नामी नेपाल भित्रिएको १ वर्ष पुग्यो, अटो शोमै मनायो भव्य उत्सव
काठमाडौं, नेपाल – २३ अगस्ट, २०२५ – नामीले नेपालमा आफ्नो पहिलो मोडल नामी ०१...
काठमाडौं – व्यवसायीले अब नयाँ पेट्रोल पम्प खोल्दा त्यसका साथमा चार्जिङ स्टेसन पनि अनिवार्य राख्नु पर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले तयार पारेको विद्युत खपत वृद्धि तथा खनिज इन्धन न्युनीकरण सम्बन्धी कार्ययोजनामा सो कुरा उल्लेख गरिएको छ।
उक्त कार्ययोजनामा उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको आयल निगमलाई यस सम्बन्धी जिम्मेवारी दिइएको छ। जसको अनुगमन र मूल्यांकन गर्दा पेट्रोल पम्पमा समेत चार्जिङ स्टेसन भएको हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ।
त्यसैगरी सञ्चालनमा रहेका पेट्रोल पम्पको वार्षिक नवीकरण गर्दा पनि प्राविधिक रूपमा सम्भव भएसम्म चार्जिङ स्टेसन राख्नैपर्ने भएको छ।
इन्धनबाट चल्ने सवारीसाधनका तुलनामा विद्युतीयको प्रयोग ह्वात्तै बढ्न थालेपछि पेट्रोल पम्पमा चार्जिङ स्टेसन राख्न सक्ने वा नसक्ने विषयमा बहस सुरु भएको थियो। प्राविधिक रूपले सम्भव देखिएपछि सरकारले यस्तो नीति लिएको हो।
२०७९ साउन १० गतेको ऊर्जा मन्त्रीस्तरीय निर्णयबाट समिति गठन भएको थियो। समिति ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल संयोजकत्वमा थियो। समितिमा प्राधिकरणका उपकार्यकारी निर्देशक, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल, जल तथा ऊर्जा आयोग सचिवालयका सिनियर डिभिजनल इन्जिनियर किरण गौतम र ऊर्जा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर शालिग्राम भण्डारी सदस्यसचिव थिए। प्रतिवेदनलाई एक साताअघि बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो।
हाल देशभर नेपाल विद्युत प्राधिकरण तथा अन्य निजी क्षेत्रबाट समेत चार्जिङ स्टेसन राख्ने लहर नै चलेको छ । यद्यपि यस सम्बन्धी स्पष्ट नीतिगत व्यवस्था छैन । आगामी दिनमा उपलब्ध हुने नयाँ नीतिगत व्यवस्थाले चार्जिङ स्टेसन र पेट्रोल पम्प दुवै सञ्चालन गर्ने व्यवसायीहरुलाई पनि फाइदा पुग्ने अनुमान गर्न सकिन्छ ।
काठमाडौं, नेपाल – २३ अगस्ट, २०२५ – नामीले नेपालमा आफ्नो पहिलो मोडल नामी ०१...
काठमाडौं – पायोनियर मोटोकर्प प्रालि नेपालमा ग्लोबल प्रिमियम ईभी ब्रान्ड...
काठमाडौँ–एनआईसी एसिया बैँकका ग्राहकले रेस्टुरेन्टको खाना र चार्जिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...