चीनमा इमर्जिङ न्यु इनर्जी भेइकलको सूची सार्वजनिक, नेपालमा उपलब्ध अधिकांश मोडल सूचीमा

चीनमा इमर्जिङ न्यु इनर्जी भेइकल (एनईभी) निर्माता कम्पनीहरुले सन् २०२४ को उपलब्धि सार्वजनिक गरेका छन् । यससँगै चीनमा यस्ता कम्पनीहरु मध्ये सबैभन्दा राम्रो परफर्मेन्स गर्ने कम्पनीहरुको सूची समेत सार्वजनिक भएको छ ।

सार्वजनिक सूची अनुसार लि अटो, हार्मोनी इन्टेलिजेन्ट मोबिलिटी एलायन्स (हिमा) र जीएसी एयोनले टप थ्रीको दावी गरेका छन् । यी तीन कम्पनीले समग्रमा यो वर्ष ३ लाख ५० हजार सवारी साधन बिक्री गरेका छन् । चीनमा यो वर्ष यस्ता न्यु इनर्जी प्यासेन्जर भेइकल १ करोड १० लाख युनिट बिक्री भएको बताइएको छ ।

इमर्जिङ न्यु इनर्जी अटो निर्माता कम्पनी भन्नाले इलेक्ट्रिक र प्लग–इन हाइब्रिड सवारी साधन उत्पादन गर्ने नयाँ कम्पनीहरुलाई जनाउँछ, जुन केही समय यता मात्र अस्तित्वमा आएका हुन् । परम्परागत डिजेल वा ग्यासोलिन इन्जिन कार उत्पादन गर्ने कम्पनी भन्दा यस्ता कम्पनीहरुको पहिचान नै फरक हुन्छ । चीनमा सामान्यतः नियो, लि अटो र एक्सपेङ लगायतका ब्रान्डलाई यो श्रेणीमा राख्ने गरिन्छ ।

ली अटोले सन् २०२४ मा ५ लाख सवारी साधन बिक्री गरेको छ, जुन अघिल्लो वर्ष भन्दा करिव ३३ प्रतिशत बढी हो ।

हिमा अन्तर्गतका कम्पनीले यो वर्ष ४ लाख ४५ हजार कार बिक्री गरे । हिमा अन्तर्गत एइटो, लुक्सिड, मेक्स्ट्रो र स्टेलाटो ब्रान्ड पर्छन् । यसमा पनि सबैभन्दा बढी बिक्रीको योगदान एइटोको छ । १२ महिनाको अवधिमा एइटो एम९ मोडलका लागि २ लाख अर्डर आएकोमा यसको डेलिभरी १ लाख ९० हजार युनिट गरिएको छ । एइटो सेरेस र हुवावेको संयुक्त लगानीको कम्पनी हो ।

जीएसी एयोनको बिक्री ३ लाख ५४ हजार युनिट पुगेको छ । यद्यपि सन् २०२३ मा ४ लाख ८० हजार युनिट बिक्री भएको सो कारको बिक्री तुलनात्मक रुपमा १४ प्रतिशतले घटेको छ ।

सूचीको चौथो नम्बर देखि क्रमशः लिपमोटर, दिपल, जिकर, नियो, एक्सपेङ, शाओमी लगायतका ब्रान्ड छन् ।

यी सबै ब्रान्ड मध्ये अधिकांश ब्रान्ड नेपाली बजारमा समेत उपलब्ध छन् ।

सन् २०२५ पनि यी सबै ब्रान्डका लागि चुनौतीपूर्ण हुने देखिएको छ । धेरै कम्पनीहरुले प्राइस वार गर्ने संकेत गरिसकेका छन् र त्यसै अनुसार तयारी अगाडि बढाइरहेका छन् ।

सम्बन्धित समाचारहरू

टाटाका ईभीको अब हुनेछ नयाँ पहिचान, नयाँ ब्रान्ड हुनेछ Tata.ev

टाटाका ईभीको अब हुनेछ नयाँ पहिचान, नयाँ ब्रान्ड हुनेछ Tata.ev

टाटा मोटर्सले आफ्ना प्यासेन्जर ईभीका लागि नयाँ ब्रान्ड लन्च गरेको छ । सो...

एमएडब्लू वृद्धिको अर्को माइलस्टोन : नेपालगञ्जमा दिपल एस०५ र नामी भिगो सार्वजनिक

एमएडब्लू वृद्धिको अर्को माइलस्टोन : नेपालगञ्जमा दिपल एस०५ र नामी भिगो सार्वजनिक

काठमाडौं – नेपालमा दिपल र नामी विद्युतीय गाडीहरूको आधिकारिक वितरक...

टाटा ईभीको प्रि–बजेट एक्सचेन्ज फेस्ट अब जेठ ७ सम्म

टाटा ईभीको प्रि–बजेट एक्सचेन्ज फेस्ट अब जेठ ७ सम्म

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...