चीनीयाँ ब्रान्डका ४ पिकअप, यस्तो छ इन्जिन, फिचर्स र मूल्य

पिकअप नेपाली बजारमा निकै नै रुचाइएको सवारीसाधन हो । पर्याप्त कार्गो राख्न मिल्ने र अगाडी चालक सहित ५ जनासम्म यात्रुले आरामदायी यात्र गर्न मिल्ने बिशेषताका कारण यो साधन नेपालमा लोकप्रिय बन्दै गएको हो । बजारमा अहिले सिंगल र डबल क्याव भेरियन्टका पिकअप उपलब्ध छन् । जसमध्ये सिंगल क्याबयुक्त पिकअपलाई बढी जसो सामान ढुवानी प्रयोजनमा प्रयोग गरिँदै आइएको छ भने डबल क्यावलाई भने प्यासेन्जर कार सरह नै प्रयोग गर्ने गरेको पाइन्छ ।

डबल क्याव पिकअपमा कारकै सरह फिचर्स उपलब्ध हुने कारण पनि यसको प्रयोग प्यासेन्जर प्रयोजनमा बढी प्रयोग हुने गरेको हो । यस्ता पिकअप बिशेषगरी निर्माण क्षेत्र, हाइड्रोपावर र दुर्गम क्षेत्र लक्षित बिभिन्न बिकास परियोजनाहरुमा बढी मात्रामा प्रयोग हुने गरेको पाइन्छ । उच्चतम ग्राउन्ड क्लिरियन्स, पावरफूल इन्जिन र आरामदायी फिचर्सको साथसाथै फराकिलो लगेज कम्पार्ट जस्ता बिशेषताका कारण यो साधन लोकप्रिय बनिरहेको हो । डबल क्याव पिकअपलाई लाइफस्टायल पिकअप समेत भन्ने गरिन्छ ।

बजारमा अहिले भारत, चीन, जापान, थाइल्यान्ड र कोरियबाट यस्ता पिकअप आयत भैरहेका छन् । जसमध्ये पछिल्लो समय चीनबाट भित्रिने यस्ता पिकअपले बिस्तारै चर्चा बटुल्न थालेका छन् । चीनबाट हाल फोटोन, ग्रेटवाल पोअर, जेएसी र चांगन ब्रान्डका पिकअप आयत भैरहेका छन् । जसको इन्जिन, फिचर्स र मूल्यबारे जानकारी यस प्रकार रहेको छ ।

फोटोन टुनल्यान्ड
यी ४ पिकअपमध्ये फोटोन टुनल्यान्ड सबैभन्दा पहिले चीनबाट भित्रिएको पिकअप हो । नेपालका लागी आधिकारिक बितरक एमएडब्लू कर्मसियललले भित्राएको यो पिकअपमा २.८ लिटरको इनलाइन ४ सिलिन्डर, टर्बेचार्ज एन्ड इन्टरकुलरसहितको फोरवाईड ५ स्पिड म्यानुल ट्रान्समिसन भएको डिजेल इन्जिन राखिएको छ । जसको अधिकतम पावर ८५ किलोवाट र टर्क २८० एनएम रहेको छ ।

यसको कार्गो बक्सको आकार १.५२ मि बाई १.५८ मि बाई ०.४४ मि रहेको छ जुन क्लासकै सबैभन्दा ठूलो रहेको दाबी गरिएको छ । साथै यसको पेलोड क्यापासिटी १ टन र फ्युल ट्यांक क्यापासिटी ७६ लिटर रहेको छ । यात्राको आरामका लागि टुन्ल्यान्ड ईमा अगाडि अपर एन्ड लोवर ए–आर्म ९डबल विशबोन क्वाइल स्प्रिङ र पछाडि शक एब्जर्बरहितको डिपेन्डेन्ड सस्पेन्सन राखिएको छ ।

डुअल एअरब्याग, फ्रन्ट भेन्टिलेटेड डिस्क, ईबीडीसहितको एबीएस, सेन्ट्रल लकिङ र सिट बेल्ट वार्निङ जस्ता सुरक्षाका फिचर दिइएको छ । साथै, यसमा टिल्ट एन्ड टेलिस्कोपिक पावर स्टेरिङ, एअर कन्डिसनर, हिटर, इलेक्ट्रिकल्ली एड्जस्टेबल रियर भ्यु मिरर आदि छन । यो पिकअपको मूल्य नेपाली बजारमा ५९ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

चागंन हन्टर
औपचारीक लन्च हुन बाँकी नै रहेको चांगन हन्टरको केही युनिट पिकअप नेपाल आइसकेको छ । नेपालका लागी आधिकारिक बितरक एमएडब्लू अटो कर्पले हाल यसको बुकिङ लिइरहेको छ । चीनको अग्रणी अटोमोबाइल ब्रान्डले हन्टरमा १.९ टर्बोचाज्र्ड इन्जिन उपलब्ध गराएको छ । जसले १५० एचपी पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । उक्त प्रिमियम पिकअपको ग्राउन्ड क्लियरेन्स २३० एमएम छ, जुन यो सेग्मेन्टकै सबैभन्दा राम्रो रहेको दाबी गरिएको छ । यसले १ टनको पेलोड वजन उठाउन सक्छ ।

६–स्पिड अटोमेटिक गियर ट्रान्सिमसन दिइएको यो पिअपले रोडको कन्डिसन अनुसार आफै नै गियर बदल्न सक्ने बताइएको छ । हन्टरमा १० इन्चको एचडी इन्फोटेनमेन्ट टचस्क्रिन, पुस इन्जिन स्टार्ट बटन, क्रुज कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम, इलेक्ट्रोनिक स्टाबिलिटी प्रोग्राम र हिल डिसेन्ट कन्ट्रोल जस्ता फिचर रहेका छन । यसमा आरामदायी पावर असिस्टेड सिट पनि रहेको छ भने यसलाई इको र स्पोर्ट मोडमा चलाउन सकिन्छ । यो पिकअपको मूल्य ७५ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

