चेन अवधारणामा शोरुम थप्दै यी डिलर, एउटै डिलरको ४ वटासम्म शोरुम

काठमाडौं उपत्यकामा सवारीसाधनको माग उच्च गतिमा वृद्धि भैरहेको छ । सवारीसाधनको माग बढेसँगै आयातकर्ता कम्पनीको आधिकारिक डिलरका रुपमा व्यवसाय अघि बढाउन इच्छुक व्यवसायी समेत बढिरहेका छन् । हाल उपत्यकामा प्रायः सबैजसो सवारी ब्रान्डले शोरुम संख्या बढाइरहेका छन् । यस्तोमा अधिकांश व्यवसायीले एक स्थानका लागि एउटा मात्र शोरुम सञ्चालन गरिरहेका छन् भने केही यस्ता व्यवसायी पनि छन्, जसले एउटै ब्रान्डको ४ वटासम्म शोरुम सञ्चालन गरिरहेका छन् । यस्ता डिलरले चेन अवधारणमा नयाँ शोरुम थप्दै लगेका हुन् ।

नेपाली बजारमा सर्बाधिक बिक्री हुने मध्ये एक होन्डा ब्रान्डको उपत्यकामा २ दर्जन हाराहारी शोरुम छन् । ती मध्ये ४ ओटा शोरुम बज्र ग्रुप अन्तर्गतको बज्र अटोमोबाइल्सले सञ्चालन गरिरहेको छ । बज्र अटो एक्लैले लगनखेल, कलंकी, महाराजगन्ज र जोरपाटीमा गरी कुल चार स्थानमा होन्डा शोरुम सञ्चालन गर्दै आइरहेको छ । शोरुमसँगै उसले यी चारवटै स्थानमा सर्भिस र स्पेयर पार्ट्सको समेत प्रबन्ध मिलाउने गरेको छ । बज्र अटोमोबाइल्समा प्रकाश बज्राचार्य र उनको परिवार संलग्न छ ।

बज्र अटोपछि यामाहाको पुरानो डिलर रिशिक अटोमोबाइल्सले ३ स्थानमा शोरुम सञ्चालन गरिरहेको छ । रिशिक अटोमोबाइल्सले ललितपुरको कुमारीपाटी, बालकुमारी र बल्खु चोकमा यामाहा शोरुम सञ्चालन गर्दै आइरहेको हो । जसमध्ये बल्खु चोकमा उसले हालैमात्र नयाँ शोरुमको औपचारिक उद्घाटन गरेको छ । रिशिक अटोमाबाइल्सले समेत यी तीनवटै स्थानमा सेल्स, सर्भिस र स्पेयर पार्ट्स सहितको प्रबन्ध मिलाउँदै आएको छ । १२ बर्षसम्म यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजमा जागिर खाएका मिलन बाबु मल्ल रिशिक अटोमोबाइल्सका सञ्चालक हुन् ।

त्यसैगरी गाडीतर्फ मेगा मोटर्सले उपत्यकाको तीन स्थानबाट निसान र ड्याटसन गाडीको बिक्री गर्दै आइरहेको छ । यो कम्पनीले महाराजगन्ज, बालकुमारी र हालै कलंकीमा समेत शोरुम विस्तार गरेको हो । निसान र ड्याटसन गाडीको डिलर बन्नुअघि मेगा मोटर्सले महाराजगन्जबाटै मारुती सुजुकी कारको आधिकारिक डिलरका रुपमा गाडी बिक्री गर्दै आइरहेको थियो । पछि निसान ड्याट्सनको डिलरका रुपमा कारोबार थालेपछि यो कम्पनीको चर्चा निकै बढेको छ । तीन तीन स्थानमा शोरुम विस्तार गरेको मेगा मोटर्सलाई महेश पालले सञ्चालन गर्दै आइरहेका छन् ।

रेनो गाडीको आधिकारिक डिलर जी मोटर्सले काठमाडौको नक्साल र भक्तपुरको राधेराधेमा शोरुम सञ्चालन गरी रेनो ब्रान्डका गाडीको कारोबार गर्दै आइरहेको छ । रेनो गाडी आयातकर्ता एडभान्स्ड अटोमोबाइलले थापाथलीस्थित एकमात्र शोरुमबाट गाडीको बिक्री गर्दै आए पनि डिलरका रुपमा जी मोटर्सले २ स्थानमा शोरुम सञ्चालन गरी गाडीको बिक्री गर्दै आएको हो । नक्सालमा रहेको शोरुमलाई यसअघि कम्पनी आफैले सञ्चालन गर्दै आइरहे पनि पछि जी मोटर्सलाई जिम्मा लगाएको हो । जी मोटर्सलाई कैलाश बाबु गेलालले सञ्चालन गर्दै आइरहेका छन् ।

इसुजु गाडीको वितरक टाइम्स मोटर्सले पनि बल्खु र गैरीधारामा शोरुम सञ्चालन गरेको छ । इसुजुको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिको डिलरको रुपमा काठमाडौंको दुई स्थानबाट इसुजुका पिकअप लगायतका विभिन्न सवारी साधन बिक्री भइरहेका छन् । दीपकराज गिरी लगायतको टिमद्वारा टाइम्स मोटर्स सञ्चालित छ ।

सम्बन्धित समाचारहरू

मासिक किस्ता १४ हजारको दरले यसरी लिन सकिन्छ यामाहा आर१५ भी३ बीएस६

मासिक किस्ता १४ हजारको दरले यसरी लिन सकिन्छ यामाहा आर१५ भी३ बीएस६

युवा राइडरहरुका लागि यामाहाको बाइक आर१५ भी३ बीएस६ एक सपना हुन सक्छ । नेपाली...

१२५ सीसी सेग्मेन्टमा प्रतिस्पर्धा गरिरहेका ३ स्कुटर, जसमा छ बीएस ६ र एफआई इन्जिन

१२५ सीसी सेग्मेन्टमा प्रतिस्पर्धा गरिरहेका ३ स्कुटर, जसमा छ बीएस ६ र एफआई इन्जिन

नेपाली टु ह्विलर बजारमा पछिल्लो बीएस ६ मापदण्डमा आधारित मोटरसाइकल र...

कहाँ चुक्छन डिलरसिप लिने व्यवसायी, यस्तो छ यामाहाका सीईओ राजु क्षेत्रीको अनुभव

कहाँ चुक्छन डिलरसिप लिने व्यवसायी, यस्तो छ यामाहाका सीईओ राजु क्षेत्रीको अनुभव

सवारीसाधनको खपत बढेसँगै नेपालमा अहिले यस्ता साधन बिक्री गर्न खुलेका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...