यस्तो छ चाइनिज मोबाइल फोन कम्पनी शाओमीले ल्याएको नयाँ इलेक्ट्रिक स्कुटर

चीनको प्रसिद्ध मोबाइल फोन निर्माता कम्पनी शाओमीले स्कुटर, गेमिङ मोनिटर र वाइफाई राउटर सहित अन्य नयाँ उत्पादन लन्च गरी आफ्नो आइन अप विस्तार गरेको छ । कम्पनीले हालै नयाँ इलेक्ट्रिक स्कुटर एमआई ३ लन्च गरिएको छ । जसमा २७५ डब्ल्युएच ब्याट्री प्याकको प्रयोग गरिएको छ । यसले सिंगल चार्जमा ३० किलोमिटरको दुरी तय गर्छ ।

रिपोर्टका अनुसार स्थानीय नियमलाई पालना गर्नका लागि सो स्कुटरको टप स्पिड २५ किलोमिटर प्रतिघन्टासम्म सीमित राखिएको छ । सो स्कुटरको ब्याट्री फुल चार्ज हुनको लागि ८.५ घन्टाको समय लाग्छ । कम्पनीले शाओमी इलेक्ट्रिक स्कुटरको मूल्य करिब ६५ हजार रुपैयाँ तोकेको छ । नयाँ मोडलको तौल १३ किलोग्राम र यसको अधिकतम भार १०० किलोग्राम रहेको छ ।

कम्पनीले फोल्डिङ मेकानिज्मलाई ३ स्टेप डिजाइनको साथमा रिडिजाइन गरेको छ । जसमा एलसीडीलाई पनि अपडेट गरिएको छ । सो स्कुटरमा एयरोस्पेस ग्रेड आल्मुनियम च्यासिस, वायवीय टायर, फ्रन्टमा ईएबीएस र पछाडि डुअल प्याड डिस्क ब्रेक, टुडब्ल्यु हेडलाइट जस्ता फिचर र दुई कलर वनसी ब्ल्याक र ग्राभिटी ग्रेमा उपलब्ध रहेको छ ।

शाओमीका मोबाइल फोन अन्य देशका साथै नेपालमा समेत लोकप्रिय बन्दै छन् । हालै शाओमी विश्वकै दोस्रो धेरै बिक्री हुने कम्पनी समेत बनेको छ ।

सम्बन्धित समाचारहरू

दिपल एस०७ र लिपमोटर सी१० सहित ४ नयाँ चाइनिज कारले पाए युरो एनक्यापमा फाइभ स्टार रेटिङ

दिपल एस०७ र लिपमोटर सी१० सहित ४ नयाँ चाइनिज कारले पाए युरो एनक्यापमा फाइभ स्टार रेटिङ

डिसेम्बर महिनामा सम्पन्न युरो एनक्याप क्र्यास टेस्टमा थप चार नयाँ चाइनिज...

अर्को नयाँ इलेक्ट्रिक मोटरसाइकल भित्रिदै, खुल्यो बुकिङ

अर्को नयाँ इलेक्ट्रिक मोटरसाइकल भित्रिदै, खुल्यो बुकिङ

काठमाडौं – काठमाडौंमा प्रारम्भ भएको हिमालयन हाइड्रो एक्सपोमा भारतीय...

अचम्म ! यो देशमा लाग्दै छ इलेक्ट्रिक सवारी साधनमा प्रतिबन्ध

अचम्म ! यो देशमा लाग्दै छ इलेक्ट्रिक सवारी साधनमा प्रतिबन्ध

स्विट्जरल्यान्डमा जाडो मौसममा ऊर्जाको कमीको कारणले ईभी सवारी साधनमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...