चाइनिज ईभीले पायो ‘जापान ईभी अवार्ड २०२४’

चाइनिज ईभी निर्माता कम्पनी बीवाईडीले जापानको ईभी बजारमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । बीवाईडी सिल ईभीले तेस्रो जापान एनुअल ईभी अवार्ड्समा महत्वपूर्ण उपाधि हासिल गरेको हो ।

बीवाईडी सिलले होन्डा एन–भ्यान ई र हुन्डाई आयोनिक ५ एनलाई पछि पार्दै सो उपाधि हासिल गरेको हो । बीवाईडी सिलले यो भन्दा पहिले पनि २०२४–२०२५ जापान कार अफ द इयरमा ‘टप १० बेस्ट मोडल’ को उपाधि पाइसकेको थियो ।

बीवाईडी सिल जापानमा सन् २०२४ मा रियर ह्विल र फोर ह्विल ड्राइभका साथ भित्रिएको थियो । सो अवार्डको आयोजक ईभीस्मार्टले बीवाईडी सिलको डिजाइन स्टाइल र कम्प्रिहेन्सिभ पर्फमेन्सका कारण पब्लिक र इन्डष्ट्रि भोटिङ पाएको बताएको छ ।

बीवाईडी सिलमा २.५६ किलोवाट आवरको बीवाईडी ब्लेड ब्याट्रीको प्रयोग गरिएको छ । यसको फोर ह्विल ड्राइभ ट्रिमले ३.८ सेकेन्डमा ० देखि १०० किलोमिटर सम्मको गति लिन्छ भने रियर ह्विल ड्राइभले ५.९ सेकेन्डमा लिन्छ ।

२०२५ बीवाईडी सिलले ५१०, ६५० र ६०० किलोमिटरको रेन्ज दिन्छ । फास्ट चार्जिङमार्फत यसलाई २० मिनेटमा ३० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।

नेपाली बजारमा समेत बीवाईडी सिल ईभी उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

नेभर सिन फिस्कल इयर एन्ड अफर : नेपाली ईभी बजारमा आयो पहिलो पटक फरक अफर

नेभर सिन फिस्कल इयर एन्ड अफर : नेपाली ईभी बजारमा आयो पहिलो पटक फरक अफर

काठमाडौं – नेपालमा बीवाईडी अटो इन्डष्ट्री कम्पनीको आधिकारिक वितरक...

विश्व ईभी दिवस: नेपालमा किन विद्युतीय सवारी साधन आवश्यक छ

विश्व ईभी दिवस: नेपालमा किन विद्युतीय सवारी साधन आवश्यक छ

सेप्टेम्बर ९ मा विश्व ईभी दिवस मनाइन्छ । विद्युतीय सवारी साधनहरू संसारभरि...

भारतको पहिलो इलेक्ट्रिक उड्ने ट्याक्सी सार्वजनिक

भारतको पहिलो इलेक्ट्रिक उड्ने ट्याक्सी सार्वजनिक

भारतको पहिलो इलेक्ट्रिक उड्ने ट्याक्सी सार्बजनिक भएको छ । महिन्द्रा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...