दिपलको नेपालमा १ वर्ष पुरा, ८०० बढी ईभी सडकमा
काठमाडौं– चिनियाँ अटोमोबाइल ब्रान्ड चांगन अन्तर्गतको ईभी ब्रान्ड दिपल...
काठमाडौं– चांगनले आफ्नो नयाँ प्रिमियम ईभी नेभो ई०७ उत्पादन शुरु गरेको छ । सो नयाँ ईभीलाई कम्पनीले हालै सम्पन्न बेइजिङ अटो शो–२०२४ मा सार्बजनिक गरेको थियो । नयाँ ईभीलाई चांगनले हुवावे र चाइना यूनिकमसंगको सहकार्यमा उत्पादन थालेको हो ।
हाई–इन्ड भेइकलमात्र उत्पादन गर्न चांगनले अत्याधुनिक डिजिटल कारखाना स्थापना गरेको छ । कारखानामा ४१७ वटा रोबोटले एक साथ काम गर्दा एउटा कार तयार हुन जम्मा ६० सेकेन्ड लाग्ने जनाइएको छ । सोही कारखानाबाटै नेभो ई०७ को उत्पादन थालिएको हो । नयाँ ईभी यसै वर्षको अक्टोबरमा लन्च हुने चांगनले जनाएको छ । जसको मूल्य चीनमा ४१ हजार ३०० डलरदेखी सुरु हुनेछ ।
चांगनको एसडिए प्लेटफर्ममा तयार पारिएको नेभो ई०७ मा पूर्णत एल्मुनियल एलोई चेसिस दिइएको छ । टु–ह्विल र फोर–ह्विल ड्राइभ भेरिएन्टमा आउने यो कारलाई एसयूभी र पिकअप ट्रक मोडलमा चलाउन सकिन्छ । यसको टु–ह्विल ड्राइभ भेरिएन्टमा २५२ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर र फोर–ह्विल ड्राइभमा अगाडी १८८ र पछाडी २५२ किलोवाट क्षमताको दुईवटा मोटर जडान गरिएको छ । ब्याट्री प्याक र रेन्जका विषयमा भने कम्पनीले हालसम्म कुनै जानकारी वाहिर ल्याइसकेको छैन ।
सुरक्षाका लागि यसमा चांगनले पहिलो पहटक आँफैले विकास गरेको इन्टेलिजेन्ट ड्राइभिङ एसिस्टेन्स सिस्टम दिएको छ । उक्त सिस्टममा ११ वाट क्यामेरा, ५ मिलिमिटर वेभ राडर, १२ वटा अल्ट्रासोनिक राडर र दुईवटा लिडार सामेल छन् ।
यसैगरी, इन्टेरियरमा १५.४ इन्चको सेन्ट्रल कन्ट्रोल स्क्रिन, एआर–हेडअप डिस्प्ले, १८ स्पिकर साउन्ड सिस्टम,२५६ कलर एम्विएन्ट लाइट र फ्रन्ट रोमा डअुल जेरो ग्राभिटी सिट लगायत पाउन सकिन्छ ।
हालका लागी लेफ्ट ह्यान्ड ड्राइभमा मात्र उपलब्ध हुने यो ईभी राइट ह्यान्ड ड्राइभ भर्सनमा समेत आएपछि नेपाली बजारमा पनि उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।
काठमाडौं– चिनियाँ अटोमोबाइल ब्रान्ड चांगन अन्तर्गतको ईभी ब्रान्ड दिपल...
0चांगन अटोले आफ्नो ‘ब्लू कोर सुपर इन्जिन’ हाइब्रिड प्लेटफर्म सार्बजनिक...
काठमाडौं– आर्थिक मन्दीका कारण अटोमोबाइल बजार अहिले निकै कठिन अवस्थाबाट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...