चाइल्ड सिट के हो र किन आबश्यक छ कारमा ?

कारमा चाइल्ड सिट हुनु धेरै महत्वपूर्ण छ । चाइल्ड सिटले बच्चालाई कारमा बस्न सजिलो मात्र बनाउँदैन, यसले बच्चाको सुरक्षा पनि बढाउँछ ।

चाइल्ड सिट के हो ?
चाइल्ड सिट विशेषगरी कारमा बच्चाहरूको लागि डिजाइन गरिएको सिट हो । यो सिट ८ वर्ष मुनिका बालबालिकाको लागि निर्माण गरिएको हुन्छ । यो सस्तो र टिकाउ सामग्रीबाट बनेको हुन्छ । बच्चाको सुरक्षित यात्राको प्रत्याभुत गर्न सहजतामा प्रदान गर्न यसले महत्वपूर्ण भुमिका खेल्छ । यो सिटले दुर्घटनाको समयमा बच्चालाई सुरक्षा प्रदान गर्न समेत मद्धत गर्छ ।
चाइल्ड सिटलाई कारको अगाडि वा पछाडिको सिटमा जहाँ पनि राख्न सकिन्छ । यसलाई पट्टा वा सिट बेल्टको मद्दतले कारको सिटमा जोडिएको हुन्छ । चाइल्ड सिटले बच्चालाई स्थिर र सही स्थितिमा राख्छ । बजारमा विभिन्न प्रकारका चाइल्ड कार सिटहरू उपलब्ध छन् ।

चाइल्ड सिट किन आवश्यक छ ?
एक सर्वेक्षणका अनुसार बाल्यकालमा हुने मृत्यु र घाइतेको सूचीमा मोटर सवारी दुर्घटनाहरू शीर्ष स्थानमा रहने गरेको पाइन्छ । चाइल्ड सिटले ७१ प्रतिशतले चोटपटकको जोखिम कम गर्छ र मृत्युलाई २८ प्रतिशतले घटाउँछ । खतरनाक र खराब सडकमा चाइल्ड सिट मुख्य रूपमा अति आवश्यक छ । दुर्घटनाको समयमा कार भित्रका यात्रुहरू कारको गतिमा चल्छन् र तिनीहरूको टाउको वा शरीर कारको अगाडि ठोकिन्छ, जसले गर्दा चाइल्ड सिट आवश्यक छ ।

कारको अगाडिको सिटमा बसेका व्यक्तिको शरीर ड्यासबोर्डमा ठोक्किन्छ भने पछाडि बसेका व्यक्तिको शरीर अगाडिको सिटमा ठोक्किन्छ । चाइल्ड सिट यस्तो समयमा जीवन रक्षक साबित हुन सक्छ । तथ्याङ्कका अनुसार कार सिटले शिशुको अवस्थामा लगभग ७१ प्रतिशत र बालबालिकाको मामलामा लगभग ५४ प्रतिशतले चोट कम गर्न मदत गर्छ ।

कसरी सही चाइल्ड सिट चयन गर्ने
कारको लागि सही चाइल्ड सिटको छनोट मुख्यतया कारको प्रकार र बच्चाको उमेरमा निर्भर गर्छ । साथै, बजारमा विभिन्न प्रकारका कार सिटहरू उपलब्ध छन् । कार सिट कडा सामग्रीबाट बनेको हुन्छ जसले भित्र बसेका व्यक्तिलाई बचाउन सक्छ र क्षतिको प्रभावलाई पनि कम गर्छ ।

सम्बन्धित समाचारहरू

ड्राइभिङको समयमा कार पानीमा डुबेमा के गर्ने ?

ड्राइभिङको समयमा कार पानीमा डुबेमा के गर्ने ?

पुल भत्किँदा र सडकमा बाढी आउँदा कयौंपटक कठिन अवस्थाको सामना गर्नुपर्ने...

वाइपर ब्लेडको छनोटमा ध्यान दिनु पर्ने ५ कुरा

वाइपर ब्लेडको छनोटमा ध्यान दिनु पर्ने ५ कुरा

कारको वाइपर विशेषगरी वर्षायाममा निकै उपयोगी पार्ट्स हो । कारको वाइपर...

साझा यातायातले अपडेट सहित ल्यायो साझा प्लस एप, बसको रुट र अन्य विवरण हेर्न सकिने

साझा यातायातले अपडेट सहित ल्यायो साझा प्लस एप, बसको रुट र अन्य विवरण हेर्न सकिने

काठमाडौं – साझा यातायातले अपडेट सहितको नयाँ एप ‘साझा प्लस’ ल्याएको छ । उक्त...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...