उड्ने कार र मानव रोबोट बनाउँदै चांगान

दोस्रो ठूलो चिनियाँ अटोमोबाइल समूह चांगानले अटो ग्वाङझाउ २०२४ मा आफ्नो पछिल्ला इन्टेलिजेन्ट टेक्नोलोजीहरु प्रदर्शन गर्दै उड्ने कार र मानव रोबोट बनाउने आफ्नो महत्वकांक्षी रोडम्याप सार्वजनिक गरेको छ ।

चांगानले आउँदो पाँच वर्षको दौरान करिब ७ अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ । सन् २०२६ सम्ममा चांगानले उड्ने कार बनाइसकेको हुनेछ भने त्यसको एक वर्ष पछि मानव रोबोट बनाउनेछ जसले स्मार्ट, लो कार्बन मोबिलिटी टेक्नोलोजी कम्पनीमा आफूलाई रुपान्तरण गर्ने गतिलाई तीव्र बनाउनेछ ।

चांगान अटोमोबाइलले यसअघि नै चांगान निभो ई०७ लाई डेब्यु गरेर इन्टेलिजेन्ट अटोमोटिभ रोबोट भिजन अघि बढिसकेको छ । यो एसयूभी संसारकै पहिलो मास प्रड्युस्ड ट्रान्सफर्मर भेइकल हो जुन पूर्ण रुपमा एआईले परिभाषित क्षमताले भरिएको छ । यो मोडल चेतना (इन्टेलिजेन्स)ले भरिएको छ र यसको स्वरुप एउटा बटन थिच्ने बित्तिकै परिवर्तन हुन्छ ।

स्वचालित ड्राइभिङको क्षेत्रमा चांगानले साइसु एर्आ लार्ज मोडल पावर्ड स्मार्ट ड्राइभिङ सिस्टम सार्वजनिक गरेको छ । यो प्रणालीले एआईबाट चल्ने इन्टरेक्टिभ फिचर र अत्याधुनिक क्षमतालाई समायोजन गर्नेछ जसले गर्दा पार्किङ र रिपोजिसनिङमा मद्दत पुर्याउँछ ।

चांगानका भावी मोडलहरुमा हाई लेभल स्मार्ट ड्राइभिङ सिस्टम हुनेछ जसको कम्प्युटिङ क्षमता ५०० टप्सभन्दा बढी हुनेछ र यसले सन् २०२७ सम्ममा चांगानले यो क्षेत्रको नेतृत्वमा पुर्याउनेछ । टीओपीएस (टप्स) को अर्थ ट्रिलियन्स अफ अपरेसन पर सेकेन्ड हो र यसलाई प्रोसेसर वा एआई चिप्सको कम्प्युटेसनल पावर मापन गर्नलाई प्रयोग गरिन्छ ।

चांगानले सन् २०२६ देखि २०३० सम्ममा ३४ अर्ब ५२ करोड डलर लगानी गर्ने र शोध तथा विकासमा थप १० हजार कर्मचारी थप्ने जनाएको छ ।

सम्बन्धित समाचारहरू

एप्पल इलेक्ट्रिक कारमा ब्याट्रीका लागि सीएटीएल र बीवाईडीका ब्याट्री राख्ने चर्चा

एप्पल इलेक्ट्रिक कारमा ब्याट्रीका लागि सीएटीएल र बीवाईडीका ब्याट्री राख्ने चर्चा

प्रविधि क्षेत्रको लोकप्रिय कम्पनी एप्पलले अटोनोमस इलेक्ट्रिक कार...

नयाँ एमजी कोमेट अब नेपालमा, उही मूल्यमा थप फिचर

नयाँ एमजी कोमेट अब नेपालमा, उही मूल्यमा थप फिचर

काठमाडौं – एमजीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सिले नयाँ...

चार्जिङ स्टेशनसँगै वर्कसप पनि हुने, नौलो अवधारणा ल्याउँदै हुन्डाई नेपाल

चार्जिङ स्टेशनसँगै वर्कसप पनि हुने, नौलो अवधारणा ल्याउँदै हुन्डाई नेपाल

काठमाडौं – नेपाली बजारमा हुन्डाई क्रेटा ईभी भित्रिने तयारीमा छ । नेपालका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...