ओमोडा, जेइको र जेटुर पछि अब चेरीको अर्को सब–ब्रान्ड हुनेछ लेपास

हालै चीनमा सम्पन्न २०२४ चेरी इन्टरनेसनल युजर समिटमा चेरीले अन्तर्राष्ट्रिय बजारका लागि अर्को ब्रान्ड ‘लेपास’ को घोषणा गरेको छ ।

चेरीले लेपासको अर्थ के हो भनेर प्रष्ट्याएको छैन । तर लेपासले ‘धनी, करिज्म्याटिक र उच्च नेटवर्थ भएका सहरी अभिजात वर्ग’ लाई लक्ष्यित गर्ने र सो ब्रान्डको प्रोडक्ट इमेज ‘योङ, स्टाइलिस र टेक–ड्रिभन’ हुने उल्लेख गरेको छ ।

चेरीले लेपासलाई ‘प्रोडक्ट लाइन’ भनेको छ र यो चेरी ब्रान्ड अन्तर्गत रहने बताएको छ । यो चेरीको टिग्गो सिरिजका एसयूभी भन्दा माथिल्लो पोजिसनमा रहने समेत बताइएको छ ।

लेपासको पहिलो मोडल लेपास ८ हुनेछ, जुन चेरी टिग्गो ८ प्रो एसयूभी साइज जस्तै हुनेछ । बजारमा यसको उपलब्धता हुने समय वारेमा भने केही बताइएको छैन ।

लेपास अन्तर्गत कम्बसनका साथै प्लग–इन–हाइब्रिड र फुल्ली इलेक्ट्रिक ड्राइभट्रेन सम्मका सवारी साधन उपलब्ध हुने बताइएको छ ।

चेरी अन्तर्गत विभिन्न ब्रान्ड रहेका छन् । नेपालमा पनि चेरी र यसको सब–ब्रान्ड जेइको समेत एउटै आयातकर्ता एसपीजी अटोमोबाइल्सले बिक्री–वितरण गरिरहेको छ । विश्वका विभिन्न देशमा कुनैमा एउटै आयातकर्ताले यस्ता फरक ब्रान्ड बिक्री गरिरहेका छन् भने कुनैमा एउटैले गरिरहेका छन् ।

ग्लोबल भिजनको साथ दिगो भविष्य निर्माणका लागि ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट चीनको वुहुमा हालसालै भव्य रूपमा सम्पन्न भएको थियो । उक्त समिट अन्तर्गतको ‘लार्ज–स्केल ग्रिन च्यारिटी साइक्लिङ इभेन्ट’मा संयुक्त राष्ट्र संघका आठौँ महासचिव बान कि–मुनले सहभागिता जनाई आफ्नो भनाइ पनि राखेका थिए ।

सम्मेलनमा ‘ओमोडा एन्ड जेइको’को प्यारेन्ट कम्पनी र आइयुसिएन (इन्टरनेसनल युनियन फर कन्जर्भेसन अफ नेचर) बीच ‘चेरिस नेचर’ नामक ग्लोबल को–अपरेसन प्रोजेक्ट (सहयोग परियोजना)मा हस्ताक्षरसहित परियोजनाको औपचारिक आरम्भ पनि भएको थियो ।

सम्मेलनमा नेपालको तर्फबाट ओमोडा एन्ड जेइको नेपालका ग्राहक तथा उपभोक्ता राजन सापकोटा र मिलन चाम्लिङको पनि सहभागिता रहेको थियो ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक सवारी साधनको लागत कम गर्न महिन्द्रा र फक्सवागनको सम्झौता

इलेक्ट्रिक सवारी साधनको लागत कम गर्न महिन्द्रा र फक्सवागनको सम्झौता

महिन्द्रा एण्ड महिन्द्राले इलेक्ट्रिक कम्पोनेन्टका लागि ग्लोबल अटो...

यस्तो छ नेपाली बजारमा बिक्री शुरु हुन लागेको ह्वाजीको मिनी इलेक्ट्रिक कार

यस्तो छ नेपाली बजारमा बिक्री शुरु हुन लागेको ह्वाजीको मिनी इलेक्ट्रिक कार

नेपाली इभी बजारमा अर्को नयाँ व्राण्डको मिनी कार भित्रिएको छ । चीनको...

एउटै प्लेटफर्ममा सबै सवारी विकास गर्न सकिने ‘जीडब्ल्यूएम वान प्लेटफर्म’ लन्च

एउटै प्लेटफर्ममा सबै सवारी विकास गर्न सकिने ‘जीडब्ल्यूएम वान प्लेटफर्म’ लन्च

चीनको अटोमोबाइल निर्माता कम्पनी ग्रेट वाल मोटर्सले विश्वकै पहिलो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...