चिनियाँ वैज्ञानिकहरूले बनाए ३ मिनेटमै फुल चार्ज हुने ईभी ब्याट्री

चीनका वैज्ञानिकहरूले ३ मिनेटमै फुल चार्ज हुने सोलिड स्टेट ब्यार्टी लिथियम मेटर ब्याट्री विकास गरेका छन् । रिपोर्टका अनुसार सो ब्याट्री अहिले प्रयोग भइरहेका ब्याट्रीको तुलनामा दोब्बरभन्दा बढी दूरी गराउन सक्ने दाबी गरिएको छ । यसलाई हालसम्मकै सबैभन्दा शक्तिशाली र सुरक्षित सोलिड स्टेट ब्यार्टीका रूपमा हेरिएको छ।

हाल उत्पादन भइरहेका अधिकांश सोलिड स्टेट ब्यार्टीमा पीभीडीएफ नामक पोलिमर इलेक्ट्रोलाइट प्रयोग गरिन्छ। तर ती ब्याट्रीमा फास्ट चार्जिङका बेला आन्तरिक रासायनिक संरचना असन्तुलित हुने समस्या देखिने गरेको छ, जसले ब्याट्रीको आयु घटाउने खतरा रहन्छ।

चिनियाँ वैज्ञानिकहरूले भने “कम्प्याटिबिलाइजिङ–सोल्भेन्ट प्लास्टिसाइजेसन” नामक नयाँ प्रविधि विकास गरेका छन्। यस प्रक्रियामा विशेष रसायन प्रयोग गरिन्छ, जुन वाष्पीकरण भएपछि ब्याट्रीभित्र बलियो लिथियम फ्लोराइड तह तयार हुन्छ, जसले आन्तरिक रासायनिक संरचनालाई बिग्रिनबाट जोगाउँछ र ब्याट्रीको आयु बढाउने भूमिका खेल्छ।

रिपोर्टका अनुसार सो ब्याट्रीलाई २० डिग्री सेल्सियसको गतिमा चार्ज गर्न सकिन्छ, जसका कारण यो केवल ३ मिनेटमै फुल चार्ज हुन्छ। यति तीव्र चार्जिङपछि पनि ७०० पटक फुल चार्ज र डिस्चार्ज गर्दा ब्याट्रीको ८१.९ प्रतिशत क्षमता सुरक्षित रहेको पाइएको छ।

यसको इनर्जी डेन्सिटी ४५१.५ वाट आवर प्रति किलोग्राम मापन गरिएको छ। हाल विद्युतीय कारमा प्रयोग हुने एलएफपी ब्याट्रीको क्षमता करिब २०० वाट आवर प्रति किलोग्राम मात्र छ। आकारमा सानो भए पनि यो नयाँ ब्याट्रीले दोब्बरभन्दा बढी ऊर्जा भण्डारण गर्न सक्छ।

परीक्षणका क्रममा ब्याट्रीमा फलामको किला ठोक्दा समेत न विस्फोट भयो, न आगो नै लाग्यो। विश्वभर अहिले ५०० वाट-आवर प्रति किलोग्राम क्षमताका सोलिड स्टेट ब्याट्री विकास गर्ने प्रतिस्पर्धा चलिरहेको छ । सीएटीएल, सनवोडा र फरासिस इनर्जी जस्ता कम्पनीहरूले सन् २०२६ देखि २०२७ बीच ५०० वाट-आवर प्रति किलोग्राम क्षमताका सोलिड स्टेट ब्याट्री बजारमा ल्याउने तयारी गरिरहेका छन्।

सम्बन्धित समाचारहरू

पेट्रोलियमको विकल्प : विद्युतीय गाडी बनाउने कार्य अन्तिम चरणमा पुगेको महावीर पुनको भनाइ

पेट्रोलियमको विकल्प : विद्युतीय गाडी बनाउने कार्य अन्तिम चरणमा पुगेको महावीर पुनको भनाइ

काठमाडौं – पुराना पेट्रोलियम इन्धनबाट चल्ने गाडीलाई विद्युतीय गाडीमा...

बीवाईडी एम६ को खुल्यो बुकिङ, १ लाख ५० हजार नगद छुट

बीवाईडी एम६ को खुल्यो बुकिङ, १ लाख ५० हजार नगद छुट

काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी...

गोदावरी इलेक्ट्रिक मोटर्सको पहिलो इलेक्ट्रिक स्कुटर ईब्लु फियो लन्च, कस्तो छ स्कुटर ?

गोदावरी इलेक्ट्रिक मोटर्सको पहिलो इलेक्ट्रिक स्कुटर ईब्लु फियो लन्च, कस्तो छ स्कुटर ?

गोदावरी इलेक्ट्रिक मोटर्सले भारतमा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...