मोटरसाइकलको कर फागुन मसान्त भित्र बुझाएमा ५ वर्षको जरिवाना छुट
काठमाडौं – आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७५/७६ सम्म तोकिए बमोजिमको...
कारमा चाइल्ड सिट हुनु धेरै महत्वपूर्ण छ । चाइल्ड सिटले बच्चालाई कारमा बस्न सजिलो मात्र बनाउँदैन, यसले बच्चाको सुरक्षा पनि बढाउँछ ।
चाइल्ड सिट के हो ?
चाइल्ड सिट विशेषगरी कारमा बच्चाहरूको लागि डिजाइन गरिएको सिट हो । यो सिट ८ वर्ष मुनिका बालबालिकाको लागि निर्माण गरिएको हुन्छ । यो सस्तो र टिकाउ सामग्रीबाट बनेको हुन्छ । बच्चाको सुरक्षित यात्राको प्रत्याभुत गर्न सहजतामा प्रदान गर्न यसले महत्वपूर्ण भुमिका खेल्छ । यो सिटले दुर्घटनाको समयमा बच्चालाई सुरक्षा प्रदान गर्न समेत मद्धत गर्छ ।
चाइल्ड सिटलाई कारको अगाडि वा पछाडिको सिटमा जहाँ पनि राख्न सकिन्छ । यसलाई पट्टा वा सिट बेल्टको मद्दतले कारको सिटमा जोडिएको हुन्छ । चाइल्ड सिटले बच्चालाई स्थिर र सही स्थितिमा राख्छ । बजारमा विभिन्न प्रकारका चाइल्ड कार सिटहरू उपलब्ध छन् ।
चाइल्ड सिट किन आवश्यक छ ?
एक सर्वेक्षणका अनुसार बाल्यकालमा हुने मृत्यु र घाइतेको सूचीमा मोटर सवारी दुर्घटनाहरू शीर्ष स्थानमा रहने गरेको पाइन्छ । चाइल्ड सिटले ७१ प्रतिशतले चोटपटकको जोखिम कम गर्छ र मृत्युलाई २८ प्रतिशतले घटाउँछ । खतरनाक र खराब सडकमा चाइल्ड सिट मुख्य रूपमा अति आवश्यक छ । दुर्घटनाको समयमा कार भित्रका यात्रुहरू कारको गतिमा चल्छन् र तिनीहरूको टाउको वा शरीर कारको अगाडि ठोकिन्छ, जसले गर्दा चाइल्ड सिट आवश्यक छ ।
कारको अगाडिको सिटमा बसेका व्यक्तिको शरीर ड्यासबोर्डमा ठोक्किन्छ भने पछाडि बसेका व्यक्तिको शरीर अगाडिको सिटमा ठोक्किन्छ । चाइल्ड सिट यस्तो समयमा जीवन रक्षक साबित हुन सक्छ । तथ्याङ्कका अनुसार कार सिटले शिशुको अवस्थामा लगभग ७१ प्रतिशत र बालबालिकाको मामलामा लगभग ५४ प्रतिशतले चोट कम गर्न मदत गर्छ ।
कसरी सही चाइल्ड सिट चयन गर्ने
कारको लागि सही चाइल्ड सिटको छनोट मुख्यतया कारको प्रकार र बच्चाको उमेरमा निर्भर गर्छ । साथै, बजारमा विभिन्न प्रकारका कार सिटहरू उपलब्ध छन् । कार सिट कडा सामग्रीबाट बनेको हुन्छ जसले भित्र बसेका व्यक्तिलाई बचाउन सक्छ र क्षतिको प्रभावलाई पनि कम गर्छ ।
काठमाडौं – आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७५/७६ सम्म तोकिए बमोजिमको...
कृत्रिम बौद्धिकता (एआई) प्रविधिको तीव्र विस्तारसँगै विश्वव्यापी रूपमा...
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १३२ मा चालकले आफूले चलाइरहेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...