टोयोटाको सस्तो एसयूभी सार्वजनिक, ३४ किमी प्रति लिटरको माइलेज दिने

टोयोटाले दक्षिण अफ्रिकामा भिट्ज नामक नयाँ ह्याचब्याक सार्वजनिक गरेको छ । यो दक्षिण अफ्रिकामा सुजुकीको इन्ट्री लेवल उत्पादन हुनेछ । सो एसयूभी यही वर्षको दोस्रो त्रैमासिकमा बिक्रीको लागि उपलब्ध हुनेछ ।

भिट्ज सेलेरियोको नयाँ भर्सन हो । स्टारलेट, अर्बन क्रुजर र रुमियन पछि यो दक्षिण अफ्रिकामा उपलब्ध हुने चौथो ब्याज–इन्जिनियर मोडेल हुनेछ ।

सेकेन्ड जेनेरेसनको मारुती सुजुकी सेलेरियो सन् २०२१ को अन्ततिर भारतीय बजारमा प्रवेश गरेको थियो भने दक्षिण अफ्रिकामा पहिलो पटक अपडेट हुनेछ । यसमा कम्पनीको ब्याज परिवर्तन गर्नुका साथै अन्य केही परिवर्तन भएको छैन । यसको मूल्य टोयोटा अग्या भन्दा सस्तो हुनेछ ।

टोयोटा भिट्जको तौल लगभग ८०० किलोग्राम हुनेछ । सो कारमा सेन्ट्रल लकिङ, ४ वटा पावर विन्डोज, इलेक्ट्रिक ओआरभीएम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, एएमटीमा हिल–होल्ड असिस्ट, किलेस इन्ट्री, माउन्टेड कन्ट्रोलसहितको स्टेयरिङ ह्विल, रियर विन्डस्क्रिन वाशर र वाइपर, रियर डिफोगर, ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, हाइट एड्जस्टेबल ड्राइभर सिट, फ्रन्टमा फग ल्याम्पजस्ता फिचर उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

टोयोटाले अर्बन क्रुजर ईभी नेपाल भित्र्याउने, यस्तो छ तयारी

टोयोटाले अर्बन क्रुजर ईभी नेपाल भित्र्याउने, यस्तो छ तयारी

अन्तर्राष्ट्रिय बजारमा लन्च भएसँगै टोयोटाको नयाँ ईभी अर्बन क्रुजर नेपाल...

दैनिक ६ युनिट बिक्री भए मर्सिडिज बेन्जका १ करोड भारु भन्दा बढी मूल्य पर्ने लक्जरी कार

दैनिक ६ युनिट बिक्री भए मर्सिडिज बेन्जका १ करोड भारु भन्दा बढी मूल्य पर्ने लक्जरी कार

भारतमा कोरोना कालमा भारुतमा लक्जरी कारको बिक्रीमा तीव्रता आएको छ । जर्मन...

बिक्री शून्य भएपछि कम्पनीले वेबसाइटबाट हटायो यो एसयूभी

बिक्री शून्य भएपछि कम्पनीले वेबसाइटबाट हटायो यो एसयूभी

टोयोटाको अर्बन क्रुजर एसयूभीको बिक्री शून्य भएपछि भारतमा कम्पनीले यसलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...