इलेक्ट्रिक कार सडकमा चल्दै गर्दा चार्ज हुने प्रविधिको विकास

कर्नेल विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको सडकमा गुड्ने क्रममा विद्युतीय सवारी साधनहरुलाई चार्ज गर्न सकिन्छ भन्ने सुझाब दिएका छन् जसले चार्जिङ इन्फ्रास्ट्रक्चरको अभावलाई मात्र हटाउँदैन दूरीको चिन्तालाई पनि कम गर्दछ। कर्नेल विश्वविद्यालयका एसोसिएट प्रोफेसर खुर्रम अफ्रीदीले यस समूहको नेतृत्व गरिरहेका छन्।

यस प्रक्रियामा प्रयोग गरिएको टेक्नोलोजी अन्तरक्रियात्मक चार्जिङ (इंडेक्टिभ चार्जिङ) हो, जुन कुनै नयाँ विषय होइन। यद्यपि सवारी साधन चार्ज गर्नका लागि सडकमा विशाल चुम्बकीय क्षेत्रहरू उत्पादन गर्नका लागि आवश्यक प्रविधिको प्रयोग गर्नु भने निकै चुनौतीपूर्ण हुनेछ ।

यो प्रविधिको प्रयोग नयाँ होइन, किनकि यसको परीक्षण अमेरिकाको क्यालिफोर्नियामा १९७०मा पनि गरिएको थियो। यद्यपि महँगो चुम्बकीय क्षेत्रलाई महँगो हार्डवेयर चाहिन्छ, जसले प्रदान गर्ने उर्जाको मात्रा भन्दा बढी उर्जाको माग गर्दछ।

यद्यपि कर्नेल अनुसन्धानकर्ताहरूले नासाको जेट प्रोपल्सन प्रयोगशालाको अनुभव प्रयोग गरी टेक्नोलोजी विकास गरेका छन्। यसले चुम्बकीय क्षेत्रको हाई फ्रिक्वेन्सी इलेक्ट्रिक फिल्ड प्रयोग गर्दछ। यस टेक्नोलोजीले १८ सेमीसम्म ग्राउण्ड क्लियरेन्स हुने गाडीहरूमा वायरलेस चार्जिङ अनुमति दिने गर्दछ ।

उनीहरुले हाई फ्रिक्वेन्सी चार्ज टेक्नोलोजीले चारदेखि पाँच घण्टामा इलेक्ट्रिक गाडी निसान लिफलाई चार्ज गर्नसक्ने दाबी गरेका छन् । टेस्ला जस्तो ठूलो ब्याट्री भएको इलेक्ट्रिक कार पूर्ण चार्ज हुन धेरै समय लिनेछ।

यद्यपि यो टेक्नोलोजी अहिले नै प्रयोगमा आउन भने नसक्ने देखिन्छ । यो अझै अनुसन्धान र विकासको चरणमा नै छ ।

सम्बन्धित समाचारहरू

ओमोडा ई५ ईभीको मूल्यमा २ लाख ५० हजार वृद्धि, अबको मूल्य ६१ लाख ९९ हजार

ओमोडा ई५ ईभीको मूल्यमा २ लाख ५० हजार वृद्धि, अबको मूल्य ६१ लाख ९९ हजार

काठमाडौं – करिव डेढ महिना पहिले नेपाली बजारमा लन्च गरिएको ओमोडा ई५ ईभीको...

आजबाट टाटा ईभी अटो कार्निभल, विशेष अफरका साथै माल्दिभ्स भ्रमणको अवसर

आजबाट टाटा ईभी अटो कार्निभल, विशेष अफरका साथै माल्दिभ्स भ्रमणको अवसर

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

याडियाका तीन मोडलका प्रिमियम इलेक्ट्रिक स्कुटर नेपालमा, सुरुवाती ग्राहकलाई २५ हजार छुट

याडियाका तीन मोडलका प्रिमियम इलेक्ट्रिक स्कुटर नेपालमा, सुरुवाती ग्राहकलाई २५ हजार छुट

काठमाडौं – विश्वकै सर्वाधिक सफल इलेक्ट्रिक दुईपाङ्ग्रे सवारी साधन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...