चाइनिज ईभीले पायो ‘जापान ईभी अवार्ड २०२४’

चाइनिज ईभी निर्माता कम्पनी बीवाईडीले जापानको ईभी बजारमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । बीवाईडी सिल ईभीले तेस्रो जापान एनुअल ईभी अवार्ड्समा महत्वपूर्ण उपाधि हासिल गरेको हो ।

बीवाईडी सिलले होन्डा एन–भ्यान ई र हुन्डाई आयोनिक ५ एनलाई पछि पार्दै सो उपाधि हासिल गरेको हो । बीवाईडी सिलले यो भन्दा पहिले पनि २०२४–२०२५ जापान कार अफ द इयरमा ‘टप १० बेस्ट मोडल’ को उपाधि पाइसकेको थियो ।

बीवाईडी सिल जापानमा सन् २०२४ मा रियर ह्विल र फोर ह्विल ड्राइभका साथ भित्रिएको थियो । सो अवार्डको आयोजक ईभीस्मार्टले बीवाईडी सिलको डिजाइन स्टाइल र कम्प्रिहेन्सिभ पर्फमेन्सका कारण पब्लिक र इन्डष्ट्रि भोटिङ पाएको बताएको छ ।

बीवाईडी सिलमा २.५६ किलोवाट आवरको बीवाईडी ब्लेड ब्याट्रीको प्रयोग गरिएको छ । यसको फोर ह्विल ड्राइभ ट्रिमले ३.८ सेकेन्डमा ० देखि १०० किलोमिटर सम्मको गति लिन्छ भने रियर ह्विल ड्राइभले ५.९ सेकेन्डमा लिन्छ ।

२०२५ बीवाईडी सिलले ५१०, ६५० र ६०० किलोमिटरको रेन्ज दिन्छ । फास्ट चार्जिङमार्फत यसलाई २० मिनेटमा ३० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।

नेपाली बजारमा समेत बीवाईडी सिल ईभी उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

चीनमा विवाइडी करको विक्रीमा उछाल, बजार हिस्सा १२.७ प्रतिशत पुग्यो

चीनमा विवाइडी करको विक्रीमा उछाल, बजार हिस्सा १२.७ प्रतिशत पुग्यो

गत महिना चीनमा प्यासेन्जर कारको बिक्री अघिल्लो वर्षको सोही महिनाको...

यसकारण अब्बल छ बीवाईडीको ब्लेड ब्याट्री : नेल पेनेट्रेसनमा यसरी बनेको थियो सफल

यसकारण अब्बल छ बीवाईडीको ब्लेड ब्याट्री : नेल पेनेट्रेसनमा यसरी बनेको थियो सफल

नयाँ दिल्ली – बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इंक र बीवाईडी...

तीन वर्षदेखि थन्किएका बिजुली बस सञ्चालनमा

तीन वर्षदेखि थन्किएका बिजुली बस सञ्चालनमा

काठमाडौं । लामो समयदेखि लुम्बिनीमा थन्किएका बिजुली बस बिहीबारदेखि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...