धेरै संख्यामा नेपाल प्रस्थान गरे डीपल एस ०७ : आइतबार लन्च हुने, छिट्टै डेलिभरी गरिने

काठमाडौं – नेपालका लागि चांगनको आधिकारिक वितरक एमएडब्ल्यु वृद्धि अटोकर्पले नयाँ इलेक्ट्रिक एसयूभी डीपल एस ०७ आइतबार लन्च गर्ने तयारी गरेको छ । यस अनुसार आवश्यक तयारी भइरहेको कम्पनीको भनाइ छ ।

चांगन डीपल एस०७ एसयूभी नेपालका लागि प्रस्थान गरेका छन् र केही युनिट नेपाल आइसकेका छन् । नेपाली बजारमा आउने चर्चा चलेको केही समय भए पनि अब भने ग्राहकले सो गाडी पाउन सक्ने छन् । अब छिट्टै नै ग्राहकलाई गाडी समेत डेलिभरी गरिने कम्पनी स्रोतको भनाइ छ ।

चीनमा यसै वर्षको जुनमा लन्च भएको डीपल एस ०७ लाई चांगन अटोले क्याटल र हुवावेसंग साझेदारी गरेर निर्माण गरेको हो । ६६.८ र ७९.९७ किलोवाट आवर ब्याट्री प्याकमा उपलब्ध यसमा रियर माउन्टेड पिएमएस मोटर जडान गरिएको छ । जुन १६० र १९० किलोवाट अप्सनमा उपलब्ध छ । यसको रेन्ज ५२० र ६२० किलोमिटर दावी गरिएको छ ।

सो एसयूभीको पिक टर्क ३२० एनएम रहेको छ भने गाडी स्टार्ट भएको ६।७ सेकेन्डमै यसले शून्यदेखी १०० किलोमिटर प्रतिघन्टाको गति पकड्न सक्छ । १०० किलोमिटर यात्रा गर्न १४।२ किलोवाट आवर पावर खपत हुने यसको टप स्पिड १८० किलोमिटर प्रतिघन्टा रहेको छ ।

सो एसयूभीको इन्टेरियरमा १५.६ इन्चको फ्लोटिङ सेन्ट्रल कन्ट्रोल स्क्रिन, क्वालकम स्न्यापड्रयागन ८१५५ चीप र चालकसंगै अर्को सिटमा वस्ने यात्रुको मनोरन्जनका लागी १२.३ इन्चको स्मार्ट स्क्रिन लगायत फिचर दिइएको छ ।

सम्बन्धित समाचारहरू

वीरगन्जमा सार्वजनिक भयो प्रिमियम र स्मार्ट नामी ईभी : बिगह्याच विथ फाइभ स्टार लक्जरी

वीरगन्जमा सार्वजनिक भयो प्रिमियम र स्मार्ट नामी ईभी : बिगह्याच विथ फाइभ स्टार लक्जरी

वीरगन्ज – नेपालमा डोङफेङ ईभीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धिले मधेस...

के हाे ईभी बास मोडल ? कम मूल्यले इलेक्ट्रिक सवारी सर्वसाधारणसम्म पुग्ने संकेत

के हाे ईभी बास मोडल ? कम मूल्यले इलेक्ट्रिक सवारी सर्वसाधारणसम्म पुग्ने संकेत

इलेक्ट्रिक सवारी साधनको बढ्दो लोकप्रियतासँगै बास(ब्याट्री–एज–ए–सर्भिस)...

सातदोबाटोमा एमजीकाे नयाँ सुविधा सम्पन्न शोरुम

सातदोबाटोमा एमजीकाे नयाँ सुविधा सम्पन्न शोरुम

काठमाडौं – एमजीले नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै सातदोबाटो,...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...