चीनको नं.१ प्यासेन्जर गाडी अब नेपालमा आउने, एमएडब्लु वृद्धि आधिकारिक वितरक

काठमाडौं – चाङ्गन अटो ग्रुपले नेपाली बजारमा प्रवेश गने औपचारिक निर्णय गरेको छ । नेपालस्थित एमएडव्लु वृद्धि अटोकर्पसँग व्यापारिक साझेदारीमा उक्त चिनियाँ कम्पनीले नेपालमा आफ्नो उत्पादनहरूको बिक्री–वितरण गर्नेछ ।

सन् २०२१ मा चाङ्गन ब्रान्डका प्यासेन्जर गाडीहरू चीनमा सबैभन्दा बढी बिक्री हुन सफल भएको थियो । त्यसैगरी सन् २०२० मा यस ब्राण्डका २० लाख वटा गाडीहरू विश्वका ६० मुलुकहरूमा बिक्री भएको नियो । चीनमा बिक्री हुने र त्यहाँबाट निर्यात हुने अधिकांश फोर्ड र माज्दा गाडीहरू चाङ्गन अटो ग्रुपले उत्पादन गर्दछ ।

नेपालमा उपलब्ध स्कोडा, जिप, जेसीबी, यामाहा, फोटोन र एमएएन जस्ता अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्डहरूको नेपालस्थित एकमात्र आधिकारिकबिक्रेता एमएडब्लु ग्रुप रहेको छ । यो अटोमोबाइल क्षेत्रमा काम गने देशकै दोश्रो ठूलो कम्पनी पनि हो ।

सेडान, पिकअप, एसयूभी र ईभीको साथसाथै अवार्ड विनिङ यूनिआई श्रेणीका ब्रान्डहरू उत्पादनकर्ता चाङ्गनले नेपाली बजारमा आफ्नो एक बेग्लै छवि बनाउन सफल हुनेमा विश्वस्त भएको एमएडव्लुका अध्यक्ष विष्णु अग्रवालले बताए ।

अग्रवालका अनुसार भविष्यमुखी बनावट र नवीन प्रविधिले सम्पन्न चाङ्गन ब्रान्डले समग्र नेपाली अटोमोबाइल उद्योगलाई नयाँ गति दिन सहयोग गर्नेछ । एमएडव्लु चाङ्गन गाडीको ग्राहकहरूको लागि उत्कृष्ट सेवा, सुविधा प्रदान गर्नमा प्रतिबद्ध भएको उनले बताए ।

चाङ्गन अटो ग्रुपका उप–महाप्रबन्धक देङ्गले एमएडव्लुसँग साझेदारी गदै नेपाली बजारमा अन्तर्राष्ट्रिय स्तरको उत्पादन ल्याउन पाउँदा आफूहरू अत्यन्तै खुसी भएको बताए । देशकै दोश्रो ठूलो अटोमोटिभ ग्रुपले आफ्नो ग्राहक केन्द्रीत बिक्री सेवाको लागि ख्याति कमाएको र यो सहकार्यमार्फत चाङ्गन ब्रान्ड आफ्नो सर्वोत्कृपट उत्पादन मार्फत ग्राहकवर्गको बदलिदो आवश्यकता र चाहनाहरूलाई परिपूर्ति गर्नेतफै उन्मुख रहेको उनले बताए ।

पहिलो चरणमा सेडान, पिकअप र एसयूभी तथा दोस्रो चरणमा विद्युतीय गाडीहरु नेपालमा बिक्री–वितरण गर्ने योजना रहेको चाङ्गन अटो ग्रुपको भनाइ छ ।

सम्बन्धित समाचारहरू

नाडा अटो शोमा जिली ईएक्स५ १८७ युनिट बुकिङ, डेलिभरी प्रारम्भ

नाडा अटो शोमा जिली ईएक्स५ १८७ युनिट बुकिङ, डेलिभरी प्रारम्भ

काठमाडौं–नाडा अटो शो २०२५ मा जिली ईएक्स५ ले उल्लेखनीय बुकिङ हाँसिल गरेको छ...

८६ स्थानमा विस्तार भयो एमएडब्लु बृद्धिको चार्जिङ पूर्बाधार

८६ स्थानमा विस्तार भयो एमएडब्लु बृद्धिको चार्जिङ पूर्बाधार

काठमाडौं– बिद्युतिय गाडी बिक्रीमा निकै आक्रमक देखिएको एमएडब्लु ग्रुप...

टीभीएस इलेक्ट्रिक स्कुटर आईक्युबको बुकिङ प्रारम्भ, यी शोरुममा गर्न सकिन्छ टेस्ट राइड

टीभीएस इलेक्ट्रिक स्कुटर आईक्युबको बुकिङ प्रारम्भ, यी शोरुममा गर्न सकिन्छ टेस्ट राइड

काठमाडौं – टीभीएसको इलेक्ट्रिक स्कुटर ‘आईक्युब’ नेपाली बजारमा उपलब्ध...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...