यी नयाँ फिचर थप भएर आउँदै टिगोर इभी
टाटा मोटर्सले टिगोर इभीमा फिचर अपडेट गर्ने भएको छ । यो नयाँ अपडेटेड इभी...
काठमाडौं – केही दिन पहिले सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरे लगत्तै विद्युतीय कारको चर्चा चुलिएको छ । सरकारले पहिले तोकिएको अन्तःशुल्क खारेज गर्नुका साथै भन्सार दर पनि उल्लेख्य घटाएको छ ।
यो अवस्थामा नेपाली बजारमा उपलब्ध अधिकांश कम्पनीहरुले आफूले बिक्री गर्ने विद्युतीय गाडीको मूल्य समायोजन गरेका छन् । पहिले भन्दा लाखौ रुपैयाँ मूल्य घटाउने कम्पनीहरुले घोषणा गरेका छन् ।
यो अवस्थामा एउटा नयाँ कम्पनी ग्रेटवालको ओरा आर१ इलेक्ट्रिक कारतिर समेत धेरैले चासो दिन थालेका छन् । संसारकै सबैभन्दा सस्तो भनेर दावी गरिएको ओरा आर१ नेपाली बजारमा पनि आउने सम्भावना छ ।
ओरा आर१ निर्माता कम्पनी ग्रेटवालको आधिकारिक वितरकको रुपमा विशाल ग्रुप अन्तर्गतको भीजी इम्पेक्स नियुक्त भइसकेको छ । भीजी इम्पेक्सले ग्रेटवालका गाडी नेपाली बजारमा उपलब्ध गराउने तयारी समेत लामो समय देखि गरिरहेको छ । यो अवस्थामा पक्कै पनि कम्पनीले ओरा आर१ विद्युतीय गाडी समेत नेपाली बजारमा उपलब्ध गराउने अपेक्षा गर्न सकिन्छ ।
यद्यपि भीजी इम्पेक्सले यसको वारेमा आधिकारिक जानकारी दिएको छैन । हालको कर संरचना अनुसार ओरा आर१ को मूल्य नेपाली बजारमा २० लाख रुपैयाँको हाराहारीमा पर्न सक्ने अनुमान गरिएको छ । यसको आधारमा यो नेपाली बजारमा उपलब्ध हुने सर्बाधिक सस्तो मूल्यको इलेक्ट्रिक कार हुने धेरैले अपेक्षा गरेका छन् ।
संसारकै सबैभन्दा सस्तो इलेक्ट्रिक कार हुनु नै यसको विशेषता हो । यसलाई अल इलेक्ट्रिक एमई प्लेटफर्ममा निर्माण गरिएको छ । यसमा ३३ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक र ३३ किलोवाटको इलेक्ट्रिक मोटर छ । एक पटक फुल चार्ज गर्दा सो कारले ३५१ किलोमिटरको दुरी तय गर्ने बताइएको छ ।
टाटा मोटर्सले टिगोर इभीमा फिचर अपडेट गर्ने भएको छ । यो नयाँ अपडेटेड इभी...
विश्व अटो उद्योगको भविष्य विद्युतीय सवारीमा छ। अमेरिकी राष्ट्रपति जो...
काठमाडौं – आर्क्स ग्रुपले राजधानीमा विशेष कार्यक्रमको आयोजना गरी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...