नाडा अटो शो २०२४ : सर्बाधिक ६२० किमी सम्म रेन्ज दिने ईभी स्काइवेलको स्टल
काठमाडौं – नाडा अटो शो २०२४ काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ । उक्त अटो...
काठमाडौं – नेपालका लागि विभिन्न ईभी मोडलको आधिकारिक वितरक सीजी मोटर्सले आफूले नेपाली बजारमा उपलब्ध गराउँदै आएका विभिन्न ७ ब्रान्डका ईभीका लागि ‘मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल’ आयोजना गर्ने भएको छ ।
माघ १५ गते बिहीबार देखि काठमाडौंको गैह्रीधारामा रहेको एलिस रिसेप्सनमा आयोजना हुने उक्त कार्निभल आगामी माघ १८ गते आइतबार सम्म चल्ने छ ।
सीजी मोटर्सले नेपाली बजारमा आधिकारिक रुपमा बिक्री–वितरण गरिरहेको एवोन, स्मार्ट, एक्सपेङ, रिडारा, किङलङ, दायुन र नेटा ब्रान्डका ईभीहरू सो अवसरमा साट्न सकिने छ । ग्राहकहरुले आफूसँग भएको कुनै पनि ब्रान्डको पुरानो गाडी ल्याएर आफूलाई मन पर्ने ब्रान्डको ईभी लिएर जान सक्ने छन् ।
उक्त मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभलमा रिडारा र दायुन ईभी वाहेक अन्यमा कम्पनीले १० लाख रुपैयाँसम्म नगद छुट दिने घोषणा गरेको छ । यसैगरी अन द स्पट बेस्ट एक्सचेन्ज भ्याल्यु प्रदान गरिने छ भने यसका लागि फाइनान्स सुविधा समेत तुरुन्तै उपलब्ध हुनेछ ।
कम्पनीले एक वर्षको अटो प्लस इन्स्योरेन्स, एक आर्थिक वर्षको वार्षिक कर र ७ किलोवाट क्षमताको वाल माउन्ट चार्जर दिने जनाएको छ ।
मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभललाई भव्य बनाउन कम्पनीले बालबच्चाको लागि किड्स जोन, फुड कोर्ट उपलब्ध हुनेछ भने हरेक टेस्ट ड्राइभमा गिफ्ट ह्याम्परको व्यवस्था समेत गरेको जनाएको छ ।
सो अवसरमा सहभागी हुन र लाभ लिन सीजी मोटर्सले ईभी प्रेमीहरुलाई आग्रह गरेको छ ।
काठमाडौं – नाडा अटो शो २०२४ काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ । उक्त अटो...
पछिल्लो केही समय यता कारमा नयाँ प्रविधिको रुपमा किलेस इन्ट्री अर्थात पुुस...
भल्भोले डिजेलबाट चल्ने कारको उत्पादन बन्द गरेको छ । स्विडेनी कार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...