बेबी डिफेन्डर इलेक्ट्रिक र हाइब्रिड पावरट्रेनमा समेत आउने
जगुआर ल्याण्ड रोभरले आफ्नो बहुप्रतिक्षित मिडसाइज एसयूभी बेबी डिफेन्डर...
मारुती सुजुकीले भविष्यका लागि आफ्नो रणनीति तयार पारेको छ । यसैलाई ध्यानमा राख्दै कम्पनीले पुलकार, चार्ज हब र स्मार्ट चार्ज जस्ता नामहरू दर्ता गरेको छ ।
कम्पनीले गरेको दर्ताअनुसार कम्पनीले आफ्नै चार्जिङ इन्फ्रास्ट्रक्चर स्थापना गर्नेमा ध्यान केन्द्रित गरिरहेको छ, जसलाई मारुती सुजुकी चार्ज हबको नाममा लन्च गरिने बताइएको छ । साथै कम्पनीले धेरै भन्दा धेरै चार्जिङ स्टेशन पनि स्थापना गर्ने प्रयास गरिरहेको छ ।
मारुती सुजुकीले इलेक्ट्रिक सेगमेन्टमा पनि आफ्नो वर्चस्व कायम गर्न हरसम्भव प्रयास गरिरहेको छ । कम्पनीले जनवरी २०२३ मा भएको अटो एक्सपोमा पहिलोपटक तथा जापान मोबिलिटी शो २०२३ मा मारुती सुजुकी ईभीएक्स सार्वजनिक गरेको थियो ।
मारुती सुजुकी ईभीएक्स कम्पनीको पहिलो इलेक्ट्रिक कार हुनेछ । सो एसयूभी सन् २०२४ को अन्त्यसम्ममा भारतीय बजारमा लन्च हुने अपेक्षा गरिएको छ । ईभीएक्स इलेक्ट्रिक कार धेरै पटक परीक्षण समयमा देखिएको छ, जसमा यसको डिजाइन र रेन्जको बारेमा जानकारी सार्वजनिक भएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...