चार्ल्स लेक्लेर्कले जिते अष्ट्रेलियन ग्रांपी

अष्ट्रेलियाको मेलबर्नमा हिजो सम्पन्न कार रेस प्रतियोगिता अष्ट्रेलियन ग्रांपी फेरारीका चालक चार्ल्स लेक्लेर्कले जितेका छन् ।

अष्ट्रेलियामा १ हजार ११८ दिन पछि भएको रेसमा लेक्लेर्कले ५८ ल्याप्स एक घण्टा सत्ताइस मिनेट छयालिस सेकेन्डमा पुरा गरेका थिए । त्यस्तै करिब २० सेकेन्ड बढी लगाएर रेड बुलका सर्जियो पेरेजले दोस्रो स्थानमा रेस पुरा गरे भने मर्सिडिजका जर्ज रसेलले तेस्रो स्थान हासिल गरे ।

माइकल शुमाकरसँग संयुक्त कीर्तिमानी सात वल्र्ड ड्राइभर्स च्याम्पियनसिप उपाधि जितेका मर्सिडिजका लुइस ह्यामिल्टन चौथो स्थानमा रहे भने साउदी अरेबियन ग्रांपी बिजेता म्याक्स भर्सटापेन रिटायर हुन बाध्य भएका थिए ।

सिजन अनुसार विश्वका विभिन्न देशमा हुने फर्मुला वान कार रेस हिजो अष्ट्रेलियामा सम्पन्न भएको हो । वर्षभर विभिन्न स्थानमा हुने कार रेस प्रतियोगिता पश्चात अन्त्यमा सबै अंक जोड्दा बढी अंक प्राप्त गर्नेलाई विजेता घोषणा गरिन्छ ।

कार रेस समेत विश्वमा धेरै मानिसहरुले हेर्ने रोचक प्रतियोगिता हो । यसको क्रेज जहिले पनि उत्तिकै छ ।

सम्बन्धित समाचारहरू

खेलकुद महासंघमा मोटर स्पोर्ट्स क्षेत्रमा क्रियाशील पदाधिकारीहरु चयन

खेलकुद महासंघमा मोटर स्पोर्ट्स क्षेत्रमा क्रियाशील पदाधिकारीहरु चयन

काठमाडौं – एमाले निकट नेपाल खेलकुद महासंघको केन्द्रीय समितिमा अटोमोबाइल...

धुलिखेलमा नेपाल रेसर कपको रौनक : शनिबार फाइनल हुने

धुलिखेलमा नेपाल रेसर कपको रौनक : शनिबार फाइनल हुने

काठमाडौं – लकडाउन पश्चात पहिलो पटक धुलिखेलमा बाइक राइडरहरुका लागि आकर्षण...

कोलम्बोमा एसिया प्यासिफिक मोटर स्पोर्ट्स च्याम्पियनसिपको सुरुवात

कोलम्बोमा एसिया प्यासिफिक मोटर स्पोर्ट्स च्याम्पियनसिपको सुरुवात

नेपाल लगायतका विश्वका हिन्दुहरु महान चाड बडादशैमा व्यस्त हुने क्रममा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...