चांगानको प्रतिष्ठित ‘सांग्रिला न्यु इनर्जी नीति अवार्ड’ बाट सम्मानित भयो एमएडब्लु वृद्धि

काठमाडौं – नेपालका लागि चांगान तथा दिपलका फ्युचरिस्टिक ईभीको आधिकारिक आयातकर्ता एमएडब्लु वृद्धि अटोकर्प प्रालि चांगानको प्रतिष्ठित सांग्रिला न्यु इनर्जी नीति अवार्डबाट सम्मानित भएको छ । विद्युतीय सवारीसाधनको विस्तारमा अद्वितीय योगदान पु-याउनुका साथै नेपाली अटोमोबाइल बजारमा महत्वपूर्ण भूमिका निभाएको भन्दै दोस्रो ठूलो चिनियाँ अटोमोबाइल समूह चांगानले एमएडब्लु वृद्धिलाई यो अवार्डले सम्मानित गरेको बताइएको छ ।

एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवाललाई चांगानको हेडक्वार्टर चीनको चोङकिङ प्रान्तमा जारी ‘चांगान ग्लोबल पार्टनर्स कन्फ्रेन्स’मा यो अवार्ड हस्तान्तरण गरिएको हो । हरित र स्मार्ट भविष्यको विकास गर्दै दीर्घकालीन गतिशीलतामा एमएडब्लु वृद्धिको प्रतिबद्धता र नेपालमा ईभीको सफल प्रवर्धनलाई मध्यनजर गरी यो अवार्ड दिइएको चांगान ग्लोबलले जनाएको छ ।

‘यो सम्मानले हाम्रा ग्राहक र साझेदारको विश्वास र साथलाई प्रतिनिधित्व गर्छ,’ अवार्ड ग्रहण गरेपछि एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवालले भने, ‘हामी सफल र सुध्रित भविष्यका लागि नेपालमा अत्याधुनिक विद्युतीय सवारीसाधन र दीर्घकालीन समाधान ल्याउन प्रतिबद्ध रहनेछौं ।’

दीर्घकालीन भविष्यको नेतृत्व गर्ने चांगानको विश्वव्यापी नीतिलाई अवलम्बन गर्दै एमएडब्लु वृद्धिले फ्युचरिस्टिक र ग्राहकमैत्री उत्पादनहरुमार्फत नेपालको ईभी क्रान्तिलाई अघि बढाइरहेको छ ।

चांगान चीनको सबैभन्दा पुरानो अटोमोबाइल कम्पनी हो, जसको एकसय ६२ वर्ष लामो विरासत छ । ८ महिनाअघि नेपालमा सार्वजनिक भएको दिपल ईभी अहिलेसम्ममा ७ सय भन्दा बढी बिक्री भइसकेको कम्पनीको भनाइ छ । विशेषतः यसको डिजाइन र टेक्नोलोजीका कारण यो ग्राहकको रोजाइमा परेको हो ।

दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेस्ट र आउट डोर स्पिकर लगायत १५ भन्दा बढी फर्स्ट टाइम फिचरहरु छन् जसका कारण यो ईभी नेपाली बजारमा छोटो समयमै लोकप्रिय बन्न सफल भएको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

गियरसहितको पहिलो ई–बाइक म्याटर एरा, सिंगल चार्जमा १२५ किमी चल्ने

गियरसहितको पहिलो ई–बाइक म्याटर एरा, सिंगल चार्जमा १२५ किमी चल्ने

ईभी स्टार्टअप कम्पनी म्याटर इनर्जीले गियर भएको पहिलो इलेक्ट्रिक बाइक एरा...

कुलमान घिसिङको इलेक्ट्रिक मोह

कुलमान घिसिङको इलेक्ट्रिक मोह

आज अप्रिल २२ अर्थात पृथ्वी दिवस । पृथ्वी दिवसको दिन वातावरण संरक्षण गरेर...

बीवाईडी एट्टो३ संग प्रतिस्पर्धा गर्न आउँदै लिपमोटर बी१०, यस्तो छ ब्याट्री, मोटर र रेन्ज

बीवाईडी एट्टो३ संग प्रतिस्पर्धा गर्न आउँदै लिपमोटर बी१०, यस्तो छ ब्याट्री, मोटर र रेन्ज

लिप मोटरले आफ्नो नयाँ इलेक्ट्रिक क्रसओभर बी१० को प्रिसेल यहि मार्च १० देखी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...