पहिलो इलेक्ट्रिक एसयूभी लन्च गर्ने तयारीमा रेन्ज रोभर, २२ मिनेटमै ८० प्रतिशत चार्ज हुने
जगुआर ल्याण्ड रोभरले आफ्नो पहिलो इलेक्ट्रिक रेन्ज रोभर सार्वजनिक गरेको छ...
काठमाडौं–चिनियाँ सरकारले आफ्ना स्वदेशी कार निर्माता कम्पनीहरूलाई विदेशी बजारमा अस्वाभाविक तथा आक्रामक रूपमा मूल्य घटाएर प्रतिस्पर्धा नगर्न कडा निर्देशन दिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा चिनियाँ सवारी साधनको उपस्थिति तीव्र गतिमा विस्तार भइरहेका बेला बजारको व्यावसायिक अनुशासन कायम राख्न बेइजिङले यो नयाँ मार्गनिर्देशन जारी गरेको हो ।
चीनको वाणिज्य मन्त्रालय र उद्योग तथा सूचना प्रविधि मन्त्रालयसहितका निकायहरूले संयुक्त रूपमा निर्देशन जारी गर्दै अनुचित लाभ लिनका लागि बिक्री च्यानल तथा बजारलाई प्रभावित पार्ने गरी अस्वस्थ प्रतिस्पद्र्धा नगर्न सचेत गराएका छन् ।
सरकारले जारी गरेको नयाँ निर्देशनअनुसार अब कार निर्माता कम्पनीहरूले मनपरी र अस्वस्थ रूपमा मूल्य घटाउन पाउने छैनन् । उनीहरूले स्थानीय कर, ढुवानी खर्च र उत्पादन लागतलाई ध्यानमा राखेर मात्र गाडीको मूल्य निर्धारण गर्नुपर्नेछ । यसका साथै ग्राहकलाई पछि थपिने शुल्कहरू वा अस्पष्ट अतिरिक्त रकम लिन प्रतिबन्ध लगाउँदै पारदर्शी मूल्य प्रणाली कायम गर्न भनिएको छ ।
कम्पनीहरूले गाडी बिक्री गरिने देशका स्थानीय कानुन, सवारी साधनको कनेक्टिभिटी र उपभोक्ताको डेटा गोपनीयता सम्बन्धी नियमहरूको अनिवार्य रूपमा पालना गर्नुपर्नेछ ।
सस्तो मूल्यमा मात्रै ध्यान नदिई सवारी साधनको गुणस्तर, मजबुत आपूर्ति श्रृंखला र स्थानीयस्तरमा गुणस्तरीय बिक्री पछिको ग्राहक सेवा विस्तारमा जोड दिन बेइजिङले आग्रह गरेको छ ।
युरोप, अष्ट्रेलिया वा अमेरिका जस्ता प्रमुख बजारहरूमा अतिरिक्त कर वा प्रतिबन्धको जोखिम बढेकाले चिनियाँ सरकारले आफ्ना कम्पनीहरूलाई नियन्त्रणमा राख्न यो कदम चालेको हो
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...