मंसिर २२ गते हुने नाडाको वार्षिक साधारण सभामा प्रमुख अतिथि बन्न अर्थमन्त्रीलाई आग्रह

काठमाडौं – नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ८ सदस्यिय प्रतिनिधिमण्डलले आइतबार अर्थमन्त्री जनार्दन शर्मासँग मन्त्रालयमा भेट गरेको नाडाले जनाएको छ । उक्त भेटघाटमा अध्यक्ष दुलालले सरकारले ल्याएको प्रतिस्थापन बजेटबाट अटोमोबाइल व्यवसायमा सकारात्मक प्रभाव पारेको कारण सवारी साधनहरुको आयातमा आर्थिक बर्ष २०७६/०७७ को तुलनामा आर्थिक बर्ष २०७७/७८ मा सतप्रतिशत वृद्धि भएको र चालु आर्थिक बर्षमा अझ वृद्धि हुने बताउदै सरकारले ल्याएका नीतिहरुको निरन्तरताका लागि समेत आग्रह गरे ।

सो भेटघाट तथा छलफलमा अध्यक्ष दुलालले मिति २०७८ मंसिर २२ गते काठमाडौमा सम्पन्न हुने नाडाको आउदो ४५ औं वार्षिक साधारण सभाको प्रमुख अतिथिका लागि अनुरोध समेत गरेको नाडाले जनाएको छ ।

उक्त छलफलमा उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उप्रेती लगायत मोटरसाइकल समितिका सभापति अभिक ज्योति, कन्सट्रक्सन इक्विपमेन्ट, वर्कशप टुल्स एण्ड ट्रयाक्टर समितिका सभापति मिलनबाबु मल्ल तथा एसोसिएसन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचारहरू

वाडा अटो शो २०२६ : फायर सेफ्टी पार्टनर हिट्कोका इक्विपमेन्टको फरक स्टल

वाडा अटो शो २०२६ : फायर सेफ्टी पार्टनर हिट्कोका इक्विपमेन्टको फरक स्टल

पोखरा – पोखरामा जारी नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२६ मा सवारी साधन मात्र...

अटो शोमा ट्राइम्फका १५० भन्दा बढी मोटरसाइकल बुकिङ

अटो शोमा ट्राइम्फका १५० भन्दा बढी मोटरसाइकल बुकिङ

काठमाडौं–भृकुटीमण्डपमा जारी नाडा अटो शो–२०२४ मा ट्राइम्फ मोटरसाइकलले...

प्रधानमन्त्री कार्कीसँग भयाे नाडाको भेट: सुस्ताएको अटोमोबाइल क्षेत्रलाई गतिशील बनाउने प्रतिबद्धता

प्रधानमन्त्री कार्कीसँग भयाे नाडाको भेट: सुस्ताएको अटोमोबाइल क्षेत्रलाई गतिशील बनाउने प्रतिबद्धता

काठमाडौं – नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...