२.९८ लिटर पेट्रोलले १०० किलोमिटर माइलेज दिने चांगनको ‘ब्लु कोर सुपर इन्जिन’

0चांगन अटोले आफ्नो ‘ब्लू कोर सुपर इन्जिन’ हाइब्रिड प्लेटफर्म सार्बजनिक गरेको छ । विश्वका ७ कारोड आन्तरिक दहन इन्जिन (आईसीई) कार खरिद गर्ने ग्राहकलाई लक्षित गरी यो नयाँ प्रबिधी ल्याइएको कम्पनीले जनाएको छ ।

आईटी–होमका अनुसार, राज्य स्वामित्वमा रहेको अटोमेकरले २ अर्व युआन खर्च गरेर सो नयाँ प्लटेफर्म तयार पारेको हो, जसले २.९८ लिटर पेट्रोलको खपतमा १०० किलोमिटर माइलेज प्रदान गर्दछ ।

यस प्लेटफर्मलाई तयार पार्न १ हजार इन्जिनियरले काम गरको र जसको फलस्वरुप पावरट्रेन हार्डवेयर र सफ्टवेयरमा १६३ प्राविधिक सफलता हासिल भएको कम्पनी दाबी छ ।

ब्लू कोर प्लेटफर्मले चांगनको २०१२ सिरिज र २०२४ मा प्रस्तुत गरिएको ५००बार अल्ट्रा–हाई–प्रेसर इन्जेक्सन प्रणालीको पुनरावृत्ति भएको जनाइएको छ । यो संस्करणले इन्जिनको तुलनामा विद्युतीय मोटर प्रपल्सनलाई प्राथमिकता दिने एकीकृत ‘आयल एन्ड इलेक्ट्रिसिटी’ दृष्टिकोण प्रयोग गर्दछ ।

ब्लू कोर सुपर इन्जिनले बीवाईडीको डीएम–आई ५.० र जिलीको नर्डथोर ईएमआई हाइब्रिड पावरट्रेनलाई कडा टक्कर दिने अनुमान गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...