाडौँ - गत आर्थिक वर्ष २०७९(८० मा ट्राफिक नियम उल्लङ्घन गर्ने ४० हजार छ सय ६४ सवारीसाधनका चालकलाई कारबाही गरिएको छ । चालकलाई कारबाही गर्नेक्रममा रु तीन करोड ४५ लाख ३८ हजार राजस्व सङ्कलन भएको छ ।

मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने, क्षमताभन्दा बढी यात्रु राखेर सञ्चालन गर्ने, निषेधित क्षेत्रमा सवारी पार्किङ गर्ने, तीव्रगतिमा सवारी चलाउनेलगायत ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गरिएको हो ।

कारबाहीमा पर्नेमा ट्रक तथा टिपरका चालक सात हजार ७५, बस तथा माइक्रोबसका चालक चार हजार एक सय ९४, जीप तथा कारका चालक सात हजार सात सय १२, ट्र्याक्टर चालक एक हजार छ सय नौ, मोटरसाइकल तथा स्कुटर चालक १३ हजार एक सय सात र टेम्पो तथा अटोरिक्सालगायत सवारीसाधनका चालक छ हजार नौ सय ६७ रहेका जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार तामाङले जानकारी दिए ।

गत आवमा तीन सय तीन सवारीसाधन दुर्घटनामा परेका थिए । सो क्रममा ७८ जनाको मृत्यु भएको थियो । ती दुर्घटनामा एक सय ७० जना गम्भीर र चार सय ११ जना सामान्य घाइते भएको उनले बताए। सबैभन्दा बढी जिल्लाका भित्री सडकमा एक सय ४१, पूर्व–पश्चिम राजमार्गमा ६४, नारायणगढ–मुग्लिन सडकखण्डमा ५७, पृथ्वी राजमार्गमा २३ र जिल्लाका सहरी सडकखण्डमा १८ सवारीसाधन दुर्घटनामा परेका ट्राफिक प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

ट्राफिक  जरिवाना आफ्नै बैंक खाताबाट सीधै तिर्न सकिने

ट्राफिक जरिवाना आफ्नै बैंक खाताबाट सीधै तिर्न सकिने

काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन...

‘पठाओ सुपरफेस्ट-२०२३’ शुरू हुँदै, एलियन देखिनुको रहस्य खुल्यो

‘पठाओ सुपरफेस्ट-२०२३’ शुरू हुँदै, एलियन देखिनुको रहस्य खुल्यो

काठमाडौँ – अंग्रेजी नयाँ वर्ष र क्रिसमसको अवसरमा पठाओ नेपालले ‘पठाओ...

चालु आर्थिक वर्षमा ट्राफिक प्रहरीले चोरिएका ४१७ दुईपांग्रे सवारी साधन बुझायो धनीलाई

चालु आर्थिक वर्षमा ट्राफिक प्रहरीले चोरिएका ४१७ दुईपांग्रे सवारी साधन बुझायो धनीलाई

हराएका तथा चोरी भएका २१ दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...