जेएसी टि८
जेएसी टि८ लाई साग्रिला मोटर्सले नेपाल भित्राएको हो । हाल यो पिकअपको रोड परिक्षण भैरहेको छ भने खरिद गर्न इच्छुक ग्राहकले बुकिङ समेत गर्न सक्नेछन् । जेएसी टि८ मा २.० लिटर टर्बो डिजेल इन्जिन जडान गरिएको छ । जसको अधिकतम पवार १३७ एचपी र टर्क ३२० एनएम रहेको छ । साथै, यो ६ स्पीड म्यानुअल ट्रान्समिसनसहित उपलब्ध छ ।

टी८ मा मल्टी फङक्सन स्टेयरिङ ह्वील, समायोजन गर्न मिल्ने स्टेयरिङ कोलम, क्रुज कन्ट्रोल, रिभर्स क्यामेरा, रियर पार्क सेन्सर, रिमोट सेन्ट्रल लकिङसँगै अटो डोर लक र कम्प्युटरर मल्टी–इन्फरमेसन डिस्प्ले जस्ता फिचर्स दिइएको छ । साथै यसमा ब्लुटुथ सहितको ७ इन्चको टचस्कृन इन्फोटेनमेन्ट समेत उपलब्ध गराइएको छ । । आकर्षक स्टाइल, उचित सामानहरु र उत्कृष्ट बनावटले टी८ लाई सधैं पहिलो रोजाइमा पार्ने निश्चित रहेको दाबी कम्पनीको छ ।

डुअल एयरब्याग, ट्रयाक्सन कन्ट्रोल सिस्टम, भेहिकल डाइनामिक्स कन्ट्रोल, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल र हिल–स्टार्ट होल्ड कन्ट्रोललगायत सेफ्टि फिचर्स समाबेश गरिएको यो पिकअपमा फ्रन्ट र रियर डिस्क ब्रेक, एन्टि–लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन, ब्रेक ओभरराइड सिस्टम, हाइड्रोलिक ब्रेक असिस्ट र टायर प्रेसर मनिटरिङ सिस्टम समेत उपलब्ध गराइएको छ । यो पिकअपको सुरुवाती मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

ग्रेटवाल पोअर
ग्रेटवाल मोटर्सको नेपालका लागि आधिकारिक बितरक भिजी इम्पेक्सले भित्राएको पोअर पिकअपमा २.० लिटरको टर्बोचाज्र्ड डिजेल इन्जिन रहेको छ, जसल े१६० एचपी पावर ४०० एनएम टर्क जेनेरेट गर्छ । ग्रेटवालको पोअर पिकअप दुई भेरिएन्टमा उपलब्ध छ । एउटा सनरुफ भएको र अर्को सनरुफ नभएको । एड्भान्स म्युजिक सिस्टम र सेफ्टी फिचर भएको पोअर फोर ह्विल ड्राइभयुक्त पिकअप हो ।

यसको इन्टेरियरमा ३.५ इन्चको कलर इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ । कालो कलरमा आकर्षक तवरबाट सजाइएको यसको इन्टेरियर आरमदायी र सुबिधासम्पन्न रहेको छ । जहाँ लेदर बेरिएको स्टेरिङ ह्विल, २ वटा युएसबी पोर्ट र क्रुज कन्ट्रोलको सुबिधा दिइएको छ । यसमा आर्टिफिसियल लेदर सिट उपलब्ध गराइएको छ । जसमध्ये ड्राइभर सिटलाई ६ तवरबाट र फ्रन्ट प्यासेन्जर सिटलाई ४ तवरबाट म्यानुअल्लि एडजस्ट गर्न सकिन्छ ।

डुअल फ्रन्ट एयर ब्याग र साइड कर्टेन एयर ब्याग समेत उपलब्ध गराइएको पोअरमा भेहिकल स्टाबिलिटी कन्ट्रोल, हाइड्रोलिक ब्रेक एसिस्ट सिस्टम, ट्रयाक्सन कन्ट्रोल, हिल– स्टार्ट एसिस्ट कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल लगायत अन्थ थुप्रै सेफ्टि फिचर्स दिइएको छ । यो पिकअपको मूल्य नेपाली बजारमा ६५ लाख रुपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

१२३ वर्ष पहिले यसरी जन्मेको थियो कार निर्माता कम्पनी फियाट

१२३ वर्ष पहिले यसरी जन्मेको थियो कार निर्माता कम्पनी फियाट

काउन्ट इमानुएल काचेरानोले घोडाविहीन सवारी व्यवसायका लागि एक जना...

थाइल्यान्डबाट नेपाल भित्रियो २ करोड ४० लाखको विशेष सुविधायुक्त फोर्ड एभरेष्ट

थाइल्यान्डबाट नेपाल भित्रियो २ करोड ४० लाखको विशेष सुविधायुक्त फोर्ड एभरेष्ट

काठमाडौ – नेपालका लागि फोर्डको आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालि...

सेकेन्ड ह्यान्ड गाडीको समेत कारोबार गर्छन् यी कम्पनी, यस्तो हुन सक्छ ग्राहकलाई फाइदा

सेकेन्ड ह्यान्ड गाडीको समेत कारोबार गर्छन् यी कम्पनी, यस्तो हुन सक्छ ग्राहकलाई फाइदा

प्रयोगमा आइसकेका पुराना गाडीको कारोबारमा पछिल्लो समय आयातकर्ता कम्पनीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...