बटन थिचेकै भरमा एसयूभीलाई पिकअप ट्रक बनाउन मिल्ने दिपल ई०७ भोलि लन्च हुने
काठामडौं – नेपाली अटो बजारमा केही समययता चर्चा पाइरहेको दिपल ई०७ भोलि...
चांगनले ब्याट्री स्वाप गर्न मिल्ने आफ्नो पहिलो ईभी सार्बजनिक गरेको छ । चिनियाँ बजारमा सार्बजनिक गरिएको ओशान ५२० को ब्याट्रीलाई सिएटिएलको ब्याट्री नेटवर्कमा स्वाप गर्न मिल्ने जनाइएको छ । सो नयाँ विद्युतिय सेडान कारमा चोको–एसईबी स्कालेवल ब्याट्री जडान गरिएको छ । जसलाई २ मिनेटमै रिप्लेस गर्न सकिन्छ ।
ओशान ५२० मा २६.५ किलोवाट आवर क्षमताको तीनवटा ब्याट्री सेल लाग्ने जनाइएको छ । जसअनुसार यसमा ७९.८ किलोवाट आवर क्षमताको ब्याट्री जडान गर्न सकिने र प्रत्येक सेल प्याकको रेन्ज २०० किलोमिटरसम्म रहने दाबी गरिएको छ ।
तीनवटै ब्याट्री प्याक जडान गरेर चलाउँदा सो नयाँ कारले ५१५ किलोमिटर रेन्ज दिने सिएलटीसीले दाबी गरेको छ । कारमा १०५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ ।
ओशान ५२० को लम्बाई ४७७० एमएम, चौडाई १८४० एमएम र उचाई १४७० एमएम तथा ह्विलवेश २७६५ एमएम छ । १५३५ किलोग्राम तौल भएको सो नयाँ कारको टप स्पिड १३५ किलोमिटर प्रतिघन्टा छ । कारको मूल्य र फिचर लगायत अन्य विवरणहरु भने वाहिर ल्याइएको छैन ।
काठामडौं – नेपाली अटो बजारमा केही समययता चर्चा पाइरहेको दिपल ई०७ भोलि...
काठमाडौं–दिपल एस०५ ले जेडी पावर २०२६ चाइना गुणस्तर जाँचको प्युअर...
काठमाडौं–दिपलको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले मधेश...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...