सर्बाधिक मासिक डेलिभरी सहित कीर्तिमान कायम गर्दै एक्सपेङ, नेपालमा सफलता हासिल गर्दै
ग्लोबल इलेक्ट्रिक ईभी ब्रान्ड एक्सपेङले जुलाई २०२५ मा आफ्नो इतिहासकै...
काठमाडाैं । विद्युतीय सवारीसाधन (ईभी) को आयात अत्यधिक बढेका कारण चोभारस्थित सुक्खा बन्दरगाह ईभीले भरिएका छन् । सरकारले ईभीमाथि कर बढाउने तयारी गरेसँगै बजेटअगावै ठूलो संख्यामा भित्र्याइएका हुन् । सरकारले आउँदो जेठ १५ मा ल्याउने आर्थिक विधेयकबाट भन्सार बढाउने तयारी गरिरहेको चर्चा चलेको छ ।
आगामी आर्थिक वर्षको बजेटमा कर वृद्धि हुने हल्ला र चर्चा सुरू भएको ४ महिना भइसक्यो । मिडियामा पनि ईभीमा कर बढ्ने विषयले खुबै चर्चा पाइरहेको छ ।
बजेट आउने समय नजिकिँदै गर्दा सवारी बिक्रेताहरूले ईभी आयात ह्वात्तै बढाएका हुन् । बजेटमा कर बढेमा अहिले बेचिरहेका गाडीको मूल्य बढ्ने भएकाले व्यापारीले बजेट अगावै आफ्नो क्षमताले भ्याए जति गाडी ल्याएर स्टक राख्न थालेका हुन् ।
आगामी आर्थिक वर्ष २०८२–८३ को बजेटले मूल्य बढाउँछ भन्ने अनुमानसहित व्यापारीहरू धमाधम गाडी आयातमा केन्द्रित देखिन्छन् ।
यति बेला बजेटको अघोषित संकेतले ईभी बजार तातेको छ । विशेषतः वैशाख लागेपछि चीनबाट आयात हुने ईभीको चाप भन्सार नाकामा झनै बढेको छ । तातोपानी, रसुवागढी जस्ता प्रमुख भन्सार यार्ड चिनियाँ गाडीले भरिएका छन् ।
सरकारले ईभीलाई प्रोत्साहन नीति अघि सारिने भन्दै आएको छ । तर, स्रोत बढाउने चक्करमा यसपालि भने बजेट मार्फत कर बढाउने हल्ला फैलिएको छ । यस्तै चर्चा चलिरहेका बेला व्यवसायीहरू भने बजेट अघि नै गाडी आयात गरी लाभ लिने होडमा छन् । यद्यपि, कर बढ्ने हल्लाले भन्दा पनि बजार माग अनुसार नै ईभी आयात बढेको हुन सक्ने कतिपयको बुझाई छ । कर थप्ने संकेतसँगै व्यवसायीहरू गाडी आयातमा बढाउनै केन्द्रित छन् ।
ग्लोबल इलेक्ट्रिक ईभी ब्रान्ड एक्सपेङले जुलाई २०२५ मा आफ्नो इतिहासकै...
बीवाईडी डल्फिन ब्राजिलमा सबैभन्दा बढी पुरस्कृत हुने विद्युतीय गाडी बनेको...
कठमाडौं – सेगवेको इलेक्ट्रिक स्कुटर ई१०० मार्फत धीरेनमान श्रेष्ठले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...