चीनले सन् २०३० सम्ममा आकाशमा १ लाख फ्लाइङ कार उडाउने

चीनले सन् २०३० सम्ममा १ लाख भन्दा बढी इलेक्ट्रिक फ्लाइङ कार, फ्लाइङ ट्याक्सी र ड्रोन आकाशमा उडाउने योजना बनाएको छ । यसका लागि चीनको प्रमुख सहरमा फ्लाइङ कारको लागि तयारी गरिरहेको छ ।

रिपोर्टका अनुसार आगामी दुई तीन वर्षभित्र हवाई यातायात नेटवर्क र फ्लाइङ कारको लागि ग्राउन्ड सुविधाको काम ठुलो मात्रामा सम्पन्न हुनेछ । यसपछि सन् २०२६ बाट फ्लाइङ कारको उत्पादन पनि सुरु हुनेछ । उक्त फ्लाइङ कारलाई इलेक्ट्रिक भर्टिकल टेकअफ एण्ड ल्यान्डिङ भेहिकल (ईभीटीओएल) नामले पनि चिनिन्छ ।

भर्टिकल टेकअफ एण्ड ल्यान्डिङ गर्ने क्षमताको कारण यसलाई धेरै तरिकामा प्रयोग गर्न सकिनेछ । यसलाई एक ठाउँबाट अर्को ठाउँमा सहज यात्रा गर्नुका साथै सामान ढुवानी, आपतकालीन सेवा र कार्गो ढुवानीका लागि पनि प्रयोग गर्न सकिनेछ र भविष्यमा सडकमा गुड्ने सवारी साधन जस्तै उपयोग गर्ने सकिने अनुमान गरिएको छ । यो ब्याट्रीमा चल्ने भएकाले प्रदूषणको जोखिम पनि हुँदैन।

यद्यपि यसको लागि सबैभन्दा ठुलो चुनौती भनेको यसको लागि छुट्टै पूर्वाधार तयार गर्नु हो । फ्लाइङ कारलाई सञ्चालन गर्नका लागि छुट्टै ट्रेनिङ र ड्राइभिङ लाइसेन्सका साथै व्यवस्थापन र व्यावसायिक मोडल एयरलाइन्सको आवश्यकता पर्नेछ ।

हाल फ्लाइङ कारको लागि चीन लगायत जापान, कोरिया र अमेरिका जस्ता देशले पनि ट्राफिक र यातायात सहज बनाउने उद्देश्यका साथ फ्लाइङ कारमा अनुसन्धान र विकासलाई प्रोत्साहन दिइरहेको छ । यी कारका लागि सडकमा छुट्टै लेन पनि हुनेछ र कम उचाइमा उड्न सक्नेछ । यसका लागि कैयौ देशमा भर्टिकल टेकअफ एण्ड ल्यान्डिङ गर्ने सवारी साधनका लागि नियम बनाउन थालिएको छ ।

चीनले सो फ्लाइङ कार दक्षिण कोरिया, मध्यपूर्व, अमेरिका र जापान जस्ता देशमा निर्यात गर्ने योजना बनाएको छ। एक परिवारको लागि अनुकूल र चार वा पाँच सिटको फ्लाइङ कारको मूल्य २ लाख पाउन्डसम्म पर्ने सक्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

चार्जिङ पूर्वाधार तयार गर्दै मारुती सुजुकी, पुलकार, चार्ज हब र स्मार्ट चार्ज पेटेन्ट

चार्जिङ पूर्वाधार तयार गर्दै मारुती सुजुकी, पुलकार, चार्ज हब र स्मार्ट चार्ज पेटेन्ट

मारुती सुजुकीले भविष्यका लागि आफ्नो रणनीति तयार पारेको छ । यसैलाई ध्यानमा...

आकर्षक मूल्य र सेग्मेन्ट फस्ट फिचरले ग्राहक तान्दै नामी

आकर्षक मूल्य र सेग्मेन्ट फस्ट फिचरले ग्राहक तान्दै नामी

अटो शो–२०२४ मा सर्बाधिक चर्चा कमाउन सफल ईभी हो, नामी । अटो शो सुरु हुनुभन्दा...

बीवाईडीले ल्यायो ९ मिनेटमै फुल चार्ज हुने नयाँ एसयूभी, यस्तो छ विशेषता

बीवाईडीले ल्यायो ९ मिनेटमै फुल चार्ज हुने नयाँ एसयूभी, यस्तो छ विशेषता

बीवाईडीले आफ्नो घरेलु बजार चीनमा नयाँ मिडसाइज एसयूभी सङ अल्ट्रा ईभी लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...