उड्ने कार र मानव रोबोट बनाउँदै चांगान

दोस्रो ठूलो चिनियाँ अटोमोबाइल समूह चांगानले अटो ग्वाङझाउ २०२४ मा आफ्नो पछिल्ला इन्टेलिजेन्ट टेक्नोलोजीहरु प्रदर्शन गर्दै उड्ने कार र मानव रोबोट बनाउने आफ्नो महत्वकांक्षी रोडम्याप सार्वजनिक गरेको छ ।

चांगानले आउँदो पाँच वर्षको दौरान करिब ७ अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ । सन् २०२६ सम्ममा चांगानले उड्ने कार बनाइसकेको हुनेछ भने त्यसको एक वर्ष पछि मानव रोबोट बनाउनेछ जसले स्मार्ट, लो कार्बन मोबिलिटी टेक्नोलोजी कम्पनीमा आफूलाई रुपान्तरण गर्ने गतिलाई तीव्र बनाउनेछ ।

चांगान अटोमोबाइलले यसअघि नै चांगान निभो ई०७ लाई डेब्यु गरेर इन्टेलिजेन्ट अटोमोटिभ रोबोट भिजन अघि बढिसकेको छ । यो एसयूभी संसारकै पहिलो मास प्रड्युस्ड ट्रान्सफर्मर भेइकल हो जुन पूर्ण रुपमा एआईले परिभाषित क्षमताले भरिएको छ । यो मोडल चेतना (इन्टेलिजेन्स)ले भरिएको छ र यसको स्वरुप एउटा बटन थिच्ने बित्तिकै परिवर्तन हुन्छ ।

स्वचालित ड्राइभिङको क्षेत्रमा चांगानले साइसु एर्आ लार्ज मोडल पावर्ड स्मार्ट ड्राइभिङ सिस्टम सार्वजनिक गरेको छ । यो प्रणालीले एआईबाट चल्ने इन्टरेक्टिभ फिचर र अत्याधुनिक क्षमतालाई समायोजन गर्नेछ जसले गर्दा पार्किङ र रिपोजिसनिङमा मद्दत पुर्याउँछ ।

चांगानका भावी मोडलहरुमा हाई लेभल स्मार्ट ड्राइभिङ सिस्टम हुनेछ जसको कम्प्युटिङ क्षमता ५०० टप्सभन्दा बढी हुनेछ र यसले सन् २०२७ सम्ममा चांगानले यो क्षेत्रको नेतृत्वमा पुर्याउनेछ । टीओपीएस (टप्स) को अर्थ ट्रिलियन्स अफ अपरेसन पर सेकेन्ड हो र यसलाई प्रोसेसर वा एआई चिप्सको कम्प्युटेसनल पावर मापन गर्नलाई प्रयोग गरिन्छ ।

चांगानले सन् २०२६ देखि २०३० सम्ममा ३४ अर्ब ५२ करोड डलर लगानी गर्ने र शोध तथा विकासमा थप १० हजार कर्मचारी थप्ने जनाएको छ ।

सम्बन्धित समाचारहरू

बीवाईडीको भनाइ – चाइनिज न्यु इयर कपबाट दुई देशको मित्रता र सांस्कृतिक सम्बन्ध थप मजबुत बनेको छ

बीवाईडीको भनाइ – चाइनिज न्यु इयर कपबाट दुई देशको मित्रता र सांस्कृतिक सम्बन्ध थप मजबुत बनेको छ

काठमाडौं – बीवाईडीले प्रायोजन गरेको नेपाल–चीन मैत्रीपूर्ण फुटबल म्याच...

नेटा भीको मूल्य १ लाख बढ्यो : अबको मूल्य कति ?

नेटा भीको मूल्य १ लाख बढ्यो : अबको मूल्य कति ?

काठमाडौं – सरकारले बजेटमार्फत विद्युतीय सवारी साधनको कर बढाए पश्चात...

३ फरक क्लासलाई लक्षित गरी ३ दिनको फरकमा लन्च गरिएका ३ इलेक्ट्रिक कार

३ फरक क्लासलाई लक्षित गरी ३ दिनको फरकमा लन्च गरिएका ३ इलेक्ट्रिक कार

यो महिना नेपाली बजारमा ३ नयाँ इलेक्ट्रिक कार सार्बजनिक गरिए । ३ दिनको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...