चेरीको पहिलो ईभी पिकअप लन्च, यस्तो छ मूल्य र विशेषता

चेरी अटोमोबाइलले आफ्नो पहिलो पूर्ण–विद्युतीय पिकअप ट्रक, हिमला (रिली आर०८) लन्च गरेको छ । कुल ६ भेरिएन्टमा उपलब्ध यस ईभी पिकअपको सुरुवाती मूल्य १८ हजार ३०० डलर निर्धारण गरिएको छ ।

बडी–अन–फ्रेममा तयार भएको सो ईभी सिंगल मोटर रियर ह्वील ड्राइभ र डुअल मोटर अल ह्वील ड्राइभ कन्फिगरेसनमा उपलब्ध हुने जनाइएको छ । हिमला ईभीमा हनीकोम्ब स्टायलका ब्ल्याक एलिमेन्टले सजाइएको ठूलो बहुभुज फ्रन्ट ग्रिलको साथ आकर्षक डिजाइन दिइएको छ ।

सो नयाँ ईभीमा थ्री स्पोक मल्टिफंक्शन स्टेयरिङ ह्वील, १५.६ इन्च इन्च फ्लोटिङ सेन्ट्रल कन्ट्रोल स्क्रिन, एडप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ असिस्ट र अटोमेटिक इमर्जेन्सि ब्रेकिङ लगायत आधुनिक फिचर उपलब्ध गराइएको छ ।

६६.५४ र ८८ किलोवाट आवर ब्याट्री प्याक विकल्पमा उपलब्ध हिमलाको सिंगल मोटर रियर ह्वील ड्राइभ भेरिएन्टमा १५० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । त्यसैगरी डुअल मोटर अल ह्वील ड्राइभमा ३०० किलोवाट क्षमताको शक्तिशाली मोटर राखिएको छ । साथै, यसको रेन्ज ४०५ देखी ५०५ किलोमिटरसम्म दाबी गरिएको छ ।

सम्बन्धित समाचारहरू

एथर लाइनअपको अझै कम मूल्यको इलेक्ट्रिक स्कुटर अब नेपालमा, ९९९ रुपैयाँमा बुकिङ, मूल्य कति ?

एथर लाइनअपको अझै कम मूल्यको इलेक्ट्रिक स्कुटर अब नेपालमा, ९९९ रुपैयाँमा बुकिङ, मूल्य कति ?

काठमाडौं – नेपालमा एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जीले नयाँ...

२४० किमी रेन्ज दिने स्कुटर ल्याउदै छ नयाँ कम्पनी सिम्पल इनर्जीले

२४० किमी रेन्ज दिने स्कुटर ल्याउदै छ नयाँ कम्पनी सिम्पल इनर्जीले

सिम्पल इनर्जी भारतमा पहिलो इलेक्ट्रिक स्कुटर लन्च गर्ने तयारी अवस्थामा...

ओमोडाको नयाँ शोरुम बसुन्धरामा, घिसिङले भने – विद्युतीय गाडी हरेक क्षेत्रका लागि फाइदाजनक छ

ओमोडाको नयाँ शोरुम बसुन्धरामा, घिसिङले भने – विद्युतीय गाडी हरेक क्षेत्रका लागि फाइदाजनक छ

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...