विद्युतीय सवारीको संशोधित करप्रति चिन्तित बीवाईडी : भन्यो – अवैज्ञानिक र तर्करहित कर
नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले हालसालै...
चांगन अटोको हालै सम्पन्न विश्वव्यापी साझेदारी सम्मेलनमा नयाँ उर्जा क्षेत्रको विश्लेषण र नयाँ विद्युतीय ब्रान्ड ‘दिपल’ लाई सार्वजनिक गरिएको छ । यसले बढ्दो विद्युतीय उपभोक्तालाई आकर्षित गर्ने विश्वास लिइएको छ । २१ वटा नयाँ उत्पादन मध्ये ५ वटा दिपल ब्रान्ड अन्तर्गत सार्वजनिक गरिने बताइएको छ ।
चांगन अटोले २०२७ सम्म कार्बन पिकिङ हासिल गर्ने लक्ष्य लिएको छ भने कार्बन न्युट्रालिटिी २०५० सम्मको लक्ष्य राखिएको जानकारी गराएको छ । यस लक्ष्य हासिल गर्न चांगन अटो केही क्षेत्रमा केन्द्रित रहेको बताइएको छ ।
पहिलो भनेको विद्युतीय डिजिटल ब्रान्ड ‘दिपल’ लाई सार्वजनिक गर्नु हो । दिपलले अभटार ११ पछिको निरन्तरतालाई कायम गर्ने छ जुन हुवावे र सिएटिलसँगको सहकार्यमा सफलतापूर्वक सार्वजनिक भएको थियो । कम्पनीले ठुलो मात्रामा पहिलो हाइड्रोजन फ्युल सेल सेडान पनि चीनमा उत्पादन गर्ने योजना रहको बताएको छ ।
यसका साथसाथै कम्पनीले थोरै हाइड्रोजन खपतमा उच्च सुरक्षा, उच्च विश्वसनियताका साथ विविध परिदृश्यमा कार्बन खपत कम गर्ने उत्पादनमा लक्षित हुने जनाएको छ ।
चांगन अटोका सवारी साधन नेपाली बजारमा पनि उपलब्ध छन् । हाल एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स प्रालिले चांगनका सवारी साधन बिक्री–वितरण गरिरहेको छ । दिपल ब्रान्डका इलेक्ट्रिक सवारी साधन उत्पादन भएमा भविष्यमा नेपाली बजारमा समेत यी सवारी साधन उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।
नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले हालसालै...
बिश्वको सबैभन्दा ठूलो कार उत्पादक कम्पनी टोयोटाले एकसाथ १५ वटा इभीको...
काठमाडौं – एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...