होन्डाले देखायो इलेक्ट्रिक मोटरसाइकलको डिजाइन स्केच
होन्डाले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकलको डिजाइन स्केच वाहिर ल्याएको छ...
काठमाडौं – विश्वप्रसिद्ध चिनियाँ अटो निर्माता कम्पनी ‘चाङ्गन’अब छिट्टै नेपाली बजारमा आउने भएको छ । औपचारिक रुपमै नेपालका लागि अफिसियल वेबसाइट, फेसबुक पेज, इन्स्टाग्राम तथा युट्युब च्यानल सार्वजनिक गर्दै कम्पनीले निकट भविष्यमै नेपाली बजारमा आफ्नो उपस्थिति रहने जानकारी दिएको हो ।
नेपालका लागि चाङ्गनको आधिकारिक वितरक एमएडव्लु वृद्धि अटोकर्पले ग्राहकहरुसँग सुमधुर सम्बन्ध स्थापना गर्न तथा सजिलो र भरपर्दो तरिकाले सम्पर्कमा रहन उक्त डिजिटल प्लेटफर्महरुको सुरुवात गरेको जानकारी दिएको छ ।
‘चाङ्गन नेपाल’ले ब्रान्ड तथा उत्पादनका जानकारीहरु तथा प्रचार सामग्रीहरु उक्त डिजिटल तथा सोसल मिडिया प्लेटफर्महरुमा प्रकाशन तथा प्रसारण गर्नेछ । कम्पनीले उपलब्ध उत्पादनहरुको छोटो र सटिक जानकारी वेबसाइट, फेसबुक र इन्स्टाग्राममा राख्नेछ र ग्राहकहरुलाई उक्त प्लेटफर्ममार्फत नै नयाँ जानकारीहरु प्राप्त गर्न उत्प्रेरित गर्नेछ । ग्राहक तथा इच्छुक व्यक्तिहरुले उक्त च्यानलमार्फत नै सम्पर्क गर्न र आफ्ना जिज्ञासाहरुको जवाफ प्राप्त गर्न सक्नेछन् ।
अटोमोबाइल उत्पादक र ब्रान्डहरुको कुरा गर्दा ‘चाङ्गन’ विश्वमै सर्वाधिक विश्वासिलो र उत्कृष्ट कम्पनीहरु मध्येको एउटा नामको रुपमा चिनिन्छ । विगत १५८ वर्षमा कम्पनीले Enduring Safety (‘स्थायी सुरक्षा’) को नाराका साथ निरन्तर रुपमा आफूलाई भरपर्दो अटोमोबाइल ब्रान्डको रुपमा स्थापित गरेको छ । उत्पादनहरुको डिजाइन र प्रयोग गरिएको प्रविधि हेर्दा एक श्रेष्ठ, नवीनतम र भविष्यमुखी उत्पादन हो भन्ने दर्शाउँछ । विश्वका विभिन्न सातवटा स्थानमा अवस्थित खोज तथा अनुसन्धान केन्द्रहरु, तीन वटा विकास केन्द्रहरु तथा अठार भन्दा धेरै मुलुकका विज्ञहरु अनुसन्धान र उत्पादन विकासमा संलग्न भएको तथ्यबाटै चाङ्गन एक उत्कृष्ट अटोमोबाइल निर्माता कम्पनी हो भन्ने पुष्टी हुन्छ ।
कम्पनीले नेपालमा आधिकारिक रुपमै डिजिटल प्लेटफर्महरुमार्फत आफ्नो उपस्थिति सुरुवात गरेको अवसर पारेर एउटा सानो प्रतियोगिता पनि संचालन गरेको छ । जस अन्तर्गत कम्पनीले पहिलो १०० जना फलोअर मध्येबाट भाग्यशाली १० विजेता छान्नेछ र आकर्षक पुरस्कार प्रदान गर्नेछ ।
Future forward, forever (भविष्य उन्मुख, सदैव) भन्ने नाराका साथ कम्पनीले नेपाली अटोबजारमा आफ्नो उपस्थिति जनाउने निश्य गरेको बताएको छ । निकट भविष्यमै नेपाली सडकहरुमा चाङ्गनका कारहरु देखिने समेत कम्पनीको भनाइ छ ।
होन्डाले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकलको डिजाइन स्केच वाहिर ल्याएको छ...
काठमाडौं– टीभीएसको पहिलो इलेक्ट्रिक स्कुटर आई–क्यूबले भारतीय बजारमा २...
काठमाडौं–चीनमा निकै राम्रो बजार पाइरहेको लिपमोटरले न्यू इनर्जी भेइकल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...