चीनमा सर्बाधिक बिक्री हुने इलेक्ट्रिक कारको प्रतिस्पर्धी बन्दै चांगन मिनी ईभी : आउन सक्छ नेपाल

चिनियाँ कार निर्माता कम्पनी चांगनले सानो इलेक्ट्रिक कार ‘लुमिन कर्न’ बजारमा ल्याउने तयारी गरिरहेको छ । सो मिनी ईभीले चीनमा सबैभन्दा धेरै बिक्री हुने इलेक्टिक कार वुलिङ होङगुवाङ मिनी ईभीसँग प्रतिस्पर्धा गर्ने लक्ष्य राखेको छ ।

जनरल मोटर्सद्वारा बजारमा ल्याइएको सो धेरै बिक्री हुने वुलिङ होङगुवाङ मिनी ईभीसँग टक्कर लिनका लागि तयार भएको चांगनको लुमिन कर्न नामक मिनी ईभी चाइनिज बजारमा दुई भेरिएन्टमा उपलब्ध हुनेछ ।

एउटामा गोसन हाइटेकको ३० किलोवाट आवरको एलएफपी ब्याट्री हुनेछ, जसले १५० किलोमिटर रेन्ज दिनेछ भने अर्कोमा सीएटीएलको ३५ किलोवाट आवरको ब्याट्री हुनेछ, जसले १०१ किलोमिटरको रेन्ज दिनेछ । दुवै भेरिएन्टले २१० किलोमिटर प्रतिघण्टाको टप स्पिड दिनेछन् ।

चार सिट भएको लुमिन कर्नमा दुईवटा ढोका छन् । यसको लम्बाई ३२७० एमएम छ भने १७०० एमएम उचाईको छ । १५४५ एमएम फराकिलो भएको यो इलेक्ट्रिक कारको ह्विलबेस १९८० एमएमको छ ।

इन्टेरियरमा १०.२५ इन्चको इन्फोटेनमेन्ट सिस्टम छ क्लाइमेट कन्ट्रोल डायल, थ्री स्पोक स्टेयरिङ ह्विल र लेदर तथा फेब्रिकको मिक्स्चर छ ।

यो वर्षको जुन महिना पश्चात बजारमा आउने अनुमान गरिएको यो इलेक्ट्रिक कारको मूल्य भने हाल सम्म सार्वजनिक गरिएको छैन ।

नेपाली बजारमा समेत चांगनका गाडीहरु एमएडब्लु वृद्धि भेइकल्स प्रालिले बिक्री–वितरण गरिरहेको छ । यसका आधारमा भविष्यमा यो कार नेपाली बजारमा समेत आउने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

भारत र इजरायलले आल्मुनियम एयर ब्याट्री उत्पादन गर्ने, के हो आल्मुनियम एयर ब्याट्री ? कसरी गर्छ काम ?

भारत र इजरायलले आल्मुनियम एयर ब्याट्री उत्पादन गर्ने, के हो आल्मुनियम एयर ब्याट्री ? कसरी गर्छ काम ?

भारत र इजरायलले इलेक्ट्रिक सवारी साधनका लागि अत्याधुनिक आल्मुनियम एयर...

यस्ता युनिक फिचर छन् टेस्ला इलेक्ट्रिक कारमा, जसले छ विश्वमै फरक पहिचान

यस्ता युनिक फिचर छन् टेस्ला इलेक्ट्रिक कारमा, जसले छ विश्वमै फरक पहिचान

टेस्ला कार विश्वभर निकै चर्चित कार मध्ये एक हो । टेस्ला विश्वको टप लिडिङ...

ई–जीएमपीको सट्टा अर्को छुट्टै नयाँ प्लेटफर्म विकास गर्ने हुन्डाईको उद्घोष, इभीको लागत घट्ने

ई–जीएमपीको सट्टा अर्को छुट्टै नयाँ प्लेटफर्म विकास गर्ने हुन्डाईको उद्घोष, इभीको लागत घट्ने

कोरियन अटो निर्माता हुन्डाई मोटर्सले हाल प्रयोगमा आएको ई–जीएमपी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...