भारतको एक इलेक्ट्रिक स्टार्टअप कम्पनीले ३ पाङ्ग्राको स्ट्रोम आर३ गएको वर्ष मोटर शोमा प्रदर्शन गरेको थियो । जसको बुकिङ हालै सुरु गरिएको छ । सो कारको बुकिङ सुरु भएको ४ दिन भित्रै नै लगभग ७ करोड ५ लाख भारु बराबरको अर्डर पाइसकेको छ । यद्यपि यसको सीमित भर्सन मात्र उत्पादन गरिनेछ ।
सो इलेक्ट्रिक कार १० हजार भारुमा बुक गर्न सकिन्छ । यसको सुरुवाती ग्राहकको लागि प्रिमियम अडियो सिस्टम, कलरको विकल्प र ३ वर्षको निशुल्क मेन्टिनेन्सको सुविधा रहेको छ । यसको डेलिभरी २०२२ देखि सुरु हुनेछ ।
स्ट्रोम आर३ को मूल्य ४ लाख ५ हजार भारु तोकिएको छ । जसमा कम्पनीले ४८ भोल्ट लिथियम आयोन ब्याट्री र १५ केडब्ल्यु एसी इलेक्ट्रिक मोटरको प्रयोग गरिएको छ । सो कारको टप स्पिड ८० किलोमिटर प्रति घन्टा रहेको छ । सो कारले फुल चार्जमा २०० किलोमिटरको रेन्ज दिने कम्पनीले दावी गरिएको छ ।
स्ट्रोम आर३ लाई १५ एम्पियर पावर आउटलेटको माध्यमले ३ घन्टामा चार्ज गर्न सकिन्छ । सो कारमा ३ ड्राइभिङ मोड इको, नर्मल र स्पोर्ट्स दिइएको छ । स्ट्रोम आर३ ३ टायर भएको हुनाले यसमा प्रवेशको लागि २ ढोका समावेश गरिएको छ ।
कारको फ्रन्ट डिजाइन चुच्चो आकारको छ । यसको लम्बाई २९०७ एमएम, चौडाई १४०५ एमएम, उचाई १५७२ एमएम र ग्राउन्ड क्लियरेन्स १८५ एमएम रहेको छ ।