मारुती सुजुकीले ल्यायो सस्तो भर्सनको कार, माइलेज पनि धेरै

मारुती सुजुकीले पपुलर ह्याचब्याक वागन आरको नयाँ भर्सन लन्च गरेको छ । यसको नाम वागन आर टुर एच३ राखिएको छ । भारतमा यसको मूल्य ५ लाख ३९ हजार भारु तोकिएको छ ।

फ्लिट मार्केटका लागि डिजाइन गरिएको वागनआर टुर एच३ सुपेरियर ह्वाइट र सिल्की सिल्भर गरी दुई कलर अप्सनमा उपलब्ध हुनेछ । कारमा स्पिड अलर्ट सिस्टम, ईबीडीका साथ एबीएस, ड्युअल एयरब्याग र फ्रन्ट पावर विन्डो जस्ता फिचर उपलब्ध छन् ।

यसमा १.० लिटरको थ्री सिलिन्डर इन्जिन छ, जसले ६४ बीएचपी पावर र ९० एनएम टर्क जेनेरेट गर्छ । यसमा ५–स्पिड म्यानुअल ट्रान्समिसन छ । यो सीएनजी भेरिएन्टमा समेत उपलब्ध छ ।

सुजुकीको यो ह्याचब्याक स्पोर्टी बडी कलर्ड बम्पर, ब्ल्याक आउट ओआरभीएम, ह्विल सेन्टर क्याप आदिका साथ उपलब्ध छ । त्यसैगरी यसमा ड्युअल टोन इन्टेरियर, फ्रन्ट क्याबिन ल्याम्प आदि उपलब्ध छ भने दुवैतिर हेडरेस्ट दिइएको छ । यी वाहेक साइड अटो डाउन फङसनका साथ फ्रन्ट पावर विन्डो, म्यानुअल एसी, रिक्लाइनिङ र फ्रन्ट स्लाइडिङ सिट, रियर पार्सल ट्रे जस्ता फिचर समेत छन् ।

सुरक्षाका लागि यसमा सेन्ट्रल डोर लकिङ, ड्युअल एयरब्याग, ईबीडीका साथ एबीएस, स्पिड लिमिट फङसन र रियर पार्किङ सेन्सर आदि छन् । यसको पेट्रोल भेरिएन्टले २५.४ किलोमिटर र सीएनजी भेरिएन्टले ३४.७३ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ ।

मारुती सुजुकीको वागन आर निकै नै सफल मोडल हो । सन् १९९९ देखि बजारमा उपलब्ध यो कारमा विभिन्न क्लास लिडिङ फिचर उपलब्ध हुने गरेको छ ।

सम्बन्धित समाचारहरू

बीएस६ मापदण्डको १२५ सीसी सेग्मेन्टमा सुजुकी एक्सेस सबैभन्दा सस्तो स्कुटर

बीएस६ मापदण्डको १२५ सीसी सेग्मेन्टमा सुजुकी एक्सेस सबैभन्दा सस्तो स्कुटर

नेपालमा बीएस६ मापदण्डको स्कुटर आयात गर्ने कम्पनीमा सुजुकी मोटरसाइकल तथा...

पहिलो इलेक्ट्रिक कार लन्च गर्ने तयारीमा मारुती सुजुकी

पहिलो इलेक्ट्रिक कार लन्च गर्ने तयारीमा मारुती सुजुकी

मारुती सुजुकी इलेक्ट्रिक क्षेत्रमा प्रवेश गर्ने तयारी गरिरहेको छ ।...

११ दिनपछि लन्च हुँदै नेक्स्ट–जेन मारुती डिजायर, यस्तो छ विशेषता

११ दिनपछि लन्च हुँदै नेक्स्ट–जेन मारुती डिजायर, यस्तो छ विशेषता

मारुति सुजुकीले नोभेम्बर ११ मा भारतीय बजारमा नयाँ जेन डिजायर लन्च गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...