जनवरी २०२५ मा शीर्ष १० एसयूभी बिक्रीको तथ्याङक सार्वजनिक, नम्बर वानमा हुन्डाई क्रेटा
२०२५ को जनवरीमा केही एसयूभी बिक्री उल्लेखनीय वृद्धि भएको छ भने केही घटेको छ...
मारुती सुजुकीले पपुलर ह्याचब्याक वागन आरको नयाँ भर्सन लन्च गरेको छ । यसको नाम वागन आर टुर एच३ राखिएको छ । भारतमा यसको मूल्य ५ लाख ३९ हजार भारु तोकिएको छ ।
फ्लिट मार्केटका लागि डिजाइन गरिएको वागनआर टुर एच३ सुपेरियर ह्वाइट र सिल्की सिल्भर गरी दुई कलर अप्सनमा उपलब्ध हुनेछ । कारमा स्पिड अलर्ट सिस्टम, ईबीडीका साथ एबीएस, ड्युअल एयरब्याग र फ्रन्ट पावर विन्डो जस्ता फिचर उपलब्ध छन् ।
यसमा १.० लिटरको थ्री सिलिन्डर इन्जिन छ, जसले ६४ बीएचपी पावर र ९० एनएम टर्क जेनेरेट गर्छ । यसमा ५–स्पिड म्यानुअल ट्रान्समिसन छ । यो सीएनजी भेरिएन्टमा समेत उपलब्ध छ ।
सुजुकीको यो ह्याचब्याक स्पोर्टी बडी कलर्ड बम्पर, ब्ल्याक आउट ओआरभीएम, ह्विल सेन्टर क्याप आदिका साथ उपलब्ध छ । त्यसैगरी यसमा ड्युअल टोन इन्टेरियर, फ्रन्ट क्याबिन ल्याम्प आदि उपलब्ध छ भने दुवैतिर हेडरेस्ट दिइएको छ । यी वाहेक साइड अटो डाउन फङसनका साथ फ्रन्ट पावर विन्डो, म्यानुअल एसी, रिक्लाइनिङ र फ्रन्ट स्लाइडिङ सिट, रियर पार्सल ट्रे जस्ता फिचर समेत छन् ।
सुरक्षाका लागि यसमा सेन्ट्रल डोर लकिङ, ड्युअल एयरब्याग, ईबीडीका साथ एबीएस, स्पिड लिमिट फङसन र रियर पार्किङ सेन्सर आदि छन् । यसको पेट्रोल भेरिएन्टले २५.४ किलोमिटर र सीएनजी भेरिएन्टले ३४.७३ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ ।
मारुती सुजुकीको वागन आर निकै नै सफल मोडल हो । सन् १९९९ देखि बजारमा उपलब्ध यो कारमा विभिन्न क्लास लिडिङ फिचर उपलब्ध हुने गरेको छ ।
२०२५ को जनवरीमा केही एसयूभी बिक्री उल्लेखनीय वृद्धि भएको छ भने केही घटेको छ...
मारुती सुजुकी ब्रेजा अब पहिले भन्दा महँगो भएको छ र यसको मूल्य ८ लाख ६९ हजार...
मारुती सुजुकीले भारतीय बजारमा आगामी जुन ३० मा लन्च गर्ने तयारी गरिरहेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...