चेरीसंगको साझेदारीमा जेएलआर फ्रिल्यान्डरको पुनरागमन, पहिलो विद्युतीय एसयूभी सार्बजनिक

चेरी र ज्यागुअर ल्यान्ड रोभर(जेएलआर) मिलेर नयाँ विद्युतीय एसयूभी फ्रिल्यान्डर ८ निर्माण गरका छन् । विगत केही समययता बन्द अवस्थामा रहेको फ्रिल्यान्डर नेम प्लेटलाई जेएलआरले चेरीसंगको साझेदारीमा फिर्ता ल्याएको हो । जसअन्तर्गत, पहिलो मोडल फ्रील्यान्डर ८ इलेक्ट्रिक एसयूभीलाई सार्बजनिक गरिएको छ ।

फ्रिल्यान्डर ८ यस महिनाको सुरुमा सार्वजनिक गरिएको कन्सेप्ट ९७ मा आधारित पूर्ण–विद्युतीय एसयूभी हो । यसमा अपराइट स्ट्यान्स र चारैतिर बलियो प्लास्टिक क्ल्याडिङ भएको बक्सी डिजाइन छ ।

एसयूभीको फ्रन्ट प्यानलमा ‘फ्रिल्यान्डर’ अक्षर उभिएको ब्ल्याङ्क–अफ फेसिया छ, जुन आयताकार एलईडी हेडल्याम्प र मार्कर लाइटहरूको सेटले घेरिएको छ ।

नयाँ आईम्याक्स प्लेटफर्ममा आधारित सो एसयूभी ब्याट्री इलेक्ट्रिक सहित प्लग–इन हाइब्रिड र रेन्ज एक्सटेन्डर पावरट्रेनमा समेत उपलब्ध हुने जनाइएको छ । ८०० भोल्ट आर्किटेक्चरमा तयार पारिएको यस एसयूभीले ३५० किलोवाट सम्मको फास्ट चार्जर सपोर्ट गर्ने बताइएको छ । एसयूभीमा कुन साइजको ब्याट्री जडान गरिनेछ भन्ने विषयमा दुबै कम्पनी मौन रहेका छन् ।

एसयूभीको भित्री भागमा पूर्ण–चौडाइको प्यानोरामिक डिस्प्ले र ठूलो फ्लोटिङ सेन्ट्रल टचस्क्रिन हुने अपेक्षा गरिएको छ । एसयूभीमा हुवोले विकास गरेको लिडार सिस्टम र एडास उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

नास्टले बनायो नेपालमै विद्युतीय स्कुटर : एक पटकको चार्जमा ५० किमी गुड्ने

नास्टले बनायो नेपालमै विद्युतीय स्कुटर : एक पटकको चार्जमा ५० किमी गुड्ने

नेपाल आयल निगमले निर्धारण गरेको मूल्य अनुसार हाल एक लिटर पेट्रोलको मूल्य...

यो हो आश्चर्यचकित पार्ने विश्वको सबैभन्दा तीव्र गतिको इलेक्ट्रिक कार

यो हो आश्चर्यचकित पार्ने विश्वको सबैभन्दा तीव्र गतिको इलेक्ट्रिक कार

क्रोएसियामा बनेको रिमाक नेभेरा इलेक्ट्रिक कारले सबैभन्दा तीव्र गतिको...

इलेक्ट्रिक बाइक प्योर ईभी ईट्रिस्ट ३५० : १५ डिलरबाट बुकिङ, १०० युनिट मात्र आउने

इलेक्ट्रिक बाइक प्योर ईभी ईट्रिस्ट ३५० : १५ डिलरबाट बुकिङ, १०० युनिट मात्र आउने

काठमाडौं – नेपाली बजारमा नयाँ इलेक्ट्रिक बाइक प्योर ईभी ईट्रिस्ट ३५० को...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...