विद्युतीय गाडी आयात गर्ने कम्पनीले कम्तिमा ५ वटा चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने

काठमाडौं– यातायात व्यवस्था विभागले सवारी साधन आयात, उत्पादन तथा जडानसम्बन्धी निर्देशिका बनाएर आयातमा कडाइ र व्यवस्थित गर्न लागेको छ । जसका लागि विभागले मापदण्डको मस्यौदा समेत तयार पारिसकेको छ ।

सवारी आयातकर्ताहरूले निश्चित वर्षसम्म सर्भिस दिनुपर्ने, वर्कशप बनाउनु पर्ने, विद्युतीय सवारी बिक्री गरेपछि संख्याका आधारमा चार्जिङ स्टेसन राख्नुपर्ने लगायत बाध्यकारी व्यवस्था लागु गर्ने प्रस्ताव गरिएको छ ।

विद्युतीय सवारी साधन आयात गर्नेले कम्तिमा ५ वटा चार्जिङ स्टेसन बनाउनुपर्ने भएको छ । वार्षिक ५०० युनिट ईभी आयात गर्नेले ५ वटा चार्जिङ स्टेसन, ३ वटा सर्भिस सेन्टर (४०० वर्गमिटर), १ जना इन्जिनियरसहित ५ जना प्राविधिकको व्यवस्था गर्नुपर्नेछ ।

त्यसैगरी, १ हजार युनिट ईभी आयात गर्नेले १० वटा चार्जिङ स्टेसन, ५ वटा सर्भिस सेन्टर, १० जना प्राविधिक, ५ हजार युनिटसम्म आयात गर्नेले २० वटा चार्जिङ स्टेसन, एउटा ब्याट्री व्यवस्थापन केन्द्र, १० वटा सर्भिस सेन्टर, ३ इन्जिनियरसहित १५ प्राविधिक राख्नुपर्ने उल्लेख गरिएको छ ।

५ हजार युनिट बढी आयात गर्नेले ५० वटा चार्जिङ स्टेसन, एउटा ब्याट्री व्यवस्थापन केन्द्र, १५ वटा सर्भिस सेन्टर र ४ जना इन्जिनियरसहित २० जना प्राविधिक कर्मचारी राख्नुपर्नेछ ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक गाडीमा बढाइएको कर कार्यान्वयन नगर्न सर्वोच्चको परमादेश

इलेक्ट्रिक गाडीमा बढाइएको कर कार्यान्वयन नगर्न सर्वोच्चको परमादेश

काठमाडौं – सरकारले केही दिन पहिले सार्वजनिक गरेको बजेट मार्फत बढाइएको...

टेस्लाले रकेट इन्जिन भएको इलेक्ट्रिक रोडस्टर ल्याउँदै, अर्को वर्षदेखि डेलिभरी गर्ने

टेस्लाले रकेट इन्जिन भएको इलेक्ट्रिक रोडस्टर ल्याउँदै, अर्को वर्षदेखि डेलिभरी गर्ने

टेस्लाको सबैभन्दा पावरफुल कार रोडस्टर सुपरकारको निकै चर्चा चलिरहेको छ ।...

फेस्टिभ सिजन पछि क्रेटा फेसलिफ्टको इलेक्ट्रिक भर्सन ल्याउदै हुन्डाई

फेस्टिभ सिजन पछि क्रेटा फेसलिफ्टको इलेक्ट्रिक भर्सन ल्याउदै हुन्डाई

हुन्डाईले मिड साइज एसयूभी क्रेटा इलेक्ट्रिक भेरिएन्टमा ल्याउने तयारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